$type=ticker$count=12$cols=4$cate=0

एउटा कथा यस्तो पनि

SHARE:

विश्वराज अधिकारी
मनोहर दाइलाई म नभई नहुने, मलाई मनोहर दाइ । हामी कुनै पनि काम प्रायः सँगै गर्ने गथ्र्याैं । वालमार्ट जान होस् अथवा रासनपानीका लागि इन्डियन स्टोर, हामी सँगै हुन्थ्यौं । कसैको विवाह, बर्थ डे वा विकेन्डमा हुने जस्ता पार्टीहरूमा हामी सँगै जाने गथ्र्यांै । मनोहर दाइ जेक्सनभिल आएको एक वर्ष जति भएको थियो भने म आएको मात्र छ महिना । मनोहर दाइ ओहायो स्टेटको कोलम्बस शहरबाट आउनुभएको थियो । म पुगेको थिएँ, मिजोरी राज्यको सेन्ट लुइसबाट । तर यो छ महिनामा अनौठो किसिमले हामीबीच सम्पर्क बढेको थियो । धेरै मानिसको सम्पर्कमा बस्नुपर्ने हामी दुईको स्वभाव भएकोले हामीबीच द्रुतत्तर गतिमा घनिष्टता बढेको हुनुपर्छ । मनोहर दाइ एउटा आइटी कम्पनीमा काम गर्नुहुन्थ्यो, म भने एउटा इन्स्योरेन्स कम्पनीमा ।
    मनोहर दाइको गृहस्थी राम्रो बसिसकेको थियो । घर बनाइसक्नुभएको  थियो । म जेक्सनभिल जब पाएर जाँदा उहाँको घर बनेर लगभग सकिन आटेको  थियो । फिनिसिड्ढा केही कामहरू मात्र बाँकी थिए । त्यो फिनिसिड्ढो काम हुँदा पनि उहाँले मलाई आप्mनो घर देखाउन धेरैचोटि लग्नुभएको थियो । उहाँको घर हेर्न प्रायः हप्तामा दुईचोटि जाने गथ्र्याैं । हुन पनि उहाँको घर अति मनमोहक थियो । दुइ तले घरको एरिया ठूलो भए तापनि तल्लो तलामा भान्सा, बैठक र एउटा गेस्टरूमबाहेक अरू कोठा थिएन । माथिल्लो तल्लामा पनि मात्र तीनवटा बेडरूम थिए । अमेरिकामा जग्गा धेरै भएको हुनाले होला यहाँ ग्रामीण होस् वा शहरी क्षेत्रमा ज्यादै फराकिलो जग्गा ओगटेर घर बनाउने चलन छ । घर बाहिरबाट राम्रो देखिने भन्दा पनि भित्र बस्नका लागि सुविधाहरूले सम्पन्न पारिएको हुन्छ । हरेक घरमा हिटिङ सिस्टम हुनु साधारण कुरा हो । घरलाई जाडोमा न्यानो र गर्मीमा शीतल पार्नु सामान्य कुरा हो र खर्चिलो पनि होइन । आवासीय घर निर्माणमा भित्ता, छाना, ढोका, भ्mयाल आदि सम्पूर्णमा काठको प्रयोग गरिने हुनाले घर हल्का मात्र हुने होइन कि हिटिङ सिस्टम अवरुद्ध भएको समयमा पनि जाडोमा न्यानो र गर्मीमा शीतल हुनु यहाँका घरहरूको विशेषता हो । जेहोस्, अमेरिकी आवासीय घरहरूमा पाइने विशेषताहरू मनोहर दाइको घरमा तमाम थियो । अभैm भन्ने हो भने सामान्य अमेरिकी परिवारले बनाउने घरभन्दा उहाँको घर उम्दा किसिमको थियो । घरभित्रका सामानहरू सोफा, बेड, टेबल र अन्य फर्निचरहरू सबै प्रायः महँगा थिए । भित्ता आकारको टिभी र मिडिया रूमले पनि उहाँको घरनिर्माणलाई खर्चिलो पारेको थियो । बत्ती र अन्य साजसज्जाका सामानहरू पनि कम महँगा थिएनन् । जेक्सनभिल जस्तो प्mलोरिडा राज्यको साधारण शहरमा, साधारण घरनिर्माणमा पनि उहाँजस्तो सामान्य आर्थिक हैसियत भएको मान्छेले चार लाख डलर जति खर्च गर्नुभएको थियो । र, त्यो घरको एउटा ठूलो विशेषता पनि थियो र त्यो थियो घरको छेउमा एउटा सानो ताल । त्यो तालले मनोहर दाइको घरको मोहकता र महŒव दुवैलाई झनै बढाएको थियो । त्यो घरको कमर्सियल भेल्युको त कुरै भएन । एउटा बोट किनेर प्रत्येक शनिवार त्यो तालमा दिउँसो बोटिङ गर्ने र त्यस बोटमाथि बसेर स्न्याक्स खाने मनोहर दाइको ठूलो सपना थियो । घर तयार हुनुभन्दा पहिलेदेखि नै घरवरिपरि रूखहरू लगाउन शुरू गरिसक्नुभएको थियो । मनोहर दाइलाई त्यो घर निकै मन पर्नुमा यी विभिन्न कारणहरू नै थिए होला । यी कारणहरूले गर्दा नै उहाँ निर्माणाधीन अवस्था मात्र होइन, निर्माण भएर सर्न बाँकी रहेको अवस्थामा पनि त्यो घर हेर्न दुई/तीन दिनमा जाने गर्नुहुन्थ्यो ।
    सन् २००९ को डिसेम्बर महिनाको पहिलो हप्तामा उहाँको घरनिर्माण सम्पूर्णरूपमा सम्पन्न भयो । उहाँकी पत्नी रीता भाउजू पनि नेपालबाट फर्किसक्नुभएको थियो । छोरालाई लिएर नेपाल जानुभएको रीता भाउजू एक महिना पनि बस्न सक्नुभएन । उहाँलाई राम्रो लागेन रे । काठमाडौंको भीड कसरी खप्ने ? उहाँको तीतो अनुभव थियो । छोरालाई बेबी सिटिङ गराउने र जेक्सनभिलमा कुनै राम्रो जागीर खोजेर जागीर गर्ने विचारमा रीता भाउजू हुनुहुन्थ्यो।
    रीता भाउजूले ह्युस्टनमा बस्ने कुनै नातेदारलाई सोधेर होला, घर सर्ने साइत जुराउनुभएको थियो । जुराइएको दिन अनुसार बुधवार अथवा बिहीवारको दिनमा मनोहर दाइ अपार्टमेन्टबाट घरमा सर्नुभयो । सामान सार्न यु हल हो या बजेट वा पेनस्की यस्तै कुनै ठाउँबाट आपैंmले चलाएर एउटा ठूलो ट्रक ल्याउनुभएको थियो । त्यस्तो ठूलो ट्रकमा पनि दुईचोटि सामान लग्नुपरेको थियो । त्यसबाहेक मनोहर दाइले आप्mनै एसयुभी गाडीबाट पनि कतिऔं पटक सामान ओसार्नुभएको थियो । जेहोस् अपार्टमेन्टमा बस्दा पनि निकै सामान जोड्नुभएको रहेछ ।
    घर सरेको दिनको कुरा हो, त्यो दिन केवल पूजाआजा मात्र गरिएको हुनाले अरू पाहुनाहरूलाई बोलाइएको थिएन । पाहुनाको रूपमा म मात्र थिएँ । साँझको खाना कुनै इन्डियन रेस्टुराँमा खाने रीता भाउजूको प्रस्ताव अनुसार एउटा सरदारजीको रेस्टुराँमा खाना खाएका थियौं । सामानहरू त्यत्तिकै राखेर भोलिपल्ट मिलाउने योजना थियो । बरु घर सरेको उपलक्ष्यमा आउने विकेन्डमा सेन्ट अगस्टिन जाने भनी मैले प्रस्ताव राखेको थिएँ । त्यो प्रस्ताव मनोहर दाइ र भाउजू दुवैजनाबाट अनुमोदित भएको थियो ।
    घर सरेकै दिनको कुरा हो, भाउजू सामानहरू मिलाउँदै हुनुहुन्थ्यो । म र मनोहर दाइ अलि थकाइ लाग्यो भनी वाइन पिउँदै थियौं । हाम्रो कुराकानीको क्रममा मनोहर दाइले मतिर हेर्दै बडो सन्तोषको सास लिंदै भन्नुभयो, “विश्वास भाइ, जेहोस् आप्mनै घर बनाएर बसियो । अपार्टमेन्टमा कति बस्नु ? अमेरिका आएदेखिको अपार्टमेन्टमा बस्दाबस्दा थाकिसकेको थिएँ । घर बनाउने जोड रीताको पनि थियो ।” यति भनेर मनोहर दाइले रीता भाउजूतिर पुलुक्क हेर्नुभयो । रीता भाउजूले मुहारमा प्रसन्नता ल्याउँदै भन्नुभयो, “अनि, अपार्टमेन्टमा सधैं कति बस्नु त ?”
    मनोहर दाइले मतिर हेर्दै फेरि भन्नुभयो, “सदाबहार मौसम भएको प्mलोरिडा राज्यमा बस्ने मेरो रहर पनि थियो । मलाई जाडो ठाउँ मन पर्दैन पनि । केही वर्ष नर्थ डकोटा बसें । ओहो त्यहाँ त सा¥है जाडो १ प्mलोरिडामा मजा छ, जहिले पनि प्रायः एउटै मौसम हुन्छ । यो जेक्सनभिल शहर त झनै रमाइलो छ । समुद्र हेर्न धेरै टाढा जानुपर्दैन । समुद्रछेउमा बसेर प्रकृतिको आनन्द लिनु छ भने यहाँबाट करिब एक घण्टाको दूरीमा रहेको सेन्ट अगस्टिन गए हुन्छ । सेन्ट अगस्टिन अति नै राम्रा शहरहरूमध्ये पर्दछ । यो शहर अति नै पुरानो पनि हो रे । त्यहाँ एउटा ज्यादै पुरानो एउटा किल्ला पनि छ ।”
    मनोहर दाइले अगस्टिनको बयान मलाई त्यता जान उत्प्रेरित गर्ने किसिमबाट गर्नुभएको थियो । तर म त पहिलेदेखि नै तयार थिएँ, त्यहाँ जान,  केवल मौका मिल्न सकेको थिएन ।
    कुराकानीको क्रम चलिरहेकै बेला मनोहर दाइ वाइन लिन भान्सातिर लाग्नुभयो । हातमा ग्लास लिएर त्यता जान थालेको देखर रीता भाउजूले भन्नु भयो, “धेरै खाने होइन है । विश्वासजीलाई दिने भनेर आपूmले थपीथपी खाने बहाना गर्ने होइन नि ।”
    रीता भाउजूको कुरा सुनेर पनि नसुने जस्तो गरी मनोहर दाइ भान्साको क्याबिनेटतिर लाग्नुभयो । हतारहतार गर्दै दुईवटै ग्लास टन्न पार्नुभयो । अर्काेचोटि फेरि थप्न जाँदा रीता भाउजूले किचकिच गर्ने डरले उहाँले त्यसो गर्नुभएको थियो । आउने बेलामा आप्mनो ग्लास बाटोमैं आधा पार्नुभयो । ग्लास आधा पारेपछि मैले त आधा ग्लास मात्र लिएको, भरी ग्लास त विश्वास भाइको लागि लिएको हो भन्नका लागि त्यस्तो गर्नुभएको थियो । तर संजोग पनि कस्तो, रीता भाउजूले मनोहर दाइको हातमा एउटा आधा एउटा भरी ग्लास देख्नुभयो । उहाँको हातमा रहेको ग्लासतिर हेर्दै भन्नुभयो, “यही मौका हो भन्दै खुब पिउने होइन नि ।”
    भाउजूको कुरा सुनेर मनोहर दाइले हाँस्दै भन्नुभयो, “मैले त खासमा खाएकै छैन । यो भरी ग्लास त विश्वास भाइको लागि हो । मैले त अघि आधा ग्लास लिएको थिएँ । अब फेरि अर्काे आधा ग्लास लिएको हुँ । बस एक ग्लास, त्योभन्दा बढी खान्नँ ।”
    रीता भाउजूलाई वाइन, बियरदेखि एक किसिमको एलर्जी नै थियो भने पनि हुन्छ । रक्सी त झनै देख्न सक्नुहुन्थेन । त्यसैले होला मनोहर दाइ घरमा प्रायः पिउने गर्नुहुन्थेन । यस्तै कुनै खास अवसरमा मात्र ड्रिंक्स ल्याउनुहुन्थ्यो, त्यो पनि रीता भाउजूको सहमति पाएर । त्यसैले मनोहर दाइलाई डिं«क्स गर्नुपरे मेरो अपार्टमेन्टमा आउनुहुन्थ्यो । उहाँलाई डिं«क्समा ह्वीस्की अति मन पथ्र्यो । ह्वीस्कीमा पनि ज्याक ड्यानियल खुबै मन पथ्र्याे । उहाँलाई पनि पिउन मन लागिरहने, मलाई पनि त्यस्तै चाहिने, त्यसैले पनि हामीबीच घनिष्टता बढेको हुन सक्छ ।
