प्रस, वीरगंज, १५ माघ/
मध्यमाञ्चल क्ष्Fेत्रीय राजस्व अनुसन्धान कार्यालय, पथलैयाले वीरगंजको दुईवटा सुनचाँदी पसलमा छापा मारेको छ।
गहवामाई मन्दिर नजिक न्यु ओम ज्वेलर्स र लिङ्करोडस्थित बालाजी ज्वेलर्समा राजस्वको टोलीले छापा मार्दै सम्पूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ। २४–२५ जना राजस्व कर्मचारीको टोलीले मध्याह्न १२ बजेपछि वीरगंजमा छापा हानेका थिए। अनुसन्धान अधिकृत तेजमणि काप्mले र भीम देवकोटाको दुईवटा समूह बनाएर दुई ठाउँमा छापामारी गर्दा माईस्थानका व्यापारीहरूले हुलहुज्जत मचाई छापा हान्न दिएका थिएनन्।
केही घण्टापछि राजस्व टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहसँग अनुमति र परामर्श गरेपछि नेपाल र सशस्त्र प्रहरीको सहयोगमा दुवै सुनचाँदी पसलमा छापा हानी कागजात नियन्त्रणमा लिएर पथलैया लगेको राजस्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख दिव्यराज पोखरेलले बताए।
राजस्वको आकस्मिक अपरेशनको कारण वीरगंजको सुनचाँदी कारोबार दिनभरि प्रभावित भएको छ। वीरगंजमा राजस्वले सुनचाँदी पसललाई निशाना बनाउँदै छापामारी गरेको हल्ला पैmलिएपछि सयभन्दा बढी पसलहरू भटाभट बन्द भएका थिए। पर्सा सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष्F नीरज सर्राफ ‘मुन्ना’ले राजस्वको डरले व्यापारीहरूमा त्रास पैmलिएको बताएका छन्। राजस्वको डरले गर्दा बिहानदेखि साँझसम्म दर्जनांै पसल बन्द भएको जानकारी गराउँदै उनले राजस्व टोलीसँग व्यापारीमैत्री हिसाबले छानबिन गर्न माग गरे। स्रोतका अनुसार वीरगंजका केही सुनचाँदी व्यापारीले १० वर्षभित्र अस्वाभाविक धनसम्पत्ति जोडेको राजस्वमा गोप्य उजुरी परेको छ। त्यसैको छानबिनको लागि राजस्व टोलीले आकस्मिक अपरेशन अन्तर्गत सोमवार छापामारी गरेको हो।