बासुदेवलाल दास, पीएच. डी.
सहप्राध्यापक, इतिहास विभाग
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज
गताङ्कको बाँकी
यस स्थानमा यस नदीलाई क्षीरोदकी अथवा क्षीरवती भनिन्छ, जुन दूधवती वा दूधमती शब्दका पर्यायवाची शब्द हुन् ।
स्थानीय बोलीमा यसलाई खिरोई नदी भनिन्छ । एकमीघाट भन्ने स्थानमा खिरोई नदीसित सङ्गम गरेर व्याघ्रवती (छोटीबागमती) नदी दक्षिणतिर प्रवाहित हुँदै अगाडि आमाडीह क्षेत्रमा बागमतीको एउटा अर्को धारासित सङ्गम गर्दछ ।
कमलाः कमला नदीको उद्गम नेपालको महाभारत पर्वत शृङ्खलामा रहेको छ । यो नदी त्रिस्रोतसा रहेको छ, अर्थात् यसका तीनवटा स्रोतहरू छन् । कमलाका पश्चिमी र मध्य स्रोतहरू सिन्धुली जिल्लाको क्षेत्रबाट प्रवाहित भई धनुषा जिल्लाको क्षेत्रमा पुग्दछन् । यसको पूर्वी स्रोत भने केही लामो रहेको छ तथा यसैलाई कमलाको मूल स्रोत मानिएको पाइन्छ । यस पूर्वी स्रोतको उद्गम सगरमाथा अञ्चलको उदयपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको छ । यो उदयपुरगढीदेखि नैऋत्यकोणवर्ती प्रवाहित हुँदै धनुषा जिल्लाको भूभागमा आउँछ, जहाँबाट तीनवटै स्रोतहरू मिसिएर दक्षिणतिर प्रवाहित हुन्छन् । कमला नदी धनुषा र सिरहा जिल्लाहरूको सिमानामा बग्दै विहार राज्यको जयनगर शहर क्षेत्रमा भारतीय भूमिमा प्रवेश गर्दछ । जयनगरमा एउटा प्राचीन किल्लाको भग्नावशेष रहेको छ, जसको चारैतिर कब्रहरू छरिएर रहेका देखिन्छन् । यस विषयमा भनिन्छ कि बङ्गालका नवाब अलाउद्दीन १५औं शताब्दीको अन्त्यतिर असमदेखि बेतियासम्म सडक बनाउन थालेका बखत उनका धेरै सैनिक यसै जयनगर स्थानमा मृत्युग्रस्त भएका थिए । जयनगरको किल्ला उनले नै निर्माण गराएका थिए ।
विहारको मधुबनी र दरभङ्गा जिल्लाका भूभागमा कमला नदीका पाँचवटा धाराहरू निर्मित भएका पाइन्छन् । यसको पहिलो धारा बेनीपट्टी हुँदै अगाडि रघौलीग्राम निकट छोटीबागमती नदीसित सङ्गम गर्दछ । सन् १८९३ ई. तथा सन् १८९८ ई. मा यसै धाराको प्रवाहले ठूलो उत्पात मच्चाएको थियो । कमलाको दोस्रो धारा तारसराय रेलवे स्टेसननिकट प्रवाहित हुँदै बहेरा क्षेत्रतर्पm बग्दछ । यसको तेस्रो धारा चाहिं जयनगरदेखि नै दक्षिणवर्ती भएर ककरौल भएर तारसरायनिकट पुग्दछ । यस धाराको स्थानीय नाम बलरवा रहेको पाइन्छ । कमला नदीको चौथो धारा जयनगरदेखि अग्निकोणवर्ती भएर बग्दै सकरी क्षेत्र भएर दक्षिणतिर प्रवाहित रहेको छ । यसको पाँचौं धारा धउरे तथा सोनी धारालाई समाहित गर्दै बलान नदीको मार्गसित भंmझारपुर हुँदै प्रवाहित छ । यो नै अहिलेको कमलाको प्रधान धारा हो तथा यसलाई कमला–बलान भन्ने गरिन्छ । यस प्रवाहपथमा कमला नदी सन् १९०२ ई. देखि प्रवाहित रहेको छ । कमला नदीको सङ्गम करेह नदीसित फुहिया ग्रामको निकट हुन्छ भने कमला–बलानको सङ्गम कोशी नदीसित दोहथानिकट पूर्वी भागमा हुन्छ ।
