$type=ticker$count=12$cols=4$cate=0

के हो पूँजीवादको विशेषता ?

SHARE:

विश्वराज अधिकारी
    पूर्व वा दक्षिण एसियामा पूँजीवादको प्रचार गतल किसिमले भयो । त्यस्तो हुनु स्वाभाविक थियो पनि, किनभने सन् १९६० देखि १९८० सम्म एसियाका दुई ठूला राष्ट्र चीन र भारत दुवै पूँजीवादका विरोधी थिए । माओ त्सेतुड्ढो नेतृत्वमा सन् १९६६ देखि १९७६ सम्म चलेको सांस्कृतिक क्रान्तिले त धनी व्यवसायी वा पूँजीपतिहरूको सफाया अभियान नै चलाएको थियो । उता रूसले पनि भित्रीरूपमा कट्टरताका साथ साम्यवादको अभ्यास नगरे तापनि बाहिरीरूपमा भने पूँजीवादको घोर विरोध गर्न छाडेको थिएन । त्यसताका विकासको पथमा दौडिन खोजिरहेको एसियाको एक शक्तिसाली मुलुक जापानले पूँजीवादको प्रयोग दोस्रो विश्वयुद्धताका तहसनहस भएको आप्mनो अर्थ व्यवस्थाको सुधार गर्न गरे तापनि जापानले आप्mना वस्तुहरू एसियामा निर्यात गर्न मात्र ध्यान केन्द्रित गरेको थियो, एसियामा पूँजीवादको प्रचार गर्न उसले पटक्कै ध्यान दिएको थिएन । यी विभिन्न कारणहरूले गर्दा एसियाका मुलुकहरूमा पूँजीवादको सकारात्मक प्रभाव पर्न सकेन । पूँजीवादको सकारात्मक प्रभाव पर्न नसकेको हुनाले जापानबाहेक एसियाका अन्य राष्ट्रहरू त्यसताका धनी हुन सकेनन् । पूँजीवादको प्रयोग गरेर एसियाका सरकारहरूले मुलुक र जनतालाई धनी पार्ने अवसर गुमाए । अहिले, यो पछिल्लो समयमा (सन् १९९० पछि) भने पूँजीवाद प्रयोग गरेर भारत र चीनले आर्थिक प्रगति हासिल गरिरहेका त छन् नै, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम आदिले पनि आर्थिक प्रगति गरिरहेका छन् । कतार, सिंगापुर पूँजीवादको प्रयोग गर्नमा झन् अगाडि नै छन् ।
    पूँजीवादप्रति नेपालको धारणा सकारात्मक हुन सकेको छैन । पूँजीवादलाई अहिले पनि हामी त्यस बेलाको कम्युनिस्ट चीनले दिएको नजरले हेर्छौ। नेपालका कम्युनिस्टहरूले त पूँजीवादलाई सांस्कृतिक क्रान्तिताकाको चीनले हर्ने दृष्टिकोणले हेर्छन् । अचम्म त के छ भने चीनले, जहाँ साम्यवादको कठोरताका साथ पालना भएको थियो, कम्युनिस्ट अर्थ व्यवस्थाको पूर्ण परित्याग गरि सके तापनि नेपालका कम्युनिस्टहरू अहिले पनि आप्mना घर, कोठाहरूमा माक्र्स, एंगेल्स, लेनिन, माओको तस्वीर झुन्डाएर कट्टर कम्युनिस्ट भएको प्रदर्शन गरिरहेका छन् । नेपालका कम्युनिस्टहरू ‘केन्द्रित’ वा ‘कम्युनिस्ट अर्थ व्यवस्था’ बाट देशको आर्थिक विकास हुन्छ भन्ने विश्वास पालेर बसिरहेका छन् ।
