बासुदेवलाल दास, पीएच. डी.
सहप्राध्यापक, इतिहास विभाग
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज
मिथिला क्षेत्रमा बसोबास गर्ने मैथिल ब्राह्मण एवं भूमिहार ब्राह्मणमा यस्ता अनेक ‘मूल’ छन्, जुन ‘दोनवार’ शब्दसित ध्वनिसाम्य राख्ने देखिन्छन् । उदाहरणका लागि, मैथिल ब्राह्मणमा वत्स गोत्रमा पलिवार, शाण्डिल्य गोत्रमा कोकिलवार, पगुलवार, गङ्गौलीवार, काश्यप गोत्रमा ओइनवार, सिमरवार, सकरिवार, नोतवार, बुधवार, भारद्वाज गोत्रमा रतवार, सोइनीवार, पराशर गोत्रमा पिहवार, सोइनीवार, कररीवार, कात्यायन गोत्रमा नोवितवार, जलकिवार र कौशिक गोत्रमा निकुतिवार मूलहरू रहेका छन् । यसमध्ये सोइनीवार मूल भने पराशर र भारद्वाज गरी दुवै गोत्रमा पाइन्छन् । यसरी नै मिथिला क्षेत्रका भूमिहार ब्राह्मण जातिमा भारद्वाज गोत्रमा नूनितवार, सोरनवार, चकेवार, टकेवार, जठरवार, शाण्डिल्य गोत्रमा सम्भीवार, दोहिलवार, मेरवार, गहवार, कौशिक गोत्रमा पौछलवार, निखुतवार, नेकतोवार, करमुवार, काश्यप गोत्रमा घुरवार, दोस्तीवार, कटैवार, किनवार, मझिलवार, ओकिनवार, कुम्हीटवार, मेरवार, वत्स गोत्रमा करहिवार, डगसिवार, दोनवार, गौतम गोत्रमा मझिलवार, सावण्र्य गोत्रमा डमीछवार, ओकिनवार, मलदिवार, वेनवार, मलिनवार, पराशर गोत्रमा नरवार, मेरवार, आत्रेय गोत्रमा भुसवार, कुम्हीटवार, इनरवार र सांकृत्य गोत्रमा सकरवार मूलहरू रहेका छन् । यसमध्येका ओकिनवार मूल काश्यप र सावण्र्य गरी दुवै गोत्रमा मेरवार मूल शाण्डिल्य, काश्यप र पराशर गरी तीन गोत्रमा मझिलवार मूल काश्यप र गौतम दुवै गोत्रमा तथा कुम्हीटवार मूल आत्रेय र काश्यप गरी दुवै गोत्रहरूमा पाइन्छन् । यस सन्दर्भमा उल्लेखनीय छ कि वर्तमान भारतको विहार राज्यमा पर्ने समस्तीपुर जिल्ला क्षेत्रको भूभागमा द्रोणवार वंशीय राजाहरूको शासन भएको नरहन राज्य थियो । यस राज्यका संस्थापक गङ्गारामको प्रथम विवाह भाग्यरानी तथा द्वितीय विवाह मुक्तारानीसित भएको थियो । यी दुवै कन्याहरू मैथिल ब्राह्मण जातिका थिए । यस प्रसङ्गबाट पनि द्रोणवारहरूको ब्राह्मणत्वको पुष्टि हुन्छ ।
यस सन्दर्भमा भारतको नैनीताल क्षेत्रमा काशीपुर रेलवे स्टेसननिकट ‘द्रोणसागर’ नामक ताल रहेको छ । यसको विषयमा भनिन्छ कि पाण्डवहरूले आप्mना पुज्य गुरु द्रोणाचार्यको मृत्यु उपरान्त उनको स्मृतिस्वरूप त्यो ताल (सरोवर)को निर्माण गराएका थिए एवं त्यस तालको वरिपरिका भूभाग आप्mना गुरुका सन्ततिहरूको निवास तथा जीविकोपार्जनका लागि प्रदान गरेका थिए । प्राचीन हस्तिनापुर
(दिल्लीनजिक)देखि केही टाढा मात्र द्रोणाचार्यको ‘गुरु–गाउँ’ (वर्तमान गुडगाउँ क्षेत्र) रहेको थियो । पारिवारिक सङ्ख्यामा वृद्धि हुँदा गुरु द्रोणका वंशजहरू द्रोणसागरको निकटवर्ती भूभागमा गएर बसेका थिए । यस प्रकार विचार गर्दा द्रोणाचार्यका सन्ततिको रूपमा पनि दोनवारहरू ब्राह्मण रहेको ठहरिन्छ ।