बलानः यो नदी सिरहा जिल्लाको पूर्वी सिमानामा प्रवाहित छ । यो भारतीय भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै त्रिमुखी भइहाल्दछ । यसको पश्चिमी धारा विहारको मधुबनी जिल्लाको लदनियाँ शहरदेखि पूर्वतिरको भूभागबाट प्रवाहित हुँदै बाबूबरही शहरको दक्षिणमा कमलासित सङ्गम गर्दछ । यसको मध्यवर्ती धारा लौकाहा क्षेत्रमा भारतीय भूमिमा प्रवेश गर्दछ भने यसको तेस्रो अर्थात् पूर्वी धारा लौकाहादेखि लगभग १ कोस पूर्वमा बाँदरझुली ग्रामनिकट भारतीय क्षेत्रमा प्रवेश गर्दछ । यो धारा भुतहीबलान नामबाट दक्षिणावर्ती हुँदै फुलपरास क्षेत्रमा प्रवाहित हुन्छ । यस क्षेत्रमा बलान नदीमा भुतही नामक नदीको सङ्गम भएर यो भुतहीबलान भनिन थालिएको हो । यो बसबारी ग्रामनिकट मूल बलान नदीमा मिसिन्छ तथा टरडीहा ग्रामको क्षेत्रमा कोशीसित सङ्गम गर्दछ । यसै नदीको किनारमा ननौर नामक ग्राम रहेको छ । ननौरको पश्चिममा भामा ग्राम छ । ननौरलाई मिथिलाका कर्णाटवंशीय राजा नान्यदेवसित तथा भामा ग्रामलाई मिथिलाका प्रख्यात विद्वान् वाचस्पतिकी पत्नी भामतीसित सम्बन्धित मानिन्छ । नान्यदेवले मिथिलामा सन् १०९७ ई.मा राज्य स्थापना गरेका थिए । उनको राजधानी सिम्रौनगढमा रहेको थियो । यो स्थान अहिले बारा जिल्लामा पर्दछ । सिम्रौनगढको अर्को नाम सिमरवन तथा शाल्मलिवन भनेर पनि उल्लेख पाइन्छ । यस्तै, सिम्रौनगढको एउटा पुरानो नाम शिवरामपुर भनेर समेत उल्लेख पाइन्छ । यसरी नै वाचस्पति मिश्रको समयलाई ईसाको ९औं शताब्दी मानिएको छ । उनी संस्कृत र दर्शनका प्रकाण्ड विद्वान तथा अनेक ग्रन्थका प्रणेता थिए । उनले आप्mनी पत्नीको नामबाट भामती–टीका लेखेका थिए ।
तिलयुगाः यस नदीको प्राचीन नाम त्रियुगा रहेको छ । त्रियुगा नामको उल्लेख बृहद्विष्णुपुराण ग्रन्थको मिथिलाखण्डमा रहेको छ । यसरी नै चन्दा झा लिखित मिथिलाभाषा–रामायण ग्रन्थमा पनि त्रियुगाको चर्चा मिथिला क्षेत्रका नदीहरूको सन्दर्भमा गरिएको पाइन्छ । यो नदी सप्तरी जिल्लाको उत्तरी भागमा चुरे पर्वत शृङ्खलाको दक्षिणी ढलानबाट प्रवाहित हुँदै राजविराजदेखि पूर्वी भागबाट बग्दै विहार राज्यको सुपौल जिल्ला क्षेत्रमा भारतीय भूमिमा प्रवेश गर्दछ । तिलयुगा नदीको किनारमा तथा कुनौलीको समीपमा ईसाको छैटौं शताब्दीमा आसामका शासक भाष्करवर्मा एवं काश्मीरका शासक बलादित्यको बीचमा युद्ध भएको उल्लेख पाइन्छ । यसै नदीको प्रवाहपथमा अगाडि विहार राज्यको मधुबनी जिल्ला क्षेत्रमा पर्ने महादेवमठ नामक पुरानो स्थान रहेको छ । यो एउटा पौराणिक स्थान हो, जसलाई असुरगढ पनि भनिन्छ । यो असुरगढ स्थान निर्मलीदेखि २ कोस उत्तरमा पर्दछ । यस स्थानको ध्वंसावशेष धेरै प्राचीन मानिन्छ, किनभने यस स्थानको जमीनभित्रबाट बौद्धकालीन अनेक वस्तुहरू प्राप्त भएका छन् । यस स्थानमा रहेको किल्लाका भग्नावशेष लगभग ५० एकड जग्गामा पैmलिएका छन् । यस स्थानको विषयमा अनेक प्रकारका किंवदन्तीहरू प्रचलित रहेका छन् । तिलयुगा नदी धेरै अगाडि प्रवाहित भएर कमला र करेह नदीसित सङ्गम गर्दथ्यो । यसको यसै पुरानो प्रवाहपथमा दाहिने किनारामा द्वालख ग्राम रहेको छ, जसको सम्बन्धमा भनिन्छ कि मिथिलाका कर्णाटवंशीय प्रथम शासक नान्यदेवका पुत्र गङ्गदेवले बङ्गालका शासक बल्लालसेनको सैन्यलाई यसै स्थानमा परास्त गरी उनको कारागारबाट आप्mना पितालाई मुक्त गराएका थिए ।
कोशी (कोसी)ः कोशी नदीको महिमा अनेक प्राचीन ग्रन्थहरूमा वर्णित छन् । यस नदीलाई प्राचीन साहित्यमा कौशिकी भनेर पनि सम्बोधन गरिएको पाइन्छ । यो नदी काठमाडौं शहरको पूर्वोत्तरमा स्थित गोसाईंथानको हिमाञ्चलदेखि आरम्भ भएर पूर्वमा कञ्चनजङ्घा हिमशिखरसम्मको तथा यसरी नै उत्तरतिर हिमालय शृङ्खलालाई पार गरेर तिब्बतीय पठारसम्मको विस्तृत भूभागका हिमजल तथा वर्षाजललाई आप्mनो उदरमा समेटेर एवं हिमालय पर्वतमाला, महाभारत पर्वत शृङ्खला र चुरे शृङ्खलालाई विदीर्ण गर्दै तराई भागमा सुनसरी जिल्लाको चतरा क्षेत्रमा आउँछ । यसरी कोशी नदी भारतको विहार राज्यको सुपौल जिल्लाको भूभागमा प्रवेश गर्दछ ।
कोशी नदीलाई एउटा पवित्र नदीको रूपमा मानेर यसको चर्चा अनेक ग्रन्थहरूमा गरिएको पाइन्छ । कालिदास कृत संस्कृत काव्य कुमारसम्भवम् ग्रन्थमा भनिएको छ कि यस नदीको तटमा साक्षात् भगवान शङ्करको निवास रहन्छ । रामायण ग्रन्थमा कोशी (कौशिकी)लाई ऋषि विश्वामित्रकी बहिनी भनेर उल्लेख गरिएको छ । यस्तै, महाभारत ग्रन्थको वनपर्वमा पनि कोशीबारे चर्चा गरिएको देखिन्छ । भनिन्छ कि हिमालयको काखबाट जुन स्थानमा कोशी बाहिर निस्केको छ, त्यहाँ सुनकोशी, अरुणकोशी र तमार (तमोर)कोशीको सङ्गम भएको छ एवं त्यसै सङ्गमनिकट यस भागमा समुद्रको गर्भबाट सर्वप्रथम पृथ्वीको आविर्भाव भएको थियो । यसै कारण यहाँ बराह भगवान्द्वारा पृथ्वीको उद्धार विषयक पौराणिक आख्यानको आधारमा कोशीको तटमा बराहमूर्तिको स्थापना गरिएको थियो तथा यो बराहतीर्थको रूपमा विख्यात भयो । यस भागको कोशी क्षेत्रमा अनेक तीर्थहरू रहेका वर्णन बराहपुराण ग्रन्थको १४०औं अध्यायमा गरिएको पाइन्छ । त्रmमशः