    पूँजीवादले केवल पूँजीपतिहरूको पक्षपोषण गर्छ, गरिबहरूको चरम शोषण गर्छ, देशमा आर्थिक असमानता बढाउँछ, गरिबहरूको सङ्ख्यामा वृद्धि गराउँछ जस्ता कुराहरू केवल भ्रम हुन् जुन कुनै समयमा कम्युनिस्ट नेताहरू आपूm शक्तिशाली हुन छरेका थिए ।
    पूँजीवादले देशको आर्थिक अवस्थामा सुधार ल्याउँछ । देश र जनता दुवैलाई धनी तुल्याउँछ । यस तथ्यको व्यावहारिक परिचय अमेरिकाले सयौंं वर्ष पहिले दिइसकेको थियो भने भारत, चीन आदि अहिले प्रयोग गर्दैछन् ।
    यी निम्न कार्यहरू (जसलाई पूँजीवादका विशेषता भन्ने गरिन्छ)  गरेर पूँजीवादले देश र जनतालाई धनी बनाउने गर्दछ ।
वस्तु वा सेवाको मूल्य कम पार्न प्रतिस्पर्धा
    पूँजीवादमा सरकारले बजारमा नाम मात्रको हस्तक्षेप गर्ने हुनाले उत्पादक एवं आपूर्तिकर्ताहरू आप्mना वस्तु एवं सेवाको मूल्य निर्धारण गर्न स्वतन्त्र हुन्छन् । आपूर्तिकर्ताबीच वस्तु एवं सेवाको मूल्य कम पारेर ग्राहकलाई आपूmतिर आकर्षित गर्न तीव्र प्रतिस्पर्धा हुन्छ । त्यस किसिमको तीव्र प्रतिस्पर्ध हुने भएकोले आपूर्तिकर्ताहरू जहिले पनि आपूmले बिक्री गर्ने वस्तुको मूल्य कम पार्ने उपायको खोजीमा रहन्छन् । नयाँनयाँ तरिका वा प्रविधिको विकास एवं अन्वेषण गरेर उत्पादन र बिक्री लागत कम पार्न आपूर्तिकर्ता सफल पनि हुन्छन् । अर्कोतिर आपूर्तिकर्ताबीच वस्तुको मूल्य कम पार्न प्रतिस्पर्धा हुने भएकोले उपभोक्ताहरूले सस्तोमा वस्तु एवं सेवा खरिद गर्न पाउँछन् ।
वस्तुको गुण सुधार गर्न प्रतिस्पर्धा         वस्तु र सेवा बिक्री गर्न आपूर्तिकताबीच तीव्र प्रतिस्पर्धा हुन्छ, जुन माथि नै उल्लेख गरिसकियो । साथै वस्तुको गुणस्तर सुधार गर्न पनि तीव्र प्रतिस्पर्धा हुन्छ । वस्तु वा सेवा स्तरीय नभएमा वा आप्mनो वस्तु प्रतिस्पर्धीको वस्तुभन्दा उच्च गुणस्तरको नभएमा बिक्री गर्न नसकिने तथ्य आपूर्तिकर्तालाई राम्ररी थाहा हुने भएकोले उनीहरू वस्तु एवं सेवाको गुणमा नियमित सुधार गर्न बाध्य हुन्छन् । गुणस्तर सुधार गर्ने क्रममा वस्तु एवं सेवामा नयाँनयाँ विशेषता थप गर्छन् । उदाहरणको लागि पहिले सामान्य किसिमको फोन (मोबाइल) थियो तर अहिले त्यसमा नयाँ विषेशता थपेर स्मार्ट फोन बनाइएको छ । यसरी पूँजीवादमा वस्तु एवं सेवाको गुणस्तर सुधार गर्ने कार्य नियमित चलिरहन्छ ।
नया वस्तु वा सेवाको विकास गर्नमा प्रतिस्पर्धा
    नयाँनयाँ वस्तु एवं सेवाको विकास गरेर तिनलाई (प्रारम्भमा वा प्रतिस्पर्धीहरूले त्यस किसिमका वस्तु वा सेवा बजारमा नल्याएसम्म) आपूmले चाहेको मूल्यमा बिक्री गरेर बढी मुनाफा हात पार्न (एचष्अभ कपष्mmष्लन) सकिने हुनाले उत्पादकहरू नयाँनयाँ किसिमका वस्तु विकास गर्न उत्प्रेरित हुन्छन् । अर्कोतिर सरकारले ‘बौद्धिक सम्पत्ति’
