$type=ticker$count=12$cols=4$cate=0

बाराका ४ प्रतिनिधिसभा सदस्यको लागि १२ जनाबीच प्रतिस्पर्धा, ककसले दाउ मार्ने हो प्रतीक्षाको विषय

SHARE:

गम्भीरा सहनी, जीतपुर, १० मङ्सिर/
    दोस्रो चरण अन्तर्गत मङ्सिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी उम्मेदवारहरू आआप्mनै ढङ्गले मतदाताहरूलाई आकर्षित गर्न सक्रिय छन् । मतदाता भने उम्मेदवारहरूमध्ये विगतमा सत्ता तथा सत्ताको विपक्ष्Fमा भएको बेला बारावासीका लागि केके काम गरे मूल्याङ्कन गर्न लागेका छन् ।
क्षेत्र नम्बर १
अन्युत मैनाली
    वाम गठबन्धनबाट बारा क्ष्Fेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार अच्युत मैनालीको जन्म २०२२ साल असार काभ्रेको कटुञ्जे गाविसमा भएको हो । बसाइँ  सरेर बारा पुगेका मैनालीले त्रिजुद्ध मावि वीरगंजबाट एसएलसीसम्म अध्ययन गरे । नेपाल ल क्याम्पस काठमाडौंबाट बिएल र ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।
    २०३७ सालमा वाम विद्यार्थी आन्दोलनबाट राजनीति थालेका अच्युत मैनाली लामो समय एमालेको पूर्णकालीन कार्यकर्ता भए पनि एमालेको माथिल्लो पदमा पुगेका छैनन् । उनी अहिले एमालेको केन्द्रीय सल्लाहकार परिषद्का सदस्य हुन् ।
उमाकान्त चौधरी
    वनस्पतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण नेपाली काङ्ग्रेसका नेता उमाकान्त चौधरीको जन्म वि.सं २०२३ साल भाद्र १५ गते बाराको अमाव–३ मा भएको हो । उनका बुवाको नाम चन्द्रिकाप्रसाद चौधरी र आमाको नाम मधेसियादेवी थरूनी हो । वि.सं २०३६ सालदेखि राजनीतिमा प्रवेश गरेका चौधरी नेपाल विद्यार्र्थी सङ्घ र नेपाल तरुण दलका केन्द्रीय सदस्य थिए । वि.सं २०५६ सालको संसदीय चुनावमा उमाकान्त चौधरी बारा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।
    विभिन्न समयमा मन्त्री भएका चौधरी पछिल्लो समयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भएर काम गरेका थिए । त्यस अघि उनी कृषि तथा सहकारी सहायकमन्त्री थिए । उनका तीन छोरी र एक छोरा छन् । संविधानसभा चुनाव २०६४ मा बारा जिल्लाको क्षेत्र नम्बर ५ बाट १५ हजार ४ सय ८७ मत ल्याएर विजयी भएका चौधरीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बलवीरप्रसाद चौधरीले १४ हजार ८ सय ५७ मत प्राप्त गरेका थिए ।
    उनी २०५९ सालमा कृषि तथा सहकारी सहायकमन्त्री र २०६४ सालमा स्वास्थ्यमन्त्री भएका थिए । उनी अहिले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य र अनुशासन समितिका सदस्य हुन् ।
रामकिशोरप्रसाद यादव
    राजकिशोरप्रसाद यादवको जन्म २०२६ साल माघमा बाराको हरिहरपुर– ७ मा भएको हो । श्री कङ्काली मावि सिम्रौनगढ, बाराबाट एसएससी गरेका रामकिशोरप्रसाद यादवले आरके गोयन्का कलेज भारतबाट कानूनमा स्नातक
गरेका छन् । २०४६ सालमा नेपाल सद्भावना पार्टीबाट राजनीति शुरु गरेका यादव अहिलेसम्म सांसद बनेका छैनन् । रामकिशोर यादव अहिले राजपामा आबद्ध छन् ।
क्षेत्र नम्बर २
राधेचन्द्र यादव
