निर्वाचन नजिकिंदै गइरहेसँगै निर्वाचन बिथोल्ने तŒवको प्रयास पनि बढिरहेको देखिन्छ । यद्यपि तिनको प्रयासमा उपलब्धि छैन, सानो उपक्रमले नै मतदाता डराऊन् र निर्वाचन बिथोलियोस् भन्ने भाव लुकेको देखिन्छ । आपूmसँग शक्ति साधन नभएर हो वा राजनीतिमा केही न केही गरिरहनुपर्छ भन्ने भावनाले हो, पटाखा पडकाएर बमको ध्वांस दिइरहेका छन् । सबै ठाउँमा पटाखा नै पडकाइएको पनि होइन, कहींकहीं त शक्तिशाली विस्फोटक पदार्थ पनि पडकाइएको छ, मानिस घाइते पनि भएका छन् । चुनाव प्रचारमा हिंडेका उम्मेदवार–समर्थकलाई ताकेर पनि बम विस्फोट गराइएको छ, सभा–जुलुसमा पनि विस्फोट
गराइएको छ, नेताहरूको घरूमा र बितेको पहिलो चरणको मतदान केन्द्रमा निर्वाचन बिथोल्ने प्रयासस्वरूप पटाखाहरू पडकाइएको थियो । नेकपा माओवादीका ‘विप्लव’को प्रभाव क्षेत्र भनेको पहाड हो, त्यहाँ माओवादीको लाख प्रयत्नका बावजुद ६५ प्रतिशत मतदान भयो भने तराईमा चुनाव बहिष्काको खास अर्थ रहन्छ जस्तो लाग्दैन ।
पर्साजस्तो जहिले पनि सत्तापक्ष्Fमा रहने जिल्लामा पनि काङ्ग्रेस उम्मेदवारको चुनाव प्रचार गाडीमा बम हानिएको छ । बमले गाडीमा सामान्य क्षति मात्र पु¥याएको छ । धनजनको क्षति भएको छैन । त्यस्तै केही अन्य ठाउँमा बम आतङ्क सिर्जना गर्ने प्रयास नभएको होइन, तर मतदाताको निर्भयता र सुरक्ष्Fा निकायको सतर्कता तथा तदारुकताले गर्दा बहिष्कारवादीहरू दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन खल्बलाउन सफल होलान्जस्तो लाग्दैन । सबभन्दा महŒवपूर्ण कुरा मतदाताको मनोबलमा कुनै पनि प्रकारको नकारात्मक प्रभाव परेको छैन । दुई दशकपछिको जनप्रतिनिधि चुन्ने अवसरलाई नेपाली मतदाताले सित्तै जान दिने कुरा पनि आएन । फेरि दोस्र चरणमा दुई नं प्रदेश पनि छ, जुन मधेस प्रदेश भनिन्छ र यहाँ रैथाने सत्तासँग मधेसी जनताको प्रतिस्पर्धा छ । यो प्रतिष्ठापूर्ण प्रतिस्पर्धा मात्र पटाखा पडकाइको भरमा त्याग्न सकिंंदैन । नेपाली जनताले बितेको दुई दशकमा विभिन्न हत्या, हिंसा र अराजकता बेहोरिसकेको छ । यी विसङ्गतिको कारण निर्वाचन नहुनु पनि हो भन्ने कुरा नेपाली जनताले राम्ररी बुझेको छ, त्यसैले एक दिनको डरले पाँच वर्षको सास्ती भोग्ने नादानी गर्न सक्दैन ।
नेपाली जनताले आपूmलाई जहिले पनि प्रजातान्त्रिक कित्तामा राखेको छ । त्यसैले जस्तोसुकै अवस्था आओस् निर्वाचनद्वारा आप्mनो अधिकार प्राप्तिका लागि अग्रसर रहने गरेको छ । मन नपरे तापनि पञ्चायतकालीन निर्वाचनलाई बेवास्ता नै गरेन । राजा ज्ञानेन्द्रले राजनीतिक दलहरूको इच्छाविपरीत गराएको निर्वाचनमा पनि हिस्सा लियो । एउटा मात्र कारण थियो– आप्mनो अधिकार नगुमाउने । संविधानसभा निर्वाचनका बेला पनि निकै चुनौती थियोे । समग्र मधेसमा सयौं विद्रोही समूह सक्रिय थिए, चुनाव बहिष्कार गरेका थिए । त्यस ताकाका सबैभन्दा ठूलो सशस्त्र समूहकै प्रभाव क्षेत्रमा निर्वाचन भएकै थियो । संसदीय व्यवस्था चाहिंदैन भनेर दुवै संविधानसभा निर्वाचन बहिष्कार गर्दै आएको थवाङमा ‘विप्लव’ले लाख प्रयत्न गर्दा पनि निर्वाचन भएरै छोड्यो । हो सीमाङ्कनको सवालमा चित्त नबुझेर विकट पहाडी जिल्ला सोलोखुम्बुको चंखेली र तिङला गाउँले भने निर्वाचन बहिष्कार गरेका छन् । यो बहिष्कार राजनीतिक होइन, विशुद्ध भौगोलिक कारणले भएको हो ।