(क्ष्लतभििभअतगब िउचयउभचतथ), ‘व्यापार चिह्न’ (त्चबमझबचप), कपीराइट आदिको संरक्षण बलियो गरी उत्पादकको पक्षमा गरिदिने भएकोले र नयाँ वस्तुको विकास गर्न गरेको लगानी लामो समयसम्म असुल उपर हुने देखिएकोले उत्पादकहरू नयाँ किसिमका वस्तुहरूको विकास गर्न हरदम तयार रहन्छन् । यो कारणले गर्दा नै अमेरिका, जापान, जर्मनी, ग्रेट ब्रिटेन जस्ता पूँजीवादी देशमाहरूमा नयाँनयाँ वस्तुहरूको आविष्कार भएको हो । नेपाल, भारत, पाकिस्तानजस्ता मुलुकमा कानुनको पालना निष्पक्ष र कठोरताका साथ हुन नसक्दा, नयाँनयाँ वस्तु एवं सेवाको विकास हुन नसकेको हो ।
उत्पादक एवं आपूर्तिकर्ताहरू बीच प्रतिस्पर्धा
    पूँजीवादमा बजारमा उत्पादक एवं आपूर्तिकर्ताबीच तीव्र प्रतिस्पर्धा हुन्छ । यो तीव्र प्रतिस्पर्धामा टिक्न उनीहरूले मूल्य कम पार्ने नयाँनयाँ उपायको खोजी गरेर मात्र पुग्दैन, उपभोक्तालाई कसरी नयाँनयाँ सुविधा दिन सकिन्छ त्यसबारे पनि निरन्तर सोच्नुपर्ने हुन्छ । बजारमा ‘एकाधिकार’ ‘द्वयाधिकार’ वा अल्पाधिकारको स्थिति नहुने र भए तापनि लामो समयसम्म टिक्न नसक्ने भएकोले बजारमा जहिले पनि उत्पादक र आपूर्तिकर्ताबीच तीव्र प्रतिस्पर्धा हुन्छ र यसको फाइदा उपयोक्ताहरूलाई पुग्छ किनभने तीव्र प्रतिस्पर्धाले मूल्य कम पार्नु पर्ने वातावरणको सृजना गर्छ ।
सरकारद्वारा उपभोक्ताहरूको हितको संरक्षण
    पूँजीवादमा आपूर्तिकर्ता आपूmखुशी मूल्य निर्धारण गर्न स्वतन्त्र रहेको तथ्य सरकारलाई राम्ररी थाहा हुने भएकोले उपभोक्ता हित संरक्षण गर्न सरकार जहिले पनि जागरुक रहन्छ । सरकारले उपभोक्ता हित संरक्षण गर्न विभिन्न किसिमका नियमहरू पनि निर्माण गर्छ । वस्तु उपभोग गर्दा कुनै उपभोक्ताले
(उत्पादकको लापरवाहीका कारण) क्षति बेहोर्नुपरेमा त्यसको क्षतिपूर्ति बिक्रेताले गर्नुपर्ने, वस्तु मन नपरेमा क्रेताले फिर्ता गर्न पाउने, वस्तुबारे उत्पादकले आवश्यक सम्पूर्ण जानकारी दिनुपर्नेजस्ता नियम सरकारले बनाएको हुन्छ । साथै सरकारले ‘उपभोक्ता हित मञ्च’, ‘उपभोक्ता अधिकार संरक्षण’ जस्ता संस्थाहरू सर्व साधारणलाई खोल्न दिएको हुन्छ ।
सरकारद्वारा व्यापारीहरूको हितको संरक्षण
    पूँजीवादमा सरकारले व्यापारीहरूको हितमा पनि उत्तिकै ध्यान दिएको हुन्छ । देशको आर्थिक अवस्थामा सुधार ल्याउन व्यापारीहरूले अहम् भूमिका खेल्न सक्ने तथ्य सरकारलालई राम्ररी थाहा हुन्छ । व्यापारीहरू बढी धनी भएमा उनीहरूले बढी कर भुक्तान गर्छन् र सो कर रकम देशको विकासमा खर्च गर्न सकिने हुनाले सरकारले व्यापारीहरूलाई बढी धन
