विश्वराज अधिकारी
गताङ्कको बाँकी
हामी चढेको कार गराजको नजिक पुग्दा गराजको ढोका खुलिसकेको थियो । उहाँले वालमार्ट रीता भाउजू चढ्ने कार लिएर जानुभएको थियो । कार गराजमा राख्नुभयो । कारबाट ओर्लेपछि मतिर हेरेर मुसुमुसु हाँस्दै भन्नुभयो, “काठमाडौंमा भएको भए पानी परेको बेलामा गाडीबाट ओर्लेर घरभित्र पस्दा निथ्रुक्कै हुनुपथ्र्याे । गराजको ढोका खोल्न गाडीबाट बाहिर नआई सुखै पाइन्थेन ।”
हामी गराजमा रहेको ढोकाबाट नै भान्साकोठा हुँदै बैठकमा पस्यौं । बैठकमा पसेपछि खुट्टा सोभ्mयाएर माथि नै राख्न मिल्ने सोफामा बसी खुट्टा सोझो पार्दै, हल्ंिलदै, मनोहर दाइले भन्नुभयो, “यसरी सब मजा अमेरिकामा नै पाइने हो । नेपालमा भएको भए पानी परेको बेलामा घरभित्र पस्दा जीउ नभिज्ने त कुरै हुन्थेन । यहाँ त पानी परेको बेलामा पनि नभिजेर, पसलहरू पुगेर, सामान किनेर, आप्mनो घरभित्र पसेर पनि पानीमा भिज्नुपर्दैन । सडकहरू पनि कहीं कतै खाल्डाखुल्डी नभएका र सफा छन् । नेपालमा त ओहो, काठमाडौंका सडकहरूको त झन् कुरा नै नगरौं । अभैm न्युरोड, पुतली सडक, कोटेश्वरको सडकको स्थिति र गाडीहरूको भीडभाड उफ...। नेपालमा बलियो भनेको त केवल नेताहरूको घर र उनीहरूको बैंक खाता मात्र छ, सडक र पेटीहरू त अति कमजोर छन् । नेता जुनसुकै पार्टीका किन नहुन् सबै उस्तै छन् । उनीहरूबीच रौं बराबर पनि फरक छैन ।”
मनोहर दाइ यति भनेर एक छिन चुप लागेर बस्नुभयो । तर केही क्षणपश्चात् केही सम्झेभैंm गरी मतिर हेर्दै भन्नुभयो, “विश्वास भाइ, घरभित्र अलि बढी चिसो चाहिएको छ भने चिसोको मात्रा बढाए हुन्छ । एसीको स्वीच ऊ त्यहाँ छ । मलाई त त्यति चिसो चाहिंदैन । त्यसैले चिसो पार्न पनि बिर्सें । तपाईंलाई चाहिन्छ ?”
जेहोस्, मनोहर दाइले आप्mनो अमेरिकाको बसाइँलाई जीवनको एक सर्वाधिक ठूलो उपलब्धि मानेको र त्यस उपलब्धिमाथि सीमाहीन गर्व गरेको मलाई लाग्यो ।
घर सजाउन ल्याइएका सामानहरू राखेर हामी अपार्टमेन्टतिर फक्र्याैं । पहिले मेरो अपार्टमेन्ट आउने हुनाले हामी दुवै मेरो अपार्टमेन्टतिर लाग्यौं । साँझ परिसकेको थियो । मकहाँ नै खान भनी मैले मनोहर दाइलाई आग्रह गरें । उहाँ मान्नुभएन । बरु उल्टो मलाई उहाँको अपार्टमेन्टतिर जान अनुरोध गर्नुभयो । मैले पनि सहमति जनाएँ । उहाँले मेरो अपार्टमेन्टबाट नै म उतै खान आउने जानकारी रीता भाउजूलाई दिनुभयो । मेरो अपार्टमेन्टमा केही छिनको बसाइपछि हामी दुवै मनोहर दाइको अपार्टमेन्टतिर लाग्यौं ।
घर सरेको दुई/तीन दिनपछिको कुरा हो, शनिवारको दिन परेको थियो । त्यो दिन मनोहर दाइले हाउस वार्मिड्ढो पार्टी राख्नुभएको थियो । ज्याक्सनभिलमा बस्ने चार/पाँच नेपाली परिवारहरूलाई आमन्त्रित गरिएको थियो । ज्याक्सनभिलबाट नै दुई/तीन भारतीय परिवारहरू पनि थिए । उहाँका अफिसका केही अमेरिकी परिवारहरू पनि थिए । नेपाली नै, एक परिवार मयामी र अर्काे परिवार ओल्र्यान्डोबाट आएको थियो । शायद उनीहरू रीता भाउजूका माइती पट्टिका थिए क्यारे । हाउस वार्मिड्ढो पार्टीका लागि भनेर मात्र मनोहर दाइका कलेज पढ्दादेखिको एक साथी बेटनरूजबाट आएका थिए ।
हाउस वार्मिङ पार्टी चलिरहेको थियो । केही नेपालीहरू नेपालको वर्तमान नेपाली राजनीतिमा देखिएका अनिश्चितताको कुरा गरिरहेका थिए । केही महिलाहरू भने आप्mनै घर गृहस्थीको कुरा गर्नमा व्यस्त थिए । मनोहर दाइको घरको बयान पार्टी चल्नासाथ शुरु भएर सकिएकाले गफ गर्नेहरूले पनि अरूअरू नै प्रसङ्ग झिक्न शुरु गरिरहेका थिए । म भने मनोहर दाइको बेटनरूजबाट आएको साथीसँग कुरा गर्नमा व्यस्त थिएँ ।
हामी दुई कुरा गरिरहेको ठाउँमा
मनोहर दाइ पनि आइपुग्नुभयो ।
उहाँको त्यही बेटनरूजबाट आएको साथीतिर हेर्दै भन्नुभयो, “हेमन्त, तिमीले पिएचडी सक्याएर पोस्ट डक पनि सक्यायौ । अब त जागीर खोज्न शुरु गर्छाै होला नि, हैन त ? अनि साँच्यै, भाउजू, केटाकेटीहरू नेपालबाट फर्किसकेका हुन् ?”
हेमन्तजीले भन्नुभयो, “अँ हँ, छैनन् फर्केका ।”
मनोहर दाइले फेरि प्रश्न गर्नुभयो, “किन न फर्केको त ?”
हेमन्तजीले छोटो उत्तर दिनुभयो, “अब नेपालमैं बस्ने, नआउने ।”
हेमन्तजीले थप्नुभयो,“मेरो वाइफलाई अमेरिकामा रमाइलो लागेन रे ।”
हेमन्तजीको कुरा सुनेर हामी सबै एकछिनका लागि शान्त भयौं । कसैले पनि केही बोलेन । अलि छेउमा रहेका, जसले कुनै कुनै बेला हाम्रो कुराकानी पनि सुनिरहेका थिए, पनि चुप लागे । एक/दुई जनाले आश्चर्य मान्दै हेमन्तजीको मुहारमा हेरे पनि । हेमन्तजीको कुरा सुन्दा सबैलाई आश्चर्य लाग्नु तात्कालिक परिस्थितिमा सही थियो । अमेरिका आएर कसैले नेपाल फर्किन्छु भन्नु उत्तर दिशाबाट दक्षिण दिशातिर बहिरहेको बागमती नदीले प्रकृतिको नियमलाई बदलेर दक्षिणबाट उत्तरतिर बग्नु सरह थियो । नेपाल त के विश्वभरिका अन्य सयौं देशबाट अमेरिका आएका मानिसहरू एकचोटि अमेरिका आएपछि आप्mनो देश फर्किने नामसम्म पनि लिंदैनन् । अमेरिका नामको महासागरमा डुबेर हराउँछन् ।
घरको पछाडि, ब्याक यार्डमा गरिएको पार्टी धूमधामले चलिरहेको थियो । कुनै बेला हिन्दी, कुनै बेला इङ्गलिश गीत बजिरहेको थियो । नेपाली गीत भने कुनै कुनै बेला मात्र बजिरहेको थियो । बढी मात्रामा भने हिन्दी गीत नै बजिरहेको थियो । मनोहर दाइले छोराका लागि हर्स राइडिङ गराउन भनी ल्याएको घोडाले बच्चाहरूलाई ब्याक यार्डभित्र पालैपालो गरी घुमाउँदै थियो । त्यो घोडा घुमाउनेले बच्चाहरूलाई घोडामा राखेर सुरक्षित किसिमले घुमाउँदै थियो, घोडाको पछिपछि लागेर । घोडा पनि एउटा हो र ? बच्चाहरूलाई घुमाउन दुई/दुई वटा तैनाथ थिए ।
म चुप बसेको बेलामा मेरो ध्यान छेउमैं बसेर गफ गरिरहेका दुईजना नेपालीहरूतिर गयो । उनीहरू नेपालको राजनीतिमा निकै गम्भीर भएर गफ गरिरहेका थिए । हामीबीच कुराकानी नभएर मौनता छाएको हुनाले मेरो ध्यान स्वाभाविकरूपमा उनीहरूतिर गइरहेको थियो । उनीहरूबीच कुराकानी चलि नै रहेको बेला एक महिला त्यहाँ आइपुगिन् । कुराकानी गरिरहेका ती दुईमध्येको एकतिर हेर्दै ती महिलाले भनिन्, “मलाई त, यो नेपालको राजनीति सुन्दासुन्दा टाउको दुखिसक्यो । कान पाकिसक्यो । जहाँ गए पनि त्यै नेपालको राजनीति चलिरहेको हुन्छ । जहाँ केही नेपालीहरू भेला भयो कि दुई/चार जना नेपालको राजनीति बघार्ने निस्किहाल्छन् । नेपालमा यस्तो, नेपालमा उस्तो...। अरू छैन कुनै गफ...। सधैं एउटै कुरा सुन्दासुन्दा यो कान पनि पाकिसक्यो, थाकिसक्यो । नेपालको यति चासो राख्ने मान्छेहरू...। किन नेपाललाई चटक्क छाडेर अमेरिका आएका होलान् ? अमेरिकामा नेपालको राजनीति मुखले गर्नुभन्दा नेपालमैं
गएर राजनीति गरे हुन्छ । स्वदेशको सेवा गरे हुन्छ । यस्तो गर्ने छ कोही ? कहाँ हुनु ? केवल गफ गर्नेहरू मात्र
छन् ।”
ती महिलाको कुरा सुनेपछि ती दुई व्यक्तिहरू चुप लागे । उनीहरू चुप लागेकाले मेरो ध्यान फेरि मनोहर दाइ र हेमन्तजीप्रति आकृष्ट भयो । उहाँहरू पनि चुप हुनुहुन्थ्यो । कुराकानीको सिलसिला शुरु गर्ने प्रयत्न मैले नै गरें । मैले हेमन्तजीतिर हेर्दै भने, “हेमन्तजी, तपाईंको वाइफको त नेपालमैं बस्ने इच्छा छ, तपाईंको इच्छा चाहिं कता बस्नेछ नि...?”
हेमन्तजीले मतिर नहेरी मनोहर दाइतिर हेर्दै मेरो प्रश्नको उत्तर दिनुभयो, “खासमा मेरो इच्छा पनि अमेरिका बस्ने छैन । अमेरिका आएर पढ्ने उद्देश्य थियो, त्यो पूरा भयो । म पनि तीन/चार महिनाभित्रमा नेपाल फर्किन्छु ।”
हेमन्तजी ले यतिमात्र के भन्नुभएको थियो, उहाँको कुरालाई बीचमैं
रोक्दै मनोहर दाइले भन्नुभयो, “अमेरिकामा बस्न त मलाई पनि कहाँ मन लागेको छ र ? म पनि यहाँ बस्ने विचारमा छैन ।”
मनोहर दाइको भनाइले मलाई निकै आश्चर्यमा पा¥यो । उहाँ अमेरिकामा अति नै र पूर्णरूपमा खुशी र सन्तुष्ट हुनुहुन्छ जस्तो मलाई लागेको थियो । त्यसैले मेरो मुखबाट भ्mवाट्ट निस्क्यो, “अनि, मनोहर दाइ, अमेरिका बस्ने इच्छा छैन भने यति बढी पैसा खर्च गरेर यति ठूलो घर किन बनाउनुभएको त ? यति विशाल...घर, लाखौं डलर खर्च गरेर ? अनि दुई/दुई वटा गाडी यति धेरै सामान... किन किन्नुभएको त ?”
मेरा प्रश्नहरू सुनेर मनोहर दाइ एकछिन चुप लाग्नुभयो । केही क्षणको मौनतापछि बिस्तारै भन्नुभयो, “खोई, मैले पनि बुभ्mन सकेको छैन । किन बुभ्mन नसकेको होला, मैले ?”
हाउस वार्मिङ पार्टी चलि नै रहेको थियो । इन्डियन रेस्टुरेन्टबाट ल्याइएका खानेकुराहरू सबैले मीठो मानीमानी खाँदै थिए । रीता भाउजूले बनाउनुभएको स्पेशल मःमः पनि खानेहरूले स्वाद लिएर, रीता भाउजूको प्रशंसा गर्दै, खाँदै थिए । मैले अलिकति ह्वीस्की थपें । रीता भाउजूले नदेख्ने गरी अलिकति ह्वीस्की मनोहर दाइलाई पनि थपिदिएँ । हेमन्तजीले भने अलिकति वाइन थप्नुभयो । मनोहर दाइ, हेमन्तजी र मबीच कुराकानीको सिलसिला भने अभैm शुरु हुन सकेको थिएन ।
मनोहर दाइको नेपाल फर्किने विचार र ह्वीस्की दुवैले मलाई एकैपटक हल्लाउन शुरु ग¥यो । समाप्त
बपयगतष्थिब२नmबष्।िअयm