उमाशङ्कर द्विवेदी
मैले त भीष्मजीले दिएको वस्तु नै लिन चाहिरहेको छु, मैले तिमीसित केही पनि लिनु छैन । यो तिमी निश्चित मान जहाँ भीष्मजी छन्, त्यही मात्र द्रोणाचार्य छन् । अतः तिमीले पाण्डवहरूलाई आधी राज्य दिइहाल । म त जसरी उनीहरूको गुरु हुँ, त्यसरी तिमीहरूको पनि गुरु हुँ । मेरोलागि दुवैमा कुनै भेद छैन तर जय त उतै हुनेछ, जता धर्म छ ।
यसपछि विदुरजीले पितामह भीष्मतिर हेर्दै भने– भीष्मजी, म जुन निवेदन गर्दैछु, त्यो सुन्नुहोस् । यो कुरुवंश त एकताका नष्ट भई नै सकेको थियो । तपाईंले नै यसको पुनर्उद्धार गर्नुभएको थियो । अहिले आएर तपाईंले दुष्ट दुर्योधनको बुद्धिको अनुसरण गर्न थाल्नुभएको छ तर उसमाथि त लोभको सवारी भइसकेको छ । ऊ बडो अनार्य तथा कृतघ्न हो । हेर्नुहोस्, यसले आप्mनो धर्म र अर्थको विचार गर्ने पिताजीको आज्ञा पनि उल्लङ्घन गरिरहेको छ । यस दुर्योधनको कारणले नै समस्त कौरवहरूको नाश हुनेछ । महाराजा कृपा गरेर यस्तो काम गर्नुहोस्, जसको कारणले यिनीहरूको नाश हुन नपाओस् । कौरवहरूको नाश हुने देखेर तपाईंले त्यसको उपेक्षा नगर्नुहोस् । लाग्दछ, कुरुवंशको नाश समीप आइपुगेको हुनाले नै तपाईंको बुद्धि यस्तो भइरहेको छ । तपाईंले या त मलाई र राजा धृतराष्ट्रलाई साथमा लिएर वनतिर हिंड्नुहोस्, होइन भने त्रूmर बुद्धि, दुष्ट दुर्योधनलाई बलात् कैद गरेर पाण्डवहरूद्वारा सुरक्षित यस राज्यको व्यवस्था गर्नुहोस् । यस प्रकार भन्दाभन्दै बारम्बार सास लिंदै विदुरजी मौन भए ।
यसपश्चात् कुटुम्बको नाश हुने भयले भयभीत गान्धारीले क्रोधावेशमा आएर यी धर्म र अर्थयुक्त कुराहरू भनिन्–दुर्योधन, तिमी बडो पापबुद्धि र त्रूmर कर्म गर्ने खालका छौ । हरे, यस राज्यलाई त कुरुवंशी महानुभावहरूले क्रमशः भोग्न आएका छन् । यही हाम्रो कुल धर्म हो तर तिमीले अन्यायपूर्वक कौरवहरूको यस राज्यलाई नष्ट पार्न आँट्यौ । यति बेला यस राज्यमाथि महाराज धृतराष्ट्र र उनका भाइ विदुरजी विराजमान छन्, अनि यस्तोमा तिमीले लोभवश यसलाई किन लिन चाहिरहेका छौ ? भीष्मजीको सामु त यी दुईटै पराधीन छन् । महात्मा भीष्म धर्मज्ञ हुन्, त्यसैले आप्mनो प्रतिज्ञा पालन गर्नेक्रममा उनले यो राज्य स्वीकारी रहेका छैनन् । वास्तवमा यो राज्य त महाराज पाण्डुकै हो, त्यसैले यसका वास्तविक अधिकारी उनका पुत्रहरू मात्र हुन्, अर्काको होइन । त्यसैले महात्मा भीष्मजीले भनेको कुरा हामीले निश्शङ्कोच मान्नुपर्ने हुन्छ । अब महाराज धृतराष्ट्र र पितामह भीष्मको आज्ञाले धर्मपुत्र युधिष्ठिरले नै यस कुरुवंशको पैतृक राज्यको पालन गर्नुपर्दछ ।
गान्धारीले यस प्रकारको वचन भनेपछि महाराज धृतराष्ट्रले भने– बाबु, यदि तिम्रो दृष्टिमा पिताको केही गौरव छ भने मैले भन्ने कुरामा ध्यान देऊ र त्यसैको अनुसार आचरण गर । पहिला कुरुवंशको वृद्धि गर्ने नहुषका पुत्र ययाति नामक राजा थिए । उनका पाँच पुत्रहरू थिए । जेठा यदु र कान्छा पुरु । पुरु राजा ययातिका आज्ञा मान्ने खालका थिए र उनले बाबुको लागि एउटा विशेष काम पनि गरेका थिए । यस कारण कान्छो भएर पनि बाबुबाट उनले राजसिंहासन प्राप्त गरेका थिए । यस प्रकार यदि छोरा जेठो भएपनि यदि ऊ अहङ्कारी छ भने उसले राज्य पाउँदैन र कान्छो यदि गुरुजनहरूको सेवा गर्ने खालको छ भने उसले राज्य प्राप्त गर्दछ । यसै प्रकार मेरा प्रपितामह महाराजा प्रतीप पनि समस्त धर्मबारे जान्ने तीनै लोकमा विख्यात थिए । उनका देउताहरूको समान यशस्वी तीनजना पुत्रहरू थिए । उनीहरूमध्ये जेठा देवापि, माहिला बाल्हीक र कान्छा हाम्रा पितामह शान्तनु थिए । देवापि यद्यपि उदार, धर्मज्ञ, सत्यनिष्ठ र प्रजाहरूका प्रेमपात्र थिए, तैपनि चर्मरोगको कारणले उनी राज्यको योग्य मानिएनन् । बाल्हीक पैतृक राज्य त्यागेर आप्mनो मामाघर गई बस्न थाले । त्यसैले पिताको शेषपछि बाल्हीकको आज्ञाले जगद्विख्यात शान्तनु नै राजसिंहासनमाथि अभिषिक्त भए । यसै प्रकार पाण्डुले पनि यो राज्य मलाई सुम्पिदिएको थियो । म जेठो थिए तर नेत्रहीन हुनाको कारणले म राज्यको अधिकारबाट वञ्चित भएँ र कान्छो भएर पनि पाण्डुले राज्य पायो । अब पाण्डुको शेषपछि त यो राज्य उसकै पुत्रहरूको नै हो । म त राज्यको भागी छँदै छैन, तिमी पनि न राजपुत्र हौ, न राज्यको स्वामी नै हौ, अनि अर्काको अधिकार कसरी खोस्न चाहिरहेका छौ ? महात्मा युधिष्ठिर राजपुत्र हुन्, अतः न्यायतः यो राज्य उनकै हो । युधिष्ठिरमा राजाहरूको योग्य क्षमा, तितीक्षा, दम, सरलता, सत्यनिष्ठा, शास्त्रज्ञान, अप्रमाद, जीवदया र सदुपदेश गर्ने क्षमता–यी जम्मै गुणहरू छन् । त्यसैले तिमीले मोह त्यागेर आधी राज्य युधिष्ठिरलाई दिइहाल र आधी राज्य आप्mना भाइहरूसहित आप्mनो जीविकाको लागि राखिलेऊ । क्रमशः...