    थपेको वाइन एक/एक घुड्को पिएपछि हामीबीच कुराकानी फेरि शुरू भयो । मनोहर दाइले हामी बसेको माथिल्लो तलाको सानो बैठकबाट तल्लो तलाको ठूलो बैठकतिर हेर्दै भन्नुभयो, “विश्वास भाइ, नेपालमा बसेको भए त यस्तो घर सपनामा पनि बनाउन मुस्किल हुन्थ्यो होला । एक त त्यहाँ जागीर पाउन गा¥हो अति गा¥हो छ । दश ठाउँमा सोर्सफोर्स लगाएपछि बल्लतल्ल जागीर पाउने स्थिति छ । जागीर पाएर पनि के गर्नु ? नेपालमा अहिले कुनै एउटा पार्टीको झन्डा नबोकी नहुने स्थिति छ । जागीरलाई गतिलो र भरपर्दाे तुल्याउन कुनै एउटा पार्टीका केही नेताहरूको पुच्छर बन्नै पर्छ । जागीर पाएर मात्र पनि के गर्नु ? काठमाडौं जस्तो ठाउँमा जग्गाको भाउ बढेर आकाशमाथि पुगेको छ । त्यसमाथि घर बनाउन लाग्ने विशाल खर्चको त कुरै नगरे हुन्छ । जसैतसै ऋण कर्जा गरेर घर बनाएर पनि के गर्नु ? अहिले नेपालमा बसिनसक्नुभएको छ । नेताहरूको चाला हेर्दा त थाम्न गा¥हो हुने गरी रिस उठ्छ । देश बर्बाद हुन थालेको देखेर मेरो मन विरक्त हुन्छ । जेहोस्, बेलामैं अमेरिका आइएछ । म नेपालमा भएको भएँ के के हुन्थ्यो कुन्नि ? खान र बस्न पनि निरन्तर ऋण लिनुपथ्र्याे कि ?”
    मनोहर दाइको भनाइमा नेपालमा देखिएको अस्तव्यस्तता र अमेरिका आएर उहाँले गरेको प्रगति र खासगरी हालै बनाउनुभएको नयाँ घरको बयान लुकेको मलाई प्रस्ट भयो । हुन पनि घर बनाउन सफल भएकोमा उहाँ निकै प्रसन्न र गौरवान्वित हुनुभएको थियो । नेपालको निम्नमध्यम वर्गीय परिवारले भोग्नुपर्ने आर्थिक र मानसिक कष्टबाट उन्मुक्ति पाएर अमेरिका आउन पाएकोमा उहाँ जति खुसी हुनुहुन्थ्यो, त्योभन्दा पनि बढी उहाँ अमेरिकामा घर बनाउन पाएकोमा खुशी हुनुहुन्थ्यो ।
    एक दिनको कुरा हो, मनोहर दाइ घर सर्नुभन्दा एक महिना पहिले हुनुपर्छ, म र उहाँ वालमार्टबाट ग्रोसरी किनेर आउँदै थियौं । बन्न थालेको घर सजाउनका लागि केही सजाउने सामानहरू पनि उहाँले किन्नुभएको थियो । पानी पर्दै थियो । मनोहर दाइले घर पुग्नु ५०/६० मिटर टाढाबाट, कारभित्र रहेर नै रिमोट कन्ट्रोलबाट गराजको ढोका खोल्न रिमोट कन्ट्रोलको बटन जुन स्टेयरिड्ढो ठीक माथि छानामा थियो, थिच्नुभयो । क्रमशः
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : एउटा कथा यस्तो पनि
एउटा कथा यस्तो पनि
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjZjGazm-NuV-jR6qqyne3UOpHLd_kpub8m1KWu8PQq1DSH9xLGnmQbrUueSdV9BAHXzxNS5AezPOiAZ0gZV8H46hk_FIVkQtsq3a0GVOvH6V5PIbNTNbRHQGi90DLwjdDWmYoThZi4Rrxc/s200/vishwaraj+adhikari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjZjGazm-NuV-jR6qqyne3UOpHLd_kpub8m1KWu8PQq1DSH9xLGnmQbrUueSdV9BAHXzxNS5AezPOiAZ0gZV8H46hk_FIVkQtsq3a0GVOvH6V5PIbNTNbRHQGi90DLwjdDWmYoThZi4Rrxc/s72-c/vishwaraj+adhikari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/10/blog-post_180.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/10/blog-post_180.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy