प्रस, वीरगंज, ६ असोज/
पर्सा जिल्लाको १ महानगर, ३ नगर र १० गाउँपालिकामध्ये १ नगरपालिका र ५ गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ भने बाँकीमा मतगणना जारी छ ।
तीन नगरपालिकामध्ये पर्सागढी नपाको मतपरिणाम सार्वजनिक भएको छ । पोखरिया र बहुदरामाई नपामा मतगणना जारी छ । जारी मतगणनामा पोखरियामा नेपाली जनता दलका दीपनारायण रौनियार मेयरमा र फोरम नेपालकी सलमा खातुन उपमेयरमा अग्रस्थानमा छन् । पोखरिया नपाको ७ वडाको मतपरिणाम घोषणा भएको छ । घोषित मतपरिणाम अनुसार वडा नं. १, ६, ७ मा क्रमशः फोरम नेपालका बंका राउत कुर्मी, सियानन्द चौहान र नन्दलाल साह विजयी भएका छन् ।
यसैगरी, वडा नं. २ र ५ मा नेपाली जनता दलका सुरेन्द्र यादव र उमाशङ्कर साह कानू विजयी भएका छन् । वडा नं. ३ र ४ मा नेकाका अजय कलवार र लक्ष्मण साह कानू विजयी भएका छन् ।
बहुदरमाई नपामा नेकाका नितेन्द्र साह अगाडि छन् । घोषित गाउँपालिकामा जगरनाथपुरबाट माओवादी केन्द्रका जालिम मियाँ विजयी भएका छन् भने छिपहरमाई गापाबाट माओवादीकै मनोज गुप्ता अध्यक्षमा र उपाध्यक्षमा मदिना खातुन विजयी भएका छन् । विन्ध्यवासिनी गापाको अध्यक्ष्Fमा फोरम नेपालबाट श्रीलाल साह कानू र नेकाबाट उपाध्यक्षमा किरणदेवी विजयी भएका छन् । कालिकामाई गापामा नेपाली जनता दलका नथुनी साह अध्यक्षमा र उपाध्यक्षमा फोरम नेपालका राजेश चौरसिया विजयी भएका छन् । पटेर्वा सुगौलीमा एमालेबाट हरिनारायण चौधरी अध्यक्षमा र नेकाबाट उपाध्यक्ष्Fमा ममता चौधरी विजयी भएका छन् । ठोरी गापाको परिणाम हिजै सार्वजनिक भइसकेको हो ।
पर्सागढीमा काङ्ग्रेस
प्रमोद यादव, रङ्गपुर (पर्सा)/
पर्सागढी नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका लोकनारायण यादव विजयी भएका छन् । उनले ३९६५ मत ल्याएका थिए ।
त्यस्तै, उपमेयरमा पनि नेकाकै अर्चना चौधरीले ४५५९ मत ल्याएर विजयी भएकी छन् ।
मेयरका प्रतिद्वन्द्वी एमालेका गोकर्ण पाठकले ३८९५ र उपमेयरमा एमालेकी काली देवीले ३६५० मत ल्याएका थिए ।
त्यसैगरी, पर्सागढी नपाको वडा नं. १ मा नेकाका तुलाराम महतो, २ नं.मा नेकाका वेदमन दास थारू, ३ मा एमालेका उद्धवबहादुर उप्रेती, ४ मा नेकाका समसुद्दीन देवान, ५ मा सङ्घीय समाजवादी फोरमका असलम आलम, ६ मा नेकाका किशोरी यादव, ७ मा सङ्घीय समाजवादी फोरमका रामजी साह तेली, ८ मा नेकाका किसुनदेव यादव, र वडा नं. ९ मा एमालेका रामनारायण गौरो थारू विजयी भएका छन् ।
सखुवापरसौनी गाउँपालिकाको वडा नं. १ मा स्वतन्त्र उम्मेदवार विश्वनाथ पटवारी विजयी भएका छन् भने २ नं. वडामा नेपाली जनता दलका मियाज अहमद, ३ मा सङ्घीय समाजवादी फोरमका सलीम मियाँ अन्सारी विजयी भएका छन् ।