प्रमोद यादव, रङ्गपुर, पर्सा, १२ मङ्सिर/
पर्साको ग्रामीण क्ष्Fेत्रमा रहेका कृषि सहकारी संस्थाहरूले किसानहरूलाई बढी मूल्यमा रासायनिक मलखाद बेच्ने गरेको समाचार प्राप्त भएको छ ।
कृषि सामग्री संस्थानले कृषि सहकारी संस्थालाई मात्र मलखाद उपलब्ध गराउने गरेकोमा किसानहरूले डिलरमार्पmत् किन्दा मलखादको मूल्य बढी तिर्नुपरेको कृषक धु्रव यादवले बताए ।
कृषि सहकारी संस्थाले डिएपी रु ४३ सय, युरिया रु १४ सय, पोटास रु ३२ सय प्रतिक्विन्टल लिनुपर्नेमा डिलरले प्रतिक्विन्टलमा रु ५ देखि ६ सयसम्म बढी लिने गरेको लखनपुरका किसान सोनालाल सहनीले गुनासो गरे ।
यसबारे डिलरका व्यापारीहरूले कृषि सामग्री संस्थानले मागभन्दा आधा मात्र मलखाद उपलब्ध गराएको तथा भाडा र मजदुर खर्च बढी लाग्ने हुँदा तोकिएको दररेटभन्दा बढी बेच्नुपरेको बताए । कृषकको आवश्यकता अनुसार संस्थाले खाद उपलब्ध नगराएको महुवनका खाद व्यापारीले बताए ।
यस विषयमा जिल्ला कृषि सामग्री संस्थाका सहायक प्रमुख गोरख केसीले गुनासो आएकोले खोजबिन गर्ने बताए ।
आवश्यकता अनुसार मलखाद नपाउने र पाए पनि महँगो मूल्य पर्ने भएकोले किसानहरू भारतको सीमावर्ती बजारमा खाद मल किन्न बाध्य भएका छन् ।
सखुवा परसौनीका किसान विजय साह कानू, सुलेमान मियाँ, लक्ष्मी साह सोनार, करिमन महतोले अलौ गाउँबाट १५ बोरा रासायनिक मल किनेर ल्याइरहेको अवस्थामा श्रीसिया प्रहरी चौकीका प्रसनि शम्भु मिश्रले पक्राउ गरी जिप्रका, पर्सामा पठाएका थिए ।
प्रहरीको मिलोमतोमा भारतबाट मल खरिद गरी अलौंमा भण्डारण गरिएको र सोही मलखाद किसानहरूले किनेर ल्याउँदा प्रहरीले पक्राउ गरी अनावश्यक दुःख दिएको किसानहरूको भनाइ छ । निमुखा किसानहरूलाई समात्ने तर मल खाद तस्करलाई छाडने गरेको कौवा वनकटैयाका वडाध्यक्ष महम्मद सलिम मियाँले आरोप लगाए ।