ई. गोपाल श्रेष्ठ
नगर प्रमुख र नगरवासीको पारस्परिक सम्बन्ध हुन्छ । नगरवासी नै भएन भने नगर प्रमुख हुने कुरा नै भएन । सानो नगरको प्रमुखको दायित्व ठूलो नगरको प्रमुखको तुलनामा सानो नै हुन्छ भने ठूलो नगरको प्रमुखको दायित्व सानो नगरको प्रमुखको तुलनामा ठूलो हुन्छ । हाम्रो वीरगंज नगर ठूलो अर्थात् महानगर भएकोले हाम्रो नगर प्रमुखको दायित्व पनि स्वाभाविकरूपले ठूलो अर्थात् विशाल छ । गत २० वर्षसम्म स्थानीय चुनाव हुन नपाएर हामीले नगर प्रमुखको सेवा पाउन सकेनौं । त्यसकारण पनि हामीले बल्लतल्ल पाएको नगर प्रमुखलाई हर्षोल्लासका साथ स्वागत गर्नु नै पर्छ ।
हाम्रो महानगरमा समस्या र चुनौतीहरू चाड्ढो चाङ छ अर्थात् नगर प्रमुखलाई मात्र उक्त समस्या समाधान गर्न दिइयो भने उनीमाथि हामी महानगरवासीले अन्याय गरेको ठहर्छ । महानगरवासी धेरै, महानगर प्रमुख एक्लो भएको हुँदा धेरै समस्या त हामीले नै समाधान गर्न सहयोग गर्नुपर्छ । हाम्रो महानगरको ठूलो समस्या भनेको अनियन्त्रित जनसङ्ख्या हो । जनसङ्ख्या नियन्त्रणमा हामीले हाम्रो प्रमुखलाई सहयोग ग¥र्यौ भने त्यो उदार सहयोग हुन जानेछ । जनसङ्ख्या अनियन्त्रित हुँदा शिक्षा, स्वास्थ्य तथा आय–आर्जनमा धक्का पुग्न जान्छ । परिणाम, जनताको जीवनस्तर दयनीय हुन्छ । अनियन्त्रित जनसङ्ख्यालाई नियन्त्रणमा ल्याउन बालविवाहलाई पूर्णतया रोक्नुपर्छ भने बालिका/महिला शिक्षालाई प्रोत्साहन दिनुपर्छ ।
हाम्रो नगर वर्षायामबाट सधैं त्रसित छ — सानो ठूलो बाढीले प्रत्येक साल हामीलाई दुःख दिन्छ । बाढी आउनुको कारण चुरे क्षेत्रको दोहन पनि भनिन्छ । चुरे व्यवस्थापनमा हामी सबैले साथ दिनुपर्छ । नगर भित्र जहाँ नाला छैन — त्यहाँ नाला नभएर वर्षामा नगर जलमग्न हुन्छ भने जहाँ नाला छ, त्यहाँ पनि हामीले घरायसी फोहर डम्प गरी नाला जाम गरेका हुन्छौं । यस्तो कुकर्म हामीले आगामी दिनमा गरेनौं भने र यस्ता विषयमा जनचेतनाको स्तर वृद्धि गर्न सक्यौं भने पनि हामीले हाम्रो नगर प्रमुखलाई सहयोग गरेको मानिने छ । नगर सफा राख्नु हामी सबैको कर्तव्य हो । सबै नगरवासीले फोहर नै गरिदिएनन् भने त नगर स्वतः सफा भइहाल्छ । जहींतहीं मल–मूत्र त्याग गर्नु, प्याच्च थुक्नु, सडकमा जे पनि (चाउचाउको खोल, बिस्कुटको खोल, खैनी, गुटखाको खोल, प्लास्टिकका झोला) प्mयाँक्नु अहिले हाम्रो संस्कार नै बनिसकेको छ । यस्तो गलत संस्कार त्याग्नु पनि हामीले हाम्रो नगर प्रमुखलाई सहयोग गर्नु हो ।
हाम्रो नगरमा पूजापाठ–रुद्री तथा भजन–कीर्तन गर्ने क्रममा, विवाह तथा अन्य महोत्सव गर्ने क्रममा कुनै समयमा चौबीसै घण्टा त कतिपय दिनमा बिहान देखि नै माइक प्रयोग गरी हल्लाखल्ला गर्ने संस्कार छ । त्यस्तै युवा पुस्ताले पनि घरमा समाजलाई असर गर्ने गरी बुफरमार्फत् विभिन्न गीत–सङ्गीत बजाएर ध्वनि प्रदूषण गरिरहेका हुन्छन् । एउटा घर तथा टोलको हल्लाले अर्को घर तथा टोललाई के कस्तो असर गर्छ कसैलाई मतलब छैन । सभ्य नगरको सभ्य संस्कार त यो हुँदै होइन । यी र यस्तै सानातिना कुराहरूमा हामीले सुधार गरी आपूm, आप्mनो घर र आप्mनो समाजलाई सभ्य बनाउन सक्यौं भने पनि हामीले हाम्रो नगर प्रमुखलाई सहयोग गरेको मान्न सकिन्छ ।
सभ्य, सौम्य र सुन्दर नगरमा खाल्टा–खुल्टीविहीन चिल्लो सडक हुन्छ, सानो भए पनि सफा र चिटिक्क परेको घर हुन्छ, बालउद्यान, उद्यान, पुस्तकालय, स्तरीय, विद्यालय/महा–विद्यालय/ विश्वविद्यालय हुन्छ, स्तरीय अस्पताल, जहींतहीं शौचालयको व्यवस्था आदि हुन्छ । यी सबै सभ्य तथा सुन्दर नगरका गहना हुन् । नगर क्षेत्रभित्र कहीं नदी छ भने त झन् नगरको शोभा बढनेगरी नदीको स्याहार तथा संरक्षण गरिएको हुन्छ । नगरवासीले गर्न सक्ने सानातिना काम नगरवासी स्वयंले गरी दिए नगरवासीको क्षमताले नभ्याउने बृहत् काम तथा योजना/परियोजनामा नगर प्रमुखको ध्यान दृष्टि पुग्न जानेछ र छोटो समयावधिमा नै नगर प्रमुख र नगरवासीको परस्पर सहयोगले नगरको मुहार फेरिन्छ । नगरको गौरव भनेको नगरवासीको सुसंस्कृत व्यवहार पनि हो । चोर, जाली–फटाहाहरू हावी भएको नगर कहिल्यै पनि माथि उठन सक्दैन । हामी हाम्रो महानगरलाई नगर प्रमुखको नेतृत्वमा, सबै नगरवासीको सौहार्दपूर्ण सहयोग र सहभागितामा, सभ्य, सबल र सुन्दर महानगर बनाऔं र आप्mनो नगरप्रति स्वगौरव महसुस गर्ने वातावरण निर्माण गरौं ।