सम्राट हर्षवद्र्धनको अवसान (सन् ६४७–६४८ ई.)पश्चात् कन्नौजको साम्राज्य छिन्नभिन्न भएको थियो । यसै परिप्रेक्ष्यमा द्रोणवारहरू पनि आप्mनो पैतृक स्थानदेखि पूर्व दिशातर्पm पलायन भई विभिन्न क्षेत्रमा बसोबास स्थापित गरेका थिए । यस प्रकार द्रोणवार ब्राह्मणका समूहहरू वर्तमान भारतको विहार राज्यका शाहाबाद, सारण, चम्पारण, मुजप्mफरपुर, दरभङ्गा, मधुवनी, गया आदि जिल्लाहरूका साथै नेपालको तराई क्षेत्रमा बसोबास गरी बस्न पुगेका थिए । यसमध्येका शाहाबाद (भोजपुर, आरा) क्षेत्रको देकुली गाउँमा बसोबास गरेका द्रोणवारहरू ‘देकुलीका पाण्डेय’ भनेर प्रख्यात भएका थिए । यसरी दोनवारहरूका पूर्वजको ‘पाण्डेय’ उपाधि रहेको कुराको पुष्टि अन्य स्रोतबाट पनि हुने देखिन्छ । यस सन्दर्भमा भनिन्छ कि नेपालको तराई क्षेत्रको भूभागमा दोनवार परिवारका साधु पाण्डेय र माधो पाण्डेयले आप्mनो पराक्रमबाट सप्तरी क्षेत्रको भूभाग हासिल गरेका थिए । साधु पाण्डेय र माधो पाण्डेय दुई भाइ थिए । यिनका पिताको नाम सुन्दर पाण्डेय तथा पितामहको नाम नारायण पाण्डेय थियो । सम्भवतः नेपाल क्षेत्रमा आउने पहिलो व्यक्ति नारायण पाण्डेय नै थिए । अर्कोतिर, वर्तमान भारतको विहार राज्यको सिवान जिल्लामा डोन र दरौली नामका बस्तीहरू रहेका छन् । यी बस्तीहरू रहेका क्षेत्रमा प्रचलित अनुश्रुति अनुसार द्रोणवारहरूको एउटा शाखाद्वारा वर्तमान सिवान जिल्लाको दरोरी क्षेत्रमा आप्mनो बसोबास कायम गरिएको तथा त्यस स्थानको नाम ‘द्रोण’ राखिएको थियो । यसरी दरोरीलाई अहिले दरौली तथा द्रोण बस्तीलाई डोन भन्ने गरिएको देखिन्छ । यस स्थानमा एउटा प्राचीन डीहको भग्नावशेष विद्यमान रहेको छ ।
कालान्तरमा द्रोणवारहरू त्यस स्थानबाट पूर्व दिशातर्पm आउँदै सदानीरा (नारायणी) नदी पार गरी वर्तमान विहार राज्यको समस्तीपुर जिल्लामा पूसारोड रेलवे स्टेसननजिक पुनास नामक स्थानमा बसोबास स्थापित गरेका थिए । यस पुनास बस्तीमा आजसम्म द्रोणवार ब्राह्मणहरूको प्रतिष्ठित बसोबास रहेको छ । उपर्युक्त देकुलीका पाण्डेयहरूको कथन अनुसार उनका पूर्वजहरूमध्ये केही व्यक्ति मिथिलातर्पm गएका थिए भने केही व्यक्ति नेपालतर्पm गएका थिए । देकुलीमा निवास गर्ने पाण्डेयहरू आपूmलाई कान्यकुब्ज ब्राह्मण भन्ने गर्दछन् । कान्यकुब्ज ब्राह्मण पञ्चगौडमध्येका एक ब्राह्मण हुन् । मिथिला क्षेत्रका द्रोणवारहरूको प्राचीन वंशावलीमा उल्लेख गरिएको छ कि उनको वंशको एउटा शाखा नेपालतर्पm गएको थियो । हर्षवद्र्धनको साम्राज्यको पतनपछिका युगमा कान्यकुब्ज ब्राह्मणहरूको पलायन विभिन्न दिशातर्पm भएको कुरा इतिहासकारहरूले स्वीकार गरेका छन् ।
मिथिला क्षेत्रमा द्रोणवार ब्राह्मणहरूको बसोबासको शुरुको स्थान पुनास गाउँ थियो, जसको चर्चा माथि गरिएको छ । अर्कोतिर, मिथिलाका ओइनवार कुलका ब्राह्मणहरूको मूल गाउँ ओइनी (वैनी) पनि यसै पुनास गाउँको नजिक रहेको छ । ओइनीका ओइनवार र पुनासका द्रोणवार ब्राह्मणहरूका बीचमा परम्परागत मैत्रीपूर्ण सम्बन्ध रहेको थियो । यसै पुनास क्षेत्रबाट द्रोणवार परिवार बिस्तारै–बिस्तारै निस्केर अगाडि बढ्दै आप्mनो शौर्य र पराक्रमद्वारा राजबनौली (सप्तरी, नेपाल) तथा नरहन (समस्तीपुर, विहार) जस्ता राज्यहरू स्थापित गर्न सकेका थिए । यसरी नै ओइनी गाउँमा पनि द्रोणवार परिवार रहेका छन्, जुन आपूmलाई पुनासबाट क्रमशः