– समीर पाख्रिन
गताङ्ककको बाँकी
महिला २ ः यति छोटो समयमा पनि कतै बिरामी जाँचिन्छ त डाक्टर सॉप ?
डा. पाण्डे ः ल किन जाँचिंदैन । टिकट काटेर पालो पर्खनु मात्रै त टाइम लाग्ने हो नि ।
बिरामी ः एई पतरी, तँ डाक्टरसित गफ गर्न आएकी कि मेरो उपचार गराउन भन त ? (चुल्ठोमा समातेर फनफनी घुमाउँछ)
महिला २ ः आइँया १ जड्याँहाले त भुतालेर मा¥यो है । पर्खन फीस मिलाउनुपरेन ?
बिरामी ः के बस चढेको हो र किच्किच् गर्ने ? जति भन्छ दिइहाल् । यहाँ मान्छे दाँत दुखेर मर्न आटिसक्यो ।
महिला २ ः डाक्टर सॉप, मेरो बूढोको दाँत झारिदिइ हाल्नोस् त, साहै्र दुःखेको जस्तो छ ।
डा. पाण्डे ः पहिला फीस जम्मा गर्नुप¥यो नि त ।
महिला २ ः अलिक मिलाएर भन्नोस् न त ।
डा. पाण्डे ः अरूलाई चार सय लिने गरेको छु । तपाईं तीन सय दिनोस् ।
महिला २ ः त्यो पनि धेरै भयो ।
(बिरामीले दुखाइ सहन नसकी अघि डाक्टरले पढ्दै गरेको अखबार धुजा–धुजा पारेर च्यात्छ ।)
डा. पाण्डे ः त्यसो भए अढाई सय दिनोस् । हेर त दुखाइ सहन नसकेर, पढ्नै नपाई मेरो अखबार धुजाधुजा पारेर च्यातिदिएछ ।
महिला २ ः डेढ सय जति गरेको भए ठीक्क हुनेथ्यो । ठीकै छ लिनोस् ।
डा. पाण्डे ः (रुपैयाँ खल्तीमा राख्दै) यो मटेङ्ग्रे मोरा यतिञ्जेल कहाँ मरेको होला । एक क्षण घर पुगेर आइज् भनेको यतिञ्जेल आएको छैन । (टर्च बालेर) यता आउनुहोस् । मुख खोल्नुहोस् । अभैm ठूलो खोल्नुहोस् । आहा १ दाँत कीराले खाएको रहेछ । दाँत फुकाल्नुपर्छ । दाँत फुकालेको हजार रुपैयाँ अलग लाग्छ ।
महिला २ ः (तर्सेको भावभङ्गिमा) हजार रुपैयाँ ?
डा. पाण्डे ः किन आत्तिनुभएको ? यो अपरेसन चार्ज हो । (यत्ति नै बेला डाक्टरको काम गर्ने मटेङ्ग्रे नामको ठिटो क्लिनिकमा आइपुग्छ ।) ल तँ ठीक टाइममा आइपुगेछस् मोरा । अँ के गर्ने बहिनी ? तपाईंको बूढाको दाँत झारिदिउँ ?
महिला २ ः अलिक कम गर्न मिल्दैन ?
डा. पाण्डे ः फेरि सहमति बिथोलियो ।
महिला २ ः अनि अघि नै प्याकेजमा सहमति गर्नुपर्दैन ?
डा. पाण्डे ः के सरकारमा जान लागेको हो र जति बेला पनि बार्गेनिङ गर्ने ? भनी हाल्नोस् के गर्ने ?
