प्रस, वीरगंज, ६ कार्तिक/
पर्सा जिल्लाको नामाङ्करण भएको ऐतिहासिक मन्दिर पारसनाथको संरक्षणमा गाउँपालिका अध्यक्ष प्रदीप जैसवालले चासो देखाएका छन् । सखुवापरसौनी– ५ महुवनमा पर्ने करिब ३ सय वर्ष पुरानो मन्दिरको संरक्षणमा नवनिर्वाचित गाउँपालिका अध्यक्ष जैसवाल तथा अन्य पदाधिकारीसहित गाउँले जुटेका छन् । छठपूजाको अवसर पारी गाउँपालिका अध्यक्षले ऐतिहासिक मन्दिर र मठको सार्वजनिक पोखरीको डिल अतिक्रमण गरी निर्माण गरिएको जग्गा खाली गराउने अभियान चलाएका छन् ।
दुई सातादेखि उनले गाउँमैं भद्रभलादमीहरूलाई बसाएर पारसनाथ मठको अतिक्रमण खाली गराउने सहमति जुटाएका थिए । त्यसपछि स्काभेटर लगाएर करिब दुई दर्जन पक्की, खपडा र फुसको घर भत्काएको अध्यक्ष जयसवालले जानकारी गराए । मन्दिरलाई पर्साकै नमुना पर्यटकीय स्थलको रूपमा संरक्षण, प्रवद्र्धन र विकास गर्ने योजना रहेको उनले प्रतीकलाई बताएका छन् ।
दुई दशकदेखि जनप्रतिनिधिको अभावमा मन्दिरको भवन, जग्गा र सम्पत्ति हिनामिना भएको छ । अतिक्रमण हटाउने, अनियमितताको खोजी गर्ने र ऐतिहासिक पारसनाथको मन्दिर हेर्न लायकको बनाउने उनले दाबी गरेका छन् । पारसनाथ मन्दिरबाटै पर्सा जिल्लाको नामाङ्करण भएको पत्रकार चन्द्रकिशोर बताउँछन् ।
कर्मचारी मिलन केन्द्र पर्साले प्रकाशित गरेको पारस स्मारिकामा पत्रकार चन्द्र किशोरले पारसनाथको मन्दिर र त्यसको इतिहासबारे विस्तृत चर्चा गरेका छन् । शुरुमा मन्दिरको नाममा २२ सय बिघा जग्गा थियो, आज गुठी संस्थानले देखरेख गरिरहेको करिब साढे १७ सय बिघा मात्र रहेको सुनिन्छ । मन्दिरको सयौं बिघा जग्गा अतिक्रमणमा परेको छ । मन्दिरका पुजारी गिरी परिवारसँग मन्दिरको ताम्रपत्र पनि छ, त्यसको पनि गाउँपालिका अध्यक्षले खोजी गरी मन्दिर संरक्षणमा लाग्नुपर्ने जानकारहरूको सुझाव छ ।