प्रस, वीरगंज, १३ कात्तिक/
पर्सा जिल्लाका स्वास्थ्य संस्थाहरूमा अहिले औषधि अभाव हुन थालेको समाचार प्राप्त भएको छ ।
गत आर्थिक वर्षमा नेपाल सरकारले पठाएको औषधि अहिलेसम्म वितरण हुँदै आएको स्वास्थ्य संस्थाहरूले जनाएका छन् ।
स्वास्थय चौकी बेल्वामा अहिले जुका, एसिलक तथा डाइजिन औषधि बाहेक अन्य औषधि नरहेको स्वास्थ्य चौकी प्रमुख अहमद रेजा अंसारीले बताए । दैनिक २०/२५ जना बिरामी स्वास्थय परीक्षणका लाीि आउने सो चौकीमा अहिले मुश्किलले २/३ जना आउने गरेको उनले बताए ।
नेपाल सरकारले गत आर्थिक वर्षसम्म ३९ किसिमका औषधि स्वास्थ्य चौकीमार्फत् वितरण गर्दै आएकोमा अहिले स्थानीय तह गठन भएपछि सबै अधिकार स्थानीय तहलाई दिएको, औषधि खरिद गर्ने रकमसमेत गाउँपालिकाको खातामा पठाएको कारण औषधि अभाव भएको बताए । अब सम्बन्धित गाउँपालिकाले नै औषधि खरिद गर्नुपर्ने भएकोले यस्तो समस्या आएको चौकी इन्चार्ज अंसारीले बताए । गाउँका सबै बिरामी अहिले निजी क्लिनिकमा जाने गरेको अंसारीले बताए ।
आइरन चक्की सकिएको एक वर्ष हुन लागेको उनले बताए । यस बिषयमा जनप्रतिनिधिहरूलाई औषधि खरिद गर्न ताकेता गरे पनि केही नभएको अंसारीको भनाइ छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयबाट झिकेर सबै अधिकार स्थानीय तहमा दिएको कारण यस विषयमा केही भन्न नसक्ने निमित्त प्रमुख सच्चिदानन्द सिंहले बताए ।