(मुनाफा) आर्जन गर्न उत्प्रेरित गर्छ । यस उद्देश्यका लागि सरकारले व्पापारीहरूलाई कर छुट (करको दर कम) गरिदिने कार्य पनि गर्छ । देशवासी धनी भए मात्र देश पनि धनी हुने तथ्यमा पूँजीवादले बलियो विश्वास गर्ने हुनाले पूँजीवादी सरकारहरू उद्यमीहरूलाई सहयोग गर्न हरपल तयार रहन्छन् ।
    देशलाई धनी बनाउने काम उद्यमीहरूको हो । धन कसरी आर्जन गर्ने भन्ने कुरा उद्यमीहरूलाई थाहा हुन्छ । कमिलाले केवल परिश्रम मात्र गर्न जानेको हुन्छ मह बनाउन जान्दैन र जान्न पनि सक्तैन । मह बनाउने कार्य केवल मौरीलाई थाहा हुन्छ । अर्थात् मह (धन) बनाउने कार्य केवल मौरी (उद्यमी, व्यापारी) लाई मात्र थाहा हुने हुनाले मौरीहरूलाई प्रशस्त मह बनाउने अवसर दिनुपर्दछ । तर मौरीले थुपारेको मह न्यायिक विधिद्वारा कमिलाहरूसम्म पनि पु¥याउन सक्नुपर्छ । यी तथ्य पूँजीवादका जगका इँट हुन् । यस्तै इँटहरूद्वारा निर्माण भएको जगमा लोक कल्याणकारी पूँजीवाद उभिएको हुन्छ ।
    नेपालमा भइरहेको चुनावले नयाँ नेतृत्व ल्याउने स्थिति सृजना भएको छ । नेपालमा एकातिर गरिबी र अर्कोतिर गरिबहरू कम्युनिस्ट व्यवस्थातिर आकर्षित हुने स्थिति छ । यस किसमको विशिष्ट परिस्थितिमा कम्युनिस्टहरूले चुनावी गठबन्धन गर्ने रणनीति तयार पारेका छन् । यस्तो राजनैतिक स्थितिले चुनावमा कम्युनिस्टहरूको राम्रो विजय हुने वातावरण तयार पारिदिएको छ । त्यसकारण कम्युनिस्ट नेताहरूले पूँजीवादको महŒव बुझ्न जरुरी छ । उनीहरूले पूँजीवादको महŒव राम्ररी बुझेमा पूँजीवादको प्रयोग देश र जनताको हितमा गर्न सक्छन् । देश र जनता दुवै धनी हुने वातावरण सृजना गर्न सक्छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : के हो पूँजीवादको विशेषता ?
के हो पूँजीवादको विशेषता ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiJT-UIqpp6UwXrU5NQz84LZzsFsOgdbZMT9c5t60wg1XAIgJwa5NUF4l1axGQ8Wj1aFBzOdLoj-oo3U7iE6qr_1iI4nxGiBhzHKQmpQePCLqbkcWrxX9BeXaAuPzQR3hkaK6humBWgwGm5/s200/bishwaraj+adhikari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiJT-UIqpp6UwXrU5NQz84LZzsFsOgdbZMT9c5t60wg1XAIgJwa5NUF4l1axGQ8Wj1aFBzOdLoj-oo3U7iE6qr_1iI4nxGiBhzHKQmpQePCLqbkcWrxX9BeXaAuPzQR3hkaK6humBWgwGm5/s72-c/bishwaraj+adhikari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/11/blog-post_211.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/11/blog-post_211.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy