– समीर पाख्रिन
गताङ्ककको बाँकी
महिला २ ः डाक्टर सॉप, दाँत झिक्नुभएको होइन ?
डा. पाण्डे ः हो, मैले कीरा सर्न नपाओस् भनेर नजिकैको दाँत उखेलिदिएको छु । त्यो कीराले खाएको दाँत केही दिनमा आपैंm झर्छ । आज दिनभरि तातो चीज खान नदिनुहोला ।
बिरामी ः डाक्टर सॉप पहिलेभन्दा पनि धेरै दुख्न थाल्यो । यसो ‘पेन किलर’ छ भने दिनुहोस् न ।
डा. पाण्डे ः यसो गर्नाेस् । यो गल्लीमा अलिक अगाडि एउटा भट्टीपसल छ । त्यहाँ कोदोको राम्रो रक्सी पाउँछ । एक/दुई गिलास स्वाट्ट पारेर घरतिर जानोस् । दुखेको आपैंm हराउँछ । (बिरामी र बिरामीकी पत्नी क्लिनिकबाट प्रस्थान गर्छन्) हुनत मादक पदार्थ सेवन गर्न कसैलाई उत्साहित नगर्नु भन्छन् । के गर्ने उपाय केही नभएपछि । (डा. पाण्डेले पतिपत्नी गएपछि राहत महसुस गर्छ) मटेङ्ग्रे शल्यक्रिया असफल भएको कुरा एकदमै गोप्य है । कसैले थाहा नपाओस् बुझिस् ? फेरि वरिष्ठ डा. पाण्डेको ‘गुडविल’ खत्तम हुन्छ । बरु जा दुई गिलास चिया लिएर आइज् । तर अघिको जस्तो बेपत्ता हुने होइन नि । (मटेङ्ग्रेको प्रस्थान) जेहोस् आज कमाइ राम्रै होला जस्तो छ । (यत्तिकैमा एकजना नेता जस्तो देखिने मानिसको प्रवेश । हतारहतार उठेर हात जोड्दै) नमस्ते नेताजी, आउनोस् । (कुर्सी दिंदै)
नेताजी ः (सटर कोठामा सरसर्ती नियालेपछि) केटोलाई चिसोसिसो लिन पठाउनुभएको हो कि कसो ? डाक्टर सॉप, तपाईंको क्लिनिक त जस्ताको त्यस्तै रहेछ । यतिन्जेल त रिसर्च सेन्टर बनी सक्नुपर्ने होइन र ? (बस्दै)
डा. पाण्डे ः खोई नेताजीहरूको निगाह भएन त । के गर्ने ? बरु नेताजी चाहिं टन्न मोटाउनुभएछ । भँुडी पनि गजबले हाल्नुभएछ ।
नेताजी ः (गर्वसाथ भुँडी मुसार्दै) भुँडी नहाले त कसैले नेता भनेर पत्याउँदै पत्याउँदैनन् नि डाक्टर सॉप । अँ म त प्रेसर चेक गर्न आएको । गाउँ आएदेखि टाउको पनि भारी लागिरहेको छ । फेरि गाउँमा त ‘एसी’ पनि छैन । हैट् १ यो मधेसको प्रचण्ड गर्मीमा मानिसहरू कसरी बाँचेका होलान् । (उँभो सिलिङतिर हेरेर) पङ्खा रहेछ त खोल्नुहोस् न ।
डा. पाण्डे ः पङ्खा मात्र भएर भएन नि नेताजी । करेन्ट पनि त हुनुप¥यो । खै हामीलाई यहाँ लोडसेडिङले कहिले छाड्दैन । नेताजीको रक्तचाप कसरी बढेछ त ? (नाप्न ठीक्क पर्दै)
नेताजी ः पार्टीले जिल्ला दौडाहामा जानुहोस् भनेर पठायो यहाँ आपूmलाई चाहिं कहिल्यै राजधानी फर्काैं भइसक्यो । गाउँलेहरूले चिन्दैनन्, नमस्तेसमेत गर्दैनन् । म तपाईंको उही प्राविको मास्टर रामगोपाल भन्दा पनि पत्याउँदैनन् । अनि टेन्सन भएन त ?
डा. पाण्डे ः (मुसुमुसु हाँस्दै) चिनोस् पनि कसरी । उनीहरूले भोट दिएर पठाएको रामगोपालजी लुखुरे–काले थियो । अहिले टन्न मोटाउनुभएको छ । रातो–पिरो, गोरो हुनुभएको छ त कसरी चिन्छन्, बिचरा गाउँलेहरूले । गाउँ उस्तै छ, गाउँलेहरू उस्तै छन् ।
नेताजी ः भो भो तपाईं मलाई फुर्काएको जस्तो गरी व्यङ्ग्य नहान्नुहोस् । म कुरा बुझ्दिनँ र ?
डा. पाण्डे ः अँ प्रेसर त बढेकै छ नेताजी ।
नेताजी ः किन नबढोस् । देशको अवस्था खराब छ । सङ्क्रमणकालले कहिल्यै छाड्दैन । अर्कातिर कार्यकर्ताहरूले रातारात पार्टी परिवर्तन गरेर हैरान पारेका छन् । यस्तो अवस्थामा प्रेसर नबढेर के सुगर बढ्छ त ?
डा. पाण्डे ः ए हे, त्यसैले पो हो कि । तर डराउनुपर्दैन । (यत्तिकैमा नेताको खल्तीको मोबाइल बज्छ)
नेताजी ः (झिकेर कुरा गर्दै) हेलो, नेता रामगोपाल मास्टर बोल्दैछु । के पत्रकार सम्मेलनमा आउनुप¥यो रे ? कसले आयोजन गरेछ पत्रकार सम्मेलन ? गाउँलेहरूले ? अहो, गाउँलेहरू पनि त्यति फरवार्ड भइसके ? ल ल म एउटा मिटिङमा छु सक्ने बित्तिकै आइहालें । अब यो पत्रकार सम्मेलनमा नजाउँ भने पनि रामगोपाल मास्टर डराएर आएन भन्ला । जाउँ भने पत्रकारहरूले प्रश्न गरेर पाइजामा नै गिलो बनाइदिन्छन् । ल त डा. पाण्डे म स्वास्थ्यमन्त्री भए भने म यो तपाईंको क्लिनिकलाई रिसर्च सेन्टरको लाइसेन्स दिलाइ दिउँला है । म गएँ । (नेताजीको प्रस्थान लगत्तै मटेङ्ग्रेले चिया लिएर आउँछ)
मटेङ्ग्रे ः डाक्टर सॉप, बिहानदेखि एउटै चियापत्ती उमालेको उमालेकै रहेछ । मैले हाम्रो डाक्टर सॉपको लागि ताजा पत्ती राखेर चिया बना भनेपछि बल्ल पुरानो चियापत्ती फालेर चिया बनायो । चिया पिउनोस् त । (चिया दिंदै)
डा. पाण्डे ः अहिले भने तैले क्रान्तिकारी काम गरेछस् । (चिया पिउँदै) अब सटर बन्द गरेर घरतिर लागौं केटो ।
मटेङ्ग्रे ः अनि आज त्यो खोलापारीको गुरुङ बूढाबूढीलाई बोलाउनुभएको होइन ?
डा. पाण्डे ः अहो हो त । फेरि नभेटेर त्यसै फर्कियो भने त मेरो गुडविल बिग्रन्छ । अरू एक घण्टा जति कुरौं न त ।
मटेङ्ग्रे ः डाक्टर सॉपले फी बढाउने भन्नु‘भा हो ?
डा. पाण्डे ः अनि के त । महँगी बढेर सगरमाथा टप्नै आँटिसक्यो । फी नबढाएर भयो ?
मटेङ्ग्रेः कुन्नि है, भरै सटर बन्द होला नि ।
डा. पाण्डे ः सटर किन बन्द हुन्छ ? मजस्तो मनोवैज्ञानिक ढङ्गबाट जाँच्ने डाक्टर यो बजारमा अरू को छ ? यहाँ वरिष्ठ डाक्टर पाण्डेको एकलौटी मार्केट छ बुझिस् ? (यत्ति नै बेला दुईजना महिला पुरुष क्लिनिकमा आइपुग्छन् । महिलाले हातमा पोलिथिनको झोला बोकेकी छे) ए, आइपुग्नु भो म त तपाईंहरूलाई नै पर्खेर बसिरहेको छु । आउनोस् बसौं ।
(गुरुङ लोग्नेस्वास्नी बस्छन् । गुरुङ बूढाले गुरुङनी बूढीलाई पोको झिकेर डाक्टरलाई दे भनेर सङ्केत गर्छ । गुरुङनीले झोलाबाट पातले बेरेको पोका डाक्टर सिण्डेलाई दिन्छे)
डा. पाण्डे ः (पोको समाउँदै) तपाईं गाउँलेहरूको यही बानी खराब छ । कोसेली लिएर हिंड्ने । (गुरुङ बूढाबूढीको नजर जुद्छ) ए मटेङ्ग्रे, ला यो भित्र लगेर राख् । अनि अहिले गुरुङजीलाई कस्तो छ ?
गुरुङ बूढा ः पेट फुल्न त कम भयो तर हावा गएको गएकै छ ।
डा. पाण्डे ः के को साइकलको ? मैले कुरा बुझिनँ नि ।
मटेङ्ग्रेः (हाँस्दै) कस्तो कुरा नबुझ्नु भॉको ? पङ्चर हुनुभएको छ रे के पङ्चर ।
डा. पाण्डे ः चुप लाग बिरामीको समस्यामा हाँस्ने हो ? मैले बुभेंm । त्यो औषधिको ‘साइड इफेक्ट’ हो । अर्काे औषधि खाएपछि ठीक हुन्छ ।
गुरुङ बूढा ः त्यसको चाहिं साइट इफेक्ट हुँदैन ?
डा. पाण्डे ः भएछ भने फेरि अर्काे औषधि खानुपर्छ । अँ मैले स्टूल लिएर आउनु भनेको थिएँ नि । खोई ल्याउनुभएन ?
गुरुङनी बूढी ः ल अघि पस्ने बित्तिकै बूढीले दिएको होइन र ? यो केटोले भित्र कता लगेर राखेको छ ।
डा. पाण्डे ः (एकाएक बसेको ठाउँबाट उठेर आत्तिएको भावभङ्गीमा) के स्टूलको पोको मेरो फ्रीजमा ? वाहियात बूढाबूढी । अघि नै स्टूल भन्नुपर्दैन ? मैले त कोसेली भनेर पो भित्र लगेर राख् भनेको थिएँ । एई मटेङ्ग्रे, तैले पनि त विचार गर्नुपर्छ नि ? जा जा तुरुन्त गएर खेतमा फालेर आइज् । छिः छिः मेरो फ्रीजको सबथोक अपवित्र पारिदियो । (डाक्टर पाण्डे रिसाएको देखेपछि गुरुङ बूढाबूढी पनि चाल मारेर क्लिनिकबाट निस्कन्छन्) हैन, स्टूल पनि कोसेली जस्तो एक पाथी ल्याउनुपर्छ ? मैले त गुरुङ बूढाले आज भने काम लाग्ने चीज ल्याइदिएछ भनी मख्ख परेको थिएँ । त्यसको बाजे एक पाथी दिसा पो बोकेर आएछ । छिः छिः बरु त्यति बेलै सटर लगाएर जानुपर्ने रहेछ । यो मटेङ्ग्रेको कुरामा लागेर बर्बादै पा¥यो नि । (पल्याकपुलुक हेर्दै) खोई त गुरुङ बूढाबूढी ? भागेछन् कि क्या हो ?
(यत्ति नै बेला प्रहरी हवलदारको लठी नचाउँदै प्रवेश)
हवलदार ः (चारै कुना नजर दौडाएपछि) यही हो, डा. पाण्डेको क्लिनिक ? खोई कहाँ छ त डाक्टर पाण्डे ? निकै आपूmलाई वरिष्ठ भन्ठान्छ रे ।
डा. पाण्डे ः किन हजुर ? मेरै नाम हो, वरिष्ठ डा. पाण्डे ।
हवलदार ः (शिरदेखि पाउसम्म नियालेपछि) आपैंm खान नपाएको रोगी जस्तो रहेछौ, डाक्टर अरे ? त्यो पनि वरिष्ठ अरे । हा हा हा (हाँस्छ)
डा. पाण्डे ः हवलदार सॉप चिसो मगाउँ ?
हवलदार ः चिसो ? चिसो मैले खाने होइन, अब तिमीले खाने भयौ । त्यो पनि जेलको सिमेन्टीको चिसो ।
डा. पाण्डे ः मैले कुरा बुझिनँ नि हवलदार सॉप ।
हवलदार ः डाक्टर पाण्डेले कीराले खाएको दाँत झिक्ने भनेर हजार रुपैयाँ फी लिएको तर बिरामीको सद्दे दाँत झिकी बिरामीलाई ठगेको भन्ने उजुरी परेको छ । के यो सत्य हो ?
डा. पाण्डे ः हो तर त्यो टेक्निकल मिस्टेक हो हवलदार सॉप । एसएलसी जाँचमा एकसट्ठी अङ्कलाई सो¥ह बनाएर फेल गरेको जस्तै हो ।
हवलदार ः चुप । वाहियात उदाहरण दिनुपर्दैन । खोई क्लिनिकको लाइसेन्स हेरौं त ।
डा. पाण्डे ः लाइसेन्स त गाडी मोटरको मात्र चाहिने होइन र हवलदार सॉप ?
हवलदार ः चुप् । एकदम चुप् । कसले भन्यो क्लिनिकको लाइसेन्स हुँदैन भनेर ? कि नक्कली डाक्टर हो ?
डा. पाण्डे ः होइन, होइन । कसले भन्यो नक्कली भनेर ?
हवलदार ः त्यसो भए लाइसेन्स कहाँ छ । हेरौं त ।
डा. पाण्डे ः (स्वयम्सित) अब भने परियो फन्दामा । अब के गर्ने होला ?
(खल्तीबाट पाँच सयको एउटा नोट झिकेर देखाउँदै) हवलदार सॉप यस्तो लाइसेन्स भए हुँदैन ?
हवलदार ः (राम्ररी नियालेर) खोई कस्तो बाघको फोटो भएको ? अहँ हुँदैन । हात्तीको फोटो भएको छैन ?
डा. पाण्डे ः यसैले काम चलाउनु न एकचोटिलाई ।
हवलदार ः (लठी बजार्दै) चुप्, धेरै बोल्ने होइन । हात्तीको फोटो भएको झिक् । नत्र चौकी हिंड् ।
डा. पाण्डे ः (मन नगरी नगरी खल्तीबाट हजार नोट झिकेर दिंदै) ल ल लिनोस् ।
हवलदार ः (थापेर खल्तीमा राख्दै) अँ, अब केही दिनलाई क्लिनिक बन्द गरेर घर बस्ने । म चौकीमा डा. पाण्डे क्लिनिक बन्द गरेर भागेछ भनी रिपोर्ट बनाइदिन्छु । (हातको लौरो र टोपी क्लिनिकमा नै फालेर फरार हुन्छ)
डा. पाण्डे ः (यो देखी सशङ्कित बन्दै) एई मटेङ्ग्रे, त्यो हवलदारले टोपी र लौरो त यतै मिल्काएर पो गयो त हँ ?
मटेङ्ग्रे ः हा हा हा (हाँस्दै) त्यो पनि तपाईं जस्तै नक्कली रहेछ कि क्या हो ? एउटा नक्कलीले अर्काे नक्कलीलाई ठगेर गयो । (डा. पाण्डे तनावपूर्ण भावभङ्गीमा कुर्सीमा बसेर दुवै हातले आप्mनो कपाल लुछ्न थाल्छ) पर्दा खस्छ । समाप्त