    राधेचन्द्र यादव तराईमा काङ्ग्रेसका पुराना नेता मानिन्छन् । २०१० सालमा बाराको बैरिया–७ मा जन्मेका राधेचन्द्र यादवले भारतबाट विज्ञान विषयमा आइएस्सी तहसम्मको अध्ययन गरेका छन् । कलैया उपमहानगरपालिकामा बसोवास गर्दै आएका यादव २०३४ सालदेखि नेपाली काङ्ग्रेसमा आबद्ध छन् ।
    उनी २०५१ सालमा सांसद बनेका थिए । २०७० सालको चुनावमा राधेचन्द्र यादव बाराको क्षेत्र नम्बर २ बाट ८ हजार ८ सय ८७ मत ल्याई विजयी भएका थिए । यादव अहिले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हुन् ।
शिवचन्द्र प्रसाद कुशवाहा
    शिवचन्द्र कुशवाहाको जन्म २०२३ जेठमा बाराको मैनी–३ मा भएको हो । उनले भोला मावि गंजभवानीपुरबाट एसएलसीसम्मको पढाइ पूरा गरेका छन् । २०३८ सालमा वाम विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका कुशवाहा अहिले माओवादी बाराका नेता हुन् ।
    शिवचन्द्र कुशवाहा सद्भावना पार्टीबाट माओवादीको राजनीतिमा लागेर २०६४ सालमा बाराबाट चुनाव जितेका थिए । २०७३ असारमा नयाँ शक्तिमा प्रवेश गरेका कुशवाहा २०७४ असारमा माओवादीमा प्रवेश गरेका हुन् । अहिले उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् ।
रामसहाय प्रसाद यादव
    सङ्घीय समाजवादी फोरम नेपालका नेता रामसहाय यादवको जन्म २०२७ सालमा बाराको कचोर्वा–८ मा भएको हो । कङ्काली मावि सिम्रौनगढबाट एसएलसीसम्म शिक्षा लिएका रामसहाय यादवले सीतामढी कलेज भारतबाट विज्ञान विषयमा स्नातक र ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजबाट शिक्षा विषयमा स्नातक गरेका छन् ।
    २०४७ सालदेखि नेपाल सद्भावना पार्टीबाट राजनीति थालेका यादव २०६४ सालको चुनावमा फोरमबाट समानुपातिक सांसद बनेका थिए । उनी अहिले सङ्घीय समाजवादी फोरम नेपालका महासचिव हुन् ।
क्षेत्र नम्बर ३
फरमुल्लाह मन्सुर
    फरमुल्लाह मन्सुर नेपाली काङ्ग्रेसका पुराना र तराई क्षेत्रका प्रभावशाली नेता मानिन्छन् । उनको जन्म २०११ साल कात्तिकमा बारा, भवानीपुर–३ मा भएको हो । श्री ३ चन्द्र मावि कलैयाबाट एसएलसीसम्म अध्ययन गरेका मन्सुरले उच्च शिक्षा लिएका छैनन् । २०२७ सालदेखि नेपाल विद्यार्थी सङ्घको राजनीति थालेका मन्सुरले प्रजातन्त्रको लडाइँको क्रममा २ वर्ष जेलजीवन बिताएका छन् ।
    २०५६ सालमा बारा क्षेत्र नम्बर ४ बाट सांसद बनेका मन्सुर २०७० सालको चुनावमा १० हजार ४ सय ५६ मत ल्याएर विजयी भएका थिए । उनी २०५६ सालदेखि नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य छन् । उनी अहिले संसदीय बोर्डका सदस्य पनि हुन् । फरमुल्लाह मन्सुर २०६४ सालमा विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए । २०७४ जेठदेखि उनी श्रम तथा रोजगारमन्त्रीको कार्यभार
सम्हालिरहेका छन् ।
अद्यानन्द पाण्डे
    अद्यानन्द पाण्डेको जन्म २०२३ साल वैशाखमा बारा, भतौडा–३ मा भएको हो । श्री ३ चन्द्र मावि कलैयाबाट एसएलसीसम्म पढाइ गरेका पाण्डे ठाकुर राम बहुमुखी क्याम्पसबाट व्यावस्थापन विषयमा प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । २०३७ सालमा नेकपा मालेबाट राजनीति शुरु गरेका पाण्डेले लामो समय एमालेको पूर्णकालीन कार्यकर्ता भएर काम गरेका छन् । उनी अहिले एमाले बाराका सल्लाहकार हुन् ।
रामबाबूकुमार यादव
    रामबाबूकुमार यादवको जन्म २०३२ साल जेठमा बारा, महेशपुर–२ मा भएको हो । श्री ३ चन्द्र मावि कलैयाबाट एसएलसीसम्म अध्ययन र एसएनएस कलेज मोतीहारी भारतबाट आइएस्सी अध्ययन पूरा गरेका यादव अहिले ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा व्यवस्थापन विषयमा स्नातक तहमा अध्ययन गरिरहेका छन् ।
    २०६२/६३ को जनान्दोलनमा मधेसी जनअधिकार फोरमबाट राजनीतिमा उदाएका यादव ५ वर्षदेखि फोरम बाराका अध्यक्ष छन् ।
क्षेत्र नम्बर ४
लालबाबू सिंह भुइँहार
    लालबाबू सिंहको जन्म २०२० साल वैशाखमा बारा, पुरैनिया–१ मा भएको हो । श्री ३ चन्द्र मावि कलैयाबाट एसएलसी गरेका सिंहले उच्च शिक्षा लिएका छैनन् ।
    २०३६ सालमा नेपाल विद्यार्थी सङ्घबाट राजनीति शुरु गरेका लालबाबू सिंह लामो समय नेपाली काङ्ग्रेसको क्रियाशील र पूर्णकालीन कार्यकर्ता भएर काम गरेका छन् । २०७० सालमा समानुपातिक सांसद बनेका सिंह नेपाली काङ्ग्रेसका महासमिति सदस्य हुन् ।
देवनारायण चौधरी
    २०१८ साल कात्तिकमा बारा, भवानीपुरमा जन्मेका देवनारायण चौधरी पुराना कम्युनिस्ट नेता हुन् । त्रिभुवन मावि वीरगंजबाट एसएलसी पास गरेका देवनारायण, ठाकुर राम बहुमुखी क्याम्पसबाट व्यवस्थापनमा प्रवीणता प्रमाणपत्र तह र हरि खेतान बहुमुखी क्याम्पस वीरगंजबाट व्यवस्थापन विषयमा स्नातक गरेका छन् । २०३७ सालमा वाम विद्यार्थी आन्दोलनबाट राजनीति शुरु गरेका चौधरी २०७२ सालदेखि एमाले बाराका उपाध्यक्ष छन् ।
इकबाल मियाँ
    इकबाल मियाँको जन्म २०२६ जेठमा बारा, बुनियाद–४ मा भएको हो । श्री ३ चन्द्र मावि कलैयाबाट एसएलसीसम्म अध्ययन गरेका मियाँले वनविज्ञान संस्थान हेटौंडाबाट आइएस्सी र पटना विश्वविद्यालय भारतबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।
    २०४३ सालबाट राजनीति शुरु गरेका मियाँ अहिलेसम्म सांसद भएका छैनन् । उनी २०७३ चैतदेखि राजपाका केन्द्रीय सदस्यको उत्तरदायित्व सम्हालिरहेका छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : बाराका ४ प्रतिनिधिसभा सदस्यको लागि १२ जनाबीच प्रतिस्पर्धा, ककसले दाउ मार्ने हो प्रतीक्षाको विषय
बाराका ४ प्रतिनिधिसभा सदस्यको लागि १२ जनाबीच प्रतिस्पर्धा, ककसले दाउ मार्ने हो प्रतीक्षाको विषय
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh2NVMXCrNToeyyOk8ccKC56b8OX_ddBx8Bf2V_H4bByiAlNHrX73LIrH3u44w5FZAEicitwINX2LxcoLQ-Y7qaHu8VnU3XYzOANRYCqzA8AtY96evmHB6efC1kNXdpQQB9ICZ9SdToeT4-/s640/ummedwar.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh2NVMXCrNToeyyOk8ccKC56b8OX_ddBx8Bf2V_H4bByiAlNHrX73LIrH3u44w5FZAEicitwINX2LxcoLQ-Y7qaHu8VnU3XYzOANRYCqzA8AtY96evmHB6efC1kNXdpQQB9ICZ9SdToeT4-/s72-c/ummedwar.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/11/blog-post_482.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/11/blog-post_482.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy