प्रस, परवानीपुर, १२ मङ्सिर/
चुनावलाई भयरहित बनाउन तथा आपराधिक घटना हुन नदिन सुरक्षा निकाय गम्भीर देखिएको छ । यसै क्रममा विभिन्न जिल्लाबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता तथा भूमिगत समूहका मानिसलाई पक्राउ गर्न थालेको छ ।
पर्सा प्रहरीले पूर्व सभासद् इस्लाम हवारी, बिगा साह र अकलु यादवलाई पक्राउ गरेको छ । तर अकलु माओवादी केन्द्रसँग संलग्न कार्यकर्ता हुन् भनेर परिवारजनले ध्यानाकर्षण गराएका छन् ।
पर्सा प्रहरीले आजै नेकपाका कार्यकर्ता नभएका अर्का एकजनालाई पक्राउ गरेको छ । वैद्य समूहका नेता वीरगंज–२१ पटेलनगरका छोटेलाल कुर्मीलाई आज साँझ परवानीपुर बजारबाट पक्राउ गरेको परिवारजनले जनाएका छन् । छोरीको दोङाको लागि बजारमा सामान किनिरहेको अवस्थमा उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको परिवारजनले बताए । उनी नेकपामा संलग्न नरहेकाले अविलम्ब रिहा गर्न माग गरिएको छ ।
पर्सा प्रहरीका प्रवक्ता प्रकाश सापकोटाले भने आपूm बाहिर रहेकोले को–को पक्राउ परेको हुन् बुझेर जानकारी गराउने प्रतिक्रिया दिएका छन् ।