गताङ्कको बाँकी
तारा ः जीवनले शहरमा राम्रो काम खोजेर लगाइदिने भन्दैछ, म त जानुप¥यो ।
माला ः तलाई विश्वास छ ? ती केटाहरूले पक्कै काम खोजिदेलान् त ?
तारा ः शहरमा बस्ने केटाहरू हुन् । सक्ने भएर त भने होलान् नि । राम्रो ठाउँमा काम खोजेर लगाइदिने हो भने म त जाने । दिनरातको घाँस दाउरा गरेर बस्नुभन्दा त बरु टाढा गएर काम गर्ने । सानिमाको दिनरातको अत्याचार, हेलचेक्रयाइँ सहेर बस्नुभन्दा त जाने । आखिर जहाँ गए पनि यो अभागीले दश नङ्ग्रा नखियाइ हँुदैन ।
माला ः त्यो त ठीकै छ तर आँखा चिम्लेर विश्वास गर्नु पनि त सकिंदैन । कस्ता मान्छे हुन् ? के काम गर्छन् ? कतै हामीलाई बेपत्ता बनाउने पो हुन् कि ?
तारा ः शङ्का गर्न थाल्यो भने त मनमा दशथरीको तर्कना आउँछन् । काम खोजिदिने हो भने त जाने हो । ल ल एक क्षण चुप लाग् । जीवन र अशोक आइपुगे ।
जीवन ः घाँस काटेर पनि फर्कन लागेका हौ कि कसो ?
तारा ः हो अब फर्कने बेला पनि भयो ।
जीवन ः आज त गाईभैंसी टन्न अघाउने गरी डोको भरेका रहेछौ नि ? हेर् त अशोक ।
अशोक ः देखें, कति गा¥हो भयो होला हगि ? (मालाको हात समातेर) यति सुकोमल हातमा कतै काँडा त बिझेन ?
माला ः (लाजले रातोपिरो भएर हात तान्दै) छिः यो अशोक दाइ त कस्तो छाडा मान्छे ।
अशोक ः (हाँस्दै) छाडा ? किन नि ? मैले खोई त्यस्तो के गरेको छु र । हातमा काँडा बिझ्यो कि भनेर हेरेको मात्रै त हो नि ।
माला ः (लजालु भावभङ्गीमा) तारा उठ् घर जाऔं ।
तारा ः लौ अशोक दाइले त मालालाई कति चाँडो माया पनि गर्न थाल्नुभएछ ।
माला ः छिः यो तारा त कति मात्तिएकी । (लाजले रातोपिरो हुन्छे)
अशोक ः माया मात्र किन ? बिहे गरेर मुम्बईमा नै राखौंला नि । बिदामा पतिपत्नी सररर मोटरसाइकलमा कहिले समुद्रको किनारमा घुमौंला । कहिले रेस्टुरेन्टमा खाना खाउँला । सिनेमा हेरौंला । हुन्न र माला ?
माला ः कुन्नि, छाडा मान्छे ।
(आँखा तरेर अशोकतिर हेर्दै)
जीवन ः त्यै त के बस्नु यो उराठलाग्दो गाउँमा । खोई के छ र यो गाउँमा ? म त यो गाउँमा दुःखकष्ट, अभाव र गरिबीबाहेक अरू केही देख्तिनँ । शहरमा तिमीहरूको उमेरका ठिटीहरू जिन्स पाइन्ट, मिनी स्र्कट, हाफ पाइन्ट लगाएर बजार डुल्छन् । तिमीहरू चाहिं वैशालु उमेरमा पनि घरबूढी भएर सधैं घाँस दाउरा, पँधेरा मात्र गर्ने ? यो जोवन वैंश फेरि फेरि आउँदैन है केटीहरू हो । (अशोकतिर हेरेर आँखा झिम्काउँछ)
तारा ः म चाहिं तिमीहरूसित जान तयार छु । भन कहिले जानुपर्ने ?
अशोक ः अनि माला नि त ? माला, रिसायौ कि क्या हो ? ठट्टा गर्दा पनि रिसाइहाल्ने ? जाने हो भने राम्रो मौका छ । राम्रो काम खोजेर लगाइदिउँला ।
(माला घोसेमुन्टो लगाएर बसेकी छे । यत्तिकैमा केटीहरूले थाहा नपाउने गरी अशोकले जीवनको मोबाइलमा मिसकल गर्छ । मोबाइलको घण्टी बज्छ ।)
जीवन ः (केटीहरूदेखि केही टाढा गएर मोबाइलमा कुरा गरेको नक्कल गर्दै) हेलो, ए दिदी, दर्शन है दिदी । अँ, अब पर्सिसम्म निस्कन्छौं । एकजना त कन्फर्म छ, अर्कीको अलिक शङ्का छ । के मुम्बईमा काम खोजेर लगाइदिनु अरे ? कतिजना छ ? तीनजना ? तीनजना त गा¥हो पर्छ दिदी । एकजना भए त रणवीर कपूरको घरमा लगाउन सकिन्छ ।
माला ः (एकाएक उत्तेजित भावभङ्गीमा) को रणवीर कपूर ? बर्फीको हिरो ?
