प्रस, वीरगंज, ७ कात्तिक/
घडिअर्वा स्पोर्ट्स क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिलासहित १०३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक नितेश साहले बताए ।
छठपूजाको अवसरमा प्रत्येक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको घडिअर्वा स्पोटर््स क्लबले यस वर्ष पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको छ । आज भएको रक्तदान कार्यक्रमको वीरगंज महानगरका मेयर विजय सरावगीले उद्घाटन गरेका थिए । कार्यक्रमका अध्यक्ष लखनलाल गुप्ताले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा खुशी श्रेष्ठ मरहठ्ठा, ज्योति गिरी, पूनम गुरुङ, सञ्जुकुमारी साह र मधुमाया यादव गरी ५ महिलाले रक्तदान गरेका थिए ।
यसैगरी सुशील वर्णवाल, सुभाष गुप्ता, आशु सर्राफ, सन्तोष मरहठ्ठा, मनोज कानू, नितेश पाण्डे, प्रभाकर गुप्ता, विवेक श्रीवास्तव, अमित गुप्ता, प्र्रकाश कुमारलगायत कुल १०३ जनाले रक्तदान गरेको प्राविधिक साहले बताए ।
रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका जीतेन्द्र महतो, सत्येन्द्र साह, दुर्गा चौधरी, अशोक साह, र ऋषभ अधिकारीले प्राविधिक सहयोग पु¥याएका थिए ।