महिला २ ः नाई म त पाँच सयभन्दा बढी दिंदैदिन्नँ ।
डा. पाण्डे ः त्यसो भए तपाईं सहमति तोड्ने होइन त ? ल जानोस् । म सक्तिनँ ।
बिरामी ः (दुखेको झोकमा फेरि पत्नीचाहिंको जगल्टा समाउँछ) मान्छे दुखेर मर्न न बाँच्न भइसकें । तँ कपडापसलमा जस्तो किच्किच् गरेर बस्छेस् एई राँडी ।
महिला २ ः छिः यो मान्छेसित व्यर्थै आएछु । (एउटा हजारको नोट झिकेर दिंदै) लिनोस् । यो मान्छेको दाँत झारिदिइ हाल्नोस् । साह्रै दुखेको जस्तो छ ।
डा. पाण्डे ः (नोट वर्काइ फर्काइ हेरेपछि खल्तीमा राख्दै) मटेङ्ग्रे, यो मान्छेको हात डोरीले बलियोसँग बाँधी हाल् त । दुखेको झोकमा मेरो पनि दाँत झारिदिन बेर छैन । (मटेङ्ग्रे भन्ने केटोले बिरामीको हात डोरीले बलियोसँग बाँधेपछि) ल अब अपरेसन शुरू गर्नुपर्छ । बत्ती छ कि छैन हेर त ।
मटेङ्ग्रेः ला डाक्टर सॉप, बत्ती त छैन ।
डा. पाण्डे ः केही फरक पर्दैन । तँ हम्मर, पिलास, कपास, डेटोल सब ठीक गर् । म अपरेसन शुरू गर्छु । मैनबत्ती बाल् । (हातमा टर्च लिएर बिरामीतिर फर्कंदै) मुख खोल्नुहोस् । अभैm ठूलो खोल्नुहोस् । (मुखबाट दुर्गन्ध आएकोले) दाँत माझ्ने गरेको छैन कि क्या हो ?
महिला २ ः किन नमाझ्नु नि । तर हिजोआज खोलामा बाढी आएदेखि माझ्न भ्याउनु भॉछैन । एकाबिहानै बालुवा चोर्न खोला पुग्नुपर्छ । अनि कति बेला माझ्नु ?
डा. पाण्डे ः ठीक छ, ठीक छ । मटेङ्ग्रे त्यो हम्मर र पिलास लिएर तँ यता आइज् त ।
मटेङ्ग्रे ः (सबैथोक लिएर सिन्डेको नजिक उभिन्छ) अँ भन्नोस् ।
डा. पाण्डे ः तँ टर्च देखा । म कीराले खाएको दाँत पिलासले तान्छु ।
मटेङग्रे ः ल ल । (केटोले मुखभित्र बत्ती देखाउँदा मुखबाट निस्किएको दुर्गन्ध सहन नसकेर तर्किंदै) छिः मुख खोलेको हो कि सेप्टी ट्याङ्क ?
महिला २ ः ए भाइ, भन्नु पाए भन्दैमा मुखमा जे आयो त्यही नभन है ।
डा. पाण्डे ः राम्ररी देखा टर्च ।
मटेङ्ग्रे ः हस् हस् ।
डा. पाण्डे ः (पिलासले बल गरेर तान्दा सद्दे दाँत उखेलिन्छ । बिरामी जोडले कराउँछ ।)
मटेङ्ग्रे ः (डाक्टर सिन्डेको कानैमा मुख लगेर) डाक्टर सॉप, सद्दे दाँत पो उखेलिदिनुभयो त । अब के गर्ने ?
डा. पाण्डे ः हो र खोई ? (रक्ताम्मे दाँत देखेपछि) धत्तेरिका १ यो लोडसेडिड्ढो काम यस्तै हुन्छ । एपेन्डिक्स भनेर मृगौला निकालेको जस्तो पो भएछ त है ? खै टेबुलमाथि फेबिकोल छ ले टाँसी दिइहाल्छु । (टाँस्ने कोसिस गर्छ तर टाँसिदैन) ल फेबिकोलले दाँत नटाँसिदो रहेछ । (बिरामी दुखाइ खप्न नसकी छटपटिंदैछ) एई, मटेङ्ग्रे बिरामीको डोरी खोली दे । (मटेङ्ग्रेले बिरामीको हात खोलिदिन्छ ।) क्रमशः