प्रस, वीरगंज, १७ माघ/
जिल्ला प्रहरी कार्यालय, पर्साले लागूऔषध ओसारपसार गरेको आरोपमा ५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जिप्रका, पर्साले आज पत्रकार सम्मेलन गरी माघ १६ गते १० किलो चरेससहित एक भारतीय पुरुष र दुईजना नेपाली महिलालाई इनर्वाबाट पक्राउ गरेको जनाएको छ ।
नेपालबाट भारत चरेस लैजाँदै गरेको अवस्थामा वीरगंज–१६ बस्ने २० वर्षीया अफसाना खातुन, २५ वर्षीया रेहाना खातुन र भारत, पश्चिमी चम्पारण नयाँटोला बस्ने ६० वर्षीय जहुर आलमलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका महिलाले कम्मरमा चरेस लुकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको पत्रकार सम्मेलनमा बताइएको छ ।
पक्राउ परेका जहुर लागू औषध खरिद बिक्री गर्ने कारोबारी रहेको र दुवै महिलालाई चरेस भारतसम्म पु¥याउन रकम दिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलासँग ८ महिनाको बालक पनि छ ।
यसैगरी साउन ४ गते वीरगंज, आदर्शनगरबाट भारत, पश्चिमी चम्पारण चनपटिया बस्ने २३ वर्षीया प्रमिलादेवी पनि लागू औषध कारोबारीको आर्थिक प्रलोभनमा परी लागू औषध इन्जेक्सन नेपाल ल्याइरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
लागू औषध कारोबारीले गर्भवती महिला, बालबच्चासहितको महिलालाई आर्थिक प्रलोभनमा पारी लागू औषध ओसारपसारमा प्रयोग गर्ने गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
त्यसैगरी माघ १६ गते रजतजयन्ती चोकबाट प्रहरीले लागू औषध नाइट्रोभ्याट ६० पिससहित हेटौंडा उपमनपा–१३ बस्ने दिपेन्द्र खत्रीलाई पक्राउ गरी आवश्यक कारबाई प्रक्रिया बढाएको जिप्रका, पर्साले जनाएको छ ।
त्यस्तै माघ १२ गते रजतजयन्ती चोकबाट रक्सौलबाट वीरगंजतर्पm आइरहेका भक्तपुर निवासी २५ वर्षीय रोहण खडकालाई लागूऔषध डाइजेल्याब ५१ पिस, फेनारगन ५१ पिस र लुप्रिजेसिक ५१ पिससहित पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
यता माघ १६ गते राति ९ः३० बजे तनहुँ, भिमात गापा–९ बस्ने ३६ वर्षीय राजेश रानाभाटलाई वीरगंजको होटल समरबाट पक्राउ गरिएको छ । उनले प्रयोग गरेको टिटी–२ सेट, सिरिन्ज २ र प्रयोग नगरेको टिटी ४ सेटसहित पक्राउ गरी कारबाई प्रक्रिया अगाडि बढाएको जिप्रका, पर्साका प्रवक्ता प्रनाउ राजन लिम्बूले जनाएका छन् ।