प्रस, परवानीपुर, १४ मङ्सिर/
पर्सा क्षेत्र नं १ अन्तर्गत त्रिभवन राजमार्ग वषैभरि खाल्डाखुल्डी र धुलाम्मे हुनुको कारण सोध्न अग्रसर भएका छन् पर्सेली मतदाता । वीरगंज–परवानीपुर–पथलैया सडकखण्ड नेपालकै लाइफलाइनको रूपमा लिइन्छ ।
भारतबाट सबैभन्दा छोटो दूरीवीरगंज भएर नेपाल भित्रिने सबै सवारी साधन तथा यात्रु यही सडक भएर पहाड चढ्छन् ।
तर पर्सा–बाराका नेताहरूको उदासीनताले राजमार्गको यो हविगत हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । परवानीपुरका सञ्जय महतो कोइरी नेताहरूसँग प्रश्न गर्छन्–नेताजी १ आप्mनो जिल्लामा चिल्लो र सफा सडक बनाउने जिम्मेवारी कसको ? वीरगंज उपमहानगरपालिका हुँदा १९ वडा मात्रै थियो । आज महानगर भएर ३२ वडा भएको छ । वीरगंजदेखि राजमार्गपश्चिम सिमरासम्म एक नं क्षेत्र पर्छ भने बाराको क्षेत्र नं ४ यो राजमार्गको पूर्व अवस्थित छ । यहाका नेताहरू सडक र विकास भन्छन् तर मुख्य नाका राजमार्गको यो अवस्था छ, उनी आक्रोश व्यक्त गर्छन् ।
वीरगंज भन्सार भएर नेपाल प्रवेश गर्दा लाग्छ कुनै ‘धूलोपुर’मा प्रवेश गरिंदै छ । रजतजयन्ती चोक, वीरगंज बसपार्क, बह्मचोक, प्रतिमा चोक, गण्डक, परवानीपुर, हिमाल आयरन, छातापिपरतलगायत ठाउँमा यस्तो सडक बिग्रेको छ कि हरेक महिना कतिको ज्यान गइरहेको छ र धूलोले कतिजना फोक्सो सम्बन्धी रोगबाट ग्रसित बन्दै गएका छन् भन्न गा¥हो छ । जिल्ला र शहरको नाक सडक हो, बाहिरबाट आउने मान्छे शहरको सडक कस्तो छ, त्यसबाट शहरलाई चिन्छन् –उनले भने । सडकको काम यातायात विभागले हेर्ने हो तर यहाँका नेता जवाफदेह नभएका र आपूmले प्रयोग गर्ने मुख्य बाटोको उपेक्षा गर्ने गरेकाले यस्तो दुर्गति भएको गण्डक बहुअरीका साहेब मियाँ गुनासो गर्छन् । आगामी निर्वाचनको दौरान कोही पनि नेताले त्रिभुवन राजमार्गबारे ठोस धारणा सार्वजनिक गर्न नसकेको क्षेत्र नं १ का मतदाता बताउँछन् । उनीहरू भोट लिएर जाने तर देशकै मुख्य सडकबारे मौन रहने गरेका छन् । वीरगंजमा सञ्चालित एडिबी परियोजना र वीरगंज–पथलैया सडकखण्डको काममा पनि नेताहरू चुप लागेर नगरवासीको पीडा हेर्ने काम मात्र गरेको उनीहरूले आरोप लगाएका छन् ।