प्रस, परवानीपुर, १० असोज/
प्रदेश नं २ को एक मात्र महानगर वीरगंजको मतगणना लगलग अन्तिम चरणमा पुगेको छ ।
तीन दिनभित्र मतगणना सकिने आकलन गरिएको छ । १ लाख ८ हजार ५ सय १ कुल मतदाता रहेको ३२ वडाको वीरगंजमा महानगरमा ८४ हजार ३ सय १२ मत खसेको थियो ।
३ गते दिउँसो २ बजेदेखि शुरु भएको मतगणना १० गते मङ्गलवार रातिसम्म करिब ७३ हजार मत गनिसकिएको
छ ।
११ हजार मत मात्र गन्न बाँकी छ । वडा नं १४, पिपरा लक्ष्मनवाको मतगणना केही घण्टामैं सकिने मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए ।
उनले दैनिक ६ हजारकै हिसाबले गणना गरियो भने दुई दिनमा गणना सकिने बताए ।
अहिले दुई दिनदेखि मतपेटिका नखुलेको वडाको मतगणना शुरु भएको छ । निर्वाचन अयोगको पत्र र निर्देशनमा १६,१७,१८ को मतगणना शुरु भएको हो ।
काङ्ग्रेसले १६, १७ र १८ वडाबाहेक मतगणना भएको सबै वडामा मेयर र उपमेयरको पुनः मतगणना गर्नुपर्ने माग राख्दै जिल्ला निर्वाचन कार्यालय पर्सामार्फत निर्वाचन आयोगमा निवेदन दिएको थियो । मतगणनामा धाँधली र कलमको ठाउँमा सिसाकलम प्रयोग गरिएको तथा मुचुल्का भन्दा बढी मतपत्र केही वडामा फेला परेपछि निर्वाचन प्रक्रिया छानबिन र पुनः मतदानको लागि निर्वाचन अयोगमा निवेदन दिएको नेपाली काङ्ग्रेसले बताएको छ ।