प्रस, वीरगंज, १२ पुस/
विन्ध्यवासिनी गापा अन्तर्गत बहुअर्वाभाटाका स्थानीयहरूले आपूm विकासविरोधी नभएको बताएका छन्।
मुआवजाको माग गर्दै बुधवार नेपाल पत्रकार महासङ्घ पर्सा शाखामा आयोजित पत्रकार समेल्लनमा उनीहरूले आपूmहरूले सरकारको गलत नीतिको विरोध मात्र गरेको बताए । सरकारले हुलाकी राजमार्ग निर्माण कार्यमा अधिग्रहण गरेका जग्गाको मुआवजा दिन बनाएको समितिले गलत निर्णय गरिरहेको उनीहरूको भनाइ थियो ।
पत्रकार सम्मेलनमा उनीहरूले २०६८ सालमा बनेको समितिका अध्यक्ष तत्कालीन प्रजिअ नागेन्द्र झाले एउटै कित्ताको फरकफरक मूल्य तोकेको बताए ।
सरकारले मालपोतका लागि बनाएको मूल्याङ्कन समितिले प्रतिकट्ठा १६ लाख ६० हजार तोकेको तर मुआवजा चाहिं प्रतिकट्ठा ५० हजारको दरले दिन खोजिएकोले सोको विरोध गरिएको सङ्घर्ष समितिका अध्यक्ष चन्द्रकिशोर चौरसियाले बताए ।
उनले सरकारी मूल्याङ्कनभन्दा दश गुणा कममा कसरी जग्गा अधिग्रहण गर्न दिने भनी प्रश्न गरे । बेमेल मुआवजाको विरोधमा आपूmहरू सङ्घर्षमा उत्रिएको उनले प्रस्ट्याए ।
करोड मूल्य पर्ने जग्गाको उचित मूल्याङ्कन नगरे आपूmहरूले कुनै हालतमा काम गर्न नदिने अध्यक्ष चौरसियाले चेतावनी दिए । पत्रकार सम्मेलनमा उनले सरकारले तोकेको मुआवजा दिए आपूmहरू खुशी हुने बताए ।