प्रमोद यादव, रङ्गपुर १४ पुस/
शीतलहरसँगै चिसो बढेपछि पर्साका ग्रामीण क्षेत्रमा बालबालिका तथा वृद्धवृद्धाहरू बिरामी हुन थालेका
छन् ।
बिहान र बेलुकीपख शीतलहरसँगै बढेको चिसोले बिरामीहरूको सङ्ख्यामा वृद्धि भइरहेको पटेर्वा सुगौली स्वास्थ्य चौकीका इन्चार्ज भुजेन्द्र यादवले बताए ।
चिसोबाट प्रभावित बालबालिका तथा वृद्धवृद्धा स्वास्थ्य चौकीमा दैनिकजसो १५ जनाको सङ्ख्यामा आउने गरेको इन्चार्ज यादवले बताए ।
शीतलहरबाट जोगिन ग्रामीण क्षेत्रका गरीब, विपन्न, दलित परिवारलाई जिल्ला दैवी प्रकोप उद्धार समिति पर्सा, नेरेसोलगायतका संस्थाहरूले न्यायो कपडा, कम्बलहरू बाँड्ने काम हिजोदेखि शुरू गरेको छ ।
प्रभावित धेरै अनि वितरण कम भएको कारण पर्साका थुपै्र स्थानमा चिसोको समस्याबाट गरीब, विपन्न, दलित परिवारका मानिसहरू प्रभावित भएका छन् ।
समितिले विभिन्न संस्थासँगको सहकार्यमा वितरण प्रणालीको समन्वय गर्न नसक्दा बढ्दो चिसोबाट प्रभावित परिवारले तुरुन्त राहत पाउन नसकेका हुन् ।
अहिले स्थानीय तह गठन भएपनि पुस मसान्तमा परिषद् गरेर रकम विनियोजन गरेपछि मात्र खर्च गर्ने अधिकार प्राप्त हुने भएकोले परिषद् नभएका स्थानीय तहले बजेट अभावमा चाहेर पनि राहत वितरण गर्न सकेको छैन ।
चिसोबाट बच्नको लागि स्थानीय तहले चोकचोकमा दाउरासम्मको व्यवस्था गर्न सकेको छैन ।
समितिले जिल्ला वन कार्यालयलाई सक्रिय पारेर मातहतका इलाका वन कार्यालयमा समातेर राखिएका र त्यत्तिकै नष्ट भइरहेका जलावनहरूको सदुपयोग गर्ने हो भने पनि ग्रामीण क्षेत्रका गरीब, असहाय परिवारले थोरै भएपनि राहत पाउने थिए । तर यसो नहुँदा गाउँका गरीब, असहाय, विपन्न परिवारको जीवनशैली अहिले निकै कष्टकर हुँदैछ ।
पटेर्वा सुगौली गापा उपाध्यक्ष ममता महतोले इलाका वन कार्यालयमा त्यत्तिकै थुपारिएका जलावनलाई गाउँको चोकमा धुनी बालेर भएपनि राहत दिने काममा पहल गर्ने बताइन् । उनले यस्तो मानवीय उद्धारको काममा इलाका वन कार्यालय आपैंm पनि सक्रिय हुनुपर्नेमा नभएपछि दुःख व्यक्त गरिन् ।
सेनाद्वारा दाउरा वितरण
वीरगंज, १४ पुस/रासस
कठ्याङ्ग्रिने जाडो र शीतलहरका कारण बढ्दै गएको जाडो छल्न सर्वसाधारणका लागि नेपाली सेनाका चण्डीप्रसाद गणले वीरगंजको विभिन्न ठाउँमा दाउरा वितरण गरी आगोको व्यवस्था मिलाएको छ ।
वीरगंज महानगरपालिकाको सहयोगमा वीरगंजका घण्टाघर, बसपार्क, भन्सार क्षेत्र इनर्वालगायतका ठाउँमा दाउरा वितरण गरी आगोको व्यवस्था गरेको चण्डीप्रसाद गण वीरगंजले जनाएको छ ।
यसबाट जाडो छल्न सर्वसाधारणलाई राहत भएको छ । केही दिनदेखि एक्कासि बढेको जाडोले सर्वसाधारण प्रभावित हुँदै आएको छ ।