अशोक ः अँ अँ सुपरस्टार रणवीर कपूर । रणवीर कपूरको फिल्म हेरेकी छौ ? जीवनले उसकै आमा नीतु सिहंको गाडी त चलाउँछ नि ।
माला ः (चञ्चल मुद्रामा) अपुई हो र १ रणवीरलाई नजिकैबाट हेर्न पाइन्छ ?
अशोक ः ल कस्तो कुरा गरेकी ? उसको घरमा काम गरेपछि उसलाई नभेट्ने र नदेख्ने कुरा पनि कतै हुन्छ ? सुटिङबाट थाकेर आउँदा पानी माग्छ, पानी दिनुपर्छ । उसको कोठामा झाडुपोछा लगाउनुपर्छ । ब्रेकफास्ट गर्दा, डिनर गर्दा उनीहरूको नजिक बस्नुपर्छ । छुट्टीमा कहिलेकाहीं पिकनिक खान जान्छन् सबैजना, उनीहरूसित जानुपर्छ । (जीवनतिर हेरेर आँखा झिम्क्याउँछ)
जीवन ः ठीकै छ नि त, माला नजाने भए कर नगरौं । दिदीले खै को एकजना छ भन्दैछे उसैलाई लिएर जानुपर्ला ।
माला ः (आत्तिएको भावभङ्गीमा) ल ल म पनि जान तयार भएँ । काम रणवीर कपूरकै घरमा होइन त ?
जीवन ः ल कस्तो विश्वास नगरेकी ? फोन लगाइदिउँ कुरा गर्ने ?
तारा ः त्यसो भए कहिले जाने हामी ? (घाँसको भारी बोक्दै)
अशोक ः त्यो हामी कन्फर्म गरेर बताउँला । तर एकदमै गोप्य है ।
तारा ः त्यसको चिन्तै नगर न । अँ माला हिंड् । (चौताराबाट हिंड्दै) आज पनि भात खान पाइने हो कि होइन कुन्नि ?
माला ः खाना राखेको रहेनछ भने तँ म भएकोमा आइज् । बाँडीचुँडी खाउँला ।
जीवन ः (ठूलो सफलता हात परेजस्तो खुशीले गद्गद् हँुदै) लौ केटीहरू पनि जालमा प¥यो । अब रनेकी स्वास्नी अन्तरीको पालो ।
अशोक ः कुन्नि है कुन्नि मलाई चाहिं अन्तरी भाउजूको शङ्कै लाग्छ ।
जीवन ः हेरी मात्र बस्न चुटकी बजाएर पट्यादिन्छु । बिचरी सधैंको जँड्याहा लोग्नेको टेन्सन, अभावग्रस्त पारिवारिक जीवन, अनेकन रहर पालेर बसेकी अन्तरीलाई पट्याउन मेरो बायाँ हातको खेल हो । ल हामी पनि कोठातिर जाऔं । (प्रस्थान गर्छन्)
दृश्य ः (अन्तरीकी छिमेकी माइली दिदीको घरको आँगन । माइली आँगनको खाटमा पलेटी कसेर दुनाटपरी गाँस्न सुरसार गर्दैछे । छोरो नीरज आँगनमा खैल्दै गर्दा श्याम झोला बोकेर आँगनमा देखा पर्छ ।)
श्याम ः खोई, अन्तरीलाई पनि बोलाएकी छु भनेकी होइनस् ?
माइली दिदी ः कामधन्दा सकेर आउछे होली । ऊ, नभन्दै आइपुगी पनि ।
श्याम ः ल दिदीबहिनी मिलेर टपरी चाहिं आजै सिध्याउनुपर्छ है । पुरोहित बाजेलाई भोलि बिहानै बोलाएको छु । म पूजाको सामान लिन बजार गएँ । गोठमा वस्तुलाई कँुडो बसालेको छु, त्यता पनि अलिक ध्यान दे है । (श्याम बजारतिर प्रस्थान गर्छ)
नीरज ः (दौड्दै श्यामनजिक आएर) बाबा मलाई कलर पेन्सिल र इङ्गलिश कापी ल्याइदिनुहोस् है ।
श्याम ः ल ल हिजोजस्तो फेरि खोलातिर खेल्न नजानु नि । (आँगनबाट ओझेल हुन्छ)
माइली दिदी ः अन्तरी बहिनी, आजभोलि यो रनेले कति विघ्न रक्सी धोकेको । हिजो बेलुकी पनि जीउ थाम्नै नसक्ने गरी घर पसेको देखेको थिएँ ।