प्रस, परवानीपुर, १३ पुस/
क्लिङ्कर आयातमा उत्पन्न समस्याले नेपालका सिमेन्ट उद्यFेगहरू एक साताभित्रै बन्द हुने अवस्थामा छन् ।
सिमेन्ट उत्पादनको मुख्य कच्चा पदार्थ क्लिङ्कर, कोइला, जिप्सम, फलाइ–एसलगायत कच्चा पदार्थ रक्सौलबाट ल्याउन रोक लागेपछि मध्य तराईका १३ वटा सिमेन्ट उद्योगसँगै अन्य जिल्लाका सिमेन्ट उद्योगहरू पनि बन्द हुने अवस्थामा पुगेको एकजना सिमेन्ट उद्योगीले बताए ।
वीरगंज–२१ पटेलनगरस्थित विश्वकर्मा सिमेन्टका प्रबन्धक विशाल कर्णानीका अनुसार यदि एक साताभित्र क्लिङ्कर समस्या समाधान नभए सबै सिमेन्ट उद्योग बन्द हुनेछन् ।
सिमेन्ट उत्पादनको लागि आयात गरिने क्लिङ्कर रक्सौलवासीको आन्दोलनका कारण रक्सौलबाट नआएको ५ दिन बित्न लागेको छ । गत डिसेम्बर २२ देखि क्लिङ्कर रक्सौलबाट नआएको उनले बताए । उनले स्टकमा रहेको क्लिङ्करलगायतका कच्चा पदार्थ सकिनै लागेको बताए । क्लिङ्कर आयातमा रोक लागेपछि तीन दिनदेखि उत्पादनमा ५० प्रतिशत गिरावट आएको पनि उनले जानकारी गराए । प्रतिदिन १ हजार मेट्रिक टन सिमेन्ट उत्पादन हँुदै आएकोमा तीनदेखि करिब ५ सय मेट्रिक टन मात्रै सिमेन्ट उत्पादन भइरहेको छ । क्लिङ्कर समस्याबाट हाल बारा–पर्सा औद्योगिक कोरिडोरका करिब १३ वटा उद्योग मर्कामा परेका छन् । यस कोरिडोरका विश्वकर्मा, त्रिशक्ति, अम्बे, कलश, ओम, रिलायन्स, शालिमार, जगदम्बा, एभरेस्टलगायतका सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
सरकार वार्ता मात्रै गर्दैछ,समस्या समाधानतर्पm गम्भीर देखिंदैन
एक सातादेखि सरकारी निकायले क्लिङ्कर समस्या समाधान गर्न चासो नदेखाएको व्यवसायीहरूको भनाइ छ । यदि क्लिङ्करको अभावमा सिमेन्ट उद्योग बन्द भए अर्बौं रुपैयाँको लगानी डुब्ने निश्चित रहेको व्यवसायीहरू बताउँछन् । वीरगंज उद्योग वाणिज्य सङ्घका माधव राजपालले सरकारले समस्या समाधनतर्पm विशेष चासो देखाउनुपथ्र्यो तर त्यसो हुन नसकेको उनले बताए । “सरकारलाई राजस्वसँग मात्र मतलब छ, उद्योगीको समस्यासँग उसलाई कुनै वास्ता नै छैन,” उनले आरोप लगाए । भारतीय पक्षले एकलौटीरूपमा रक्सौलबाट क्लिङ्कर आयातमा रोक लगाएको छ । यसमा नेपालको वाणिज्य मन्त्रालय तथा नेपाल यातायात विकास समिति चुप लागेर बसेको छ, कसरी व्यवसायीहरूको समस्या समाधान होला ? उनी प्रश्न गर्छन् । उनले चाँडै सरकारले उच्चस्तरमा वार्ता गरी व्यवसायीको समस्या समाधान गर्नुपर्ने तर्क राख्छन् । एउटा सिमेन्ट उद्योगमा ५० करोडभन्दा बढीको लगानी लागेको छ, यदि बन्द भए उद्योगीको अर्बौं रुपैयाँसँगै सरकारको करोडौ रुपैयाँ राजस्व पनि डुब्छ ।
किन बन्द भयो रक्सौलबाट क्लिङ्कर
क्लिङ्कर लोड अनलोड गर्दा धूलो उड्छ । धूलोले रक्सौलका जनताको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । विगत १० वर्षमा धेरैलाई फोक्सोको क्यान्सरसमेत भएको छ । फोक्सोको क्यान्सर र श्वासप्रश्वासको समस्याबाट करिब ७ जनाको अल्पायुमैं मृत्यु भइसकेको छ । विगतभैंm यसपालि पनि रक्सौलका जनताले आन्दोलन थाले । पोहोर गरिएको आन्दोलन स्थानीय प्रशासनले खुलाएपछि रक्सौलवासी अदालत पुगेका थिए । अदालतले रक्सौलको रेलवे यार्डबाट नेपाल आयात हँुदै आएको क्लिङ्करलाई विस्थापन गर्न आदेश दिएको थियो । अदालतको सो पैmसलापछि १० वटा सामाजिक संस्था तथा जनता मिलेर तीन सातादेखि रक्सौलमा आन्दोलन चर्काए । आन्दोलनको नेतृत्व रक्सौलका व्यवसायी महेश अग्रवालले गरेका थिए ।
भारतको मध्यप्रदेशबाट क्लिङ्कर रक्सौल रेलवे यार्डसम्म ल्याउँदै आएको भारतीय कन्टेनर निगम (कोन्कर)ले दबाबमा पर्दै श्रीसिया सुक्खा बन्दरगाहमा क्लिङ्कर झार्न सकिने सम्भावना रहेको अध्ययन गरी भारतीय रेलवेलाई पत्र लेख्यो । २३ डिसेम्बरका दिन भारतीय रेलवेले आपूm मातहतको रेलवे निकायलाई रक्सौलमा क्लिङ्कर लोड/अनलोड नगर्न पत्राचार गरेपछि रक्सौलबाट क्लिङ्कर आयातमा रोक लागेको हो ।
क्लिङ्कर आयातमा रोक लागेपछि भारतीय अधिकारीको टोली नेपालस्थित सुक्खा बन्दरगाह आएर सम्भाव्यताबारे अनुगमन गरी नेपाली उच्च अधिकारसँग परामर्श तथा छलफल गरिरहे पनि निष्कर्षमा पुगेको छैन । त्यसपछि क्लिङ्कर आयात थप जटिल र अन्योल बनेको हो ।