– तपाईं घरदैलोमा हुनुहुन्छ, जनताको समर्थन पाउनुभयो ?
+ जनता स्थानीय तहको निर्वाचनमा आप्mना उम्मेदवार छान्न आतुर छन् । विकासका निम्ति जनता व्याकुल छन्। गाउँबस्तीभरि जनताको पहिलो प्राथमिकतामा विकास छ। बाटोघाटो, पुलपुलेसा, बिजुलीपानी जनताका निम्ति निकै आवश्यक छन्। जनताले यसबाहेक अरू केही आशा गरेका छैनन्। बेरोजगार भएका कारण जनतालाई हातमुख जोड्नसमेत धौधौ छ। बिहान बेलुकीको छाक टार्न, बिरामी पर्दा उपचार जनताका प्राथमिक समस्या हुन्। यसको लागि अब निर्वाचित हुने मेयरले धेरै कुरा गर्न सक्छन्। यही काम गर्न सक्ने स्वच्छ छवि भएका नेता जनताको रोजाइँमा पर्छन् । जनताका कुरालाई मैले गम्भीरतापूर्वक लिएको छु, सुनेको छु। र, त्यसलाई सम्बोधन गर्ने आँट अरूसँग भन्दा मसँग बढी छ। अरू त टिकटकै लागि करोडौं खर्च गरिरहेका छन्। करोडौं रुपैयाँमा टिकट खरिद गरेपछि तिनले जनताको लागि काम गर्छन् कि घाटा पूरा गर्न काम गर्छन्, जनताले आपैंm बुभ्mनेछन्। केहीलाई हामीले बुझाउनु पनि पर्नेछ।
– चुनावपछि पनि तपाईं जनताकै लागि काम गर्नुहुन्छ भन्ने कुरामा कसरी विश्वस्त हुने ?
+ हेर्नुस्, हिजो पनि म यिनै जनताको लागि व्यक्तिगत जीवन धरापमा पारेर काम गर्दै आएको व्यक्ति हुँ। आप्mनोलागि निकै कम सोच्ने व्यक्ति हुँ। आज पनि जनताकै बीचमा छु र कहिल्यै पनि व्यक्तिगत लाभका लागि उद्योग कलकारखानाको दैलो चहारेको छैन। समाजकै लागि हिजो जेलनेल भोगेको हुँ। त्यसैले भोलि निर्वाचनमा जीते पनि हारे पनि जनताकै बीचमा यो राजन पौडेल बसिरहन्छ भन्ने कुरा जीतपुरसिमरा उपमहानगरपालिकाका बासिन्दाहरूलाई थाहा छ।
– त्यसो भए तपाईंले यो उपमहानगर के के काम कसरी गर्ने योजना बनाउनुभएको छ त ?
+ उपमहानगरपालिकाको विकासका लागि मैले दीर्घकालीन र अल्पकालीन दुवै योजनाहरू बनाएको छु। योजनालाई कार्यान्वयन कसरी गर्ने भन्ने कुरा पनि तयारी गरेको छु। हुनत निर्माण गरिएका योजना कार्यान्वयन गर्न आर्थिक स्रोत महŒवपूर्ण कुरा हो, त्यसको व्यवस्थापनबारे पनि खाका बनाएको छु। शिक्षा, स्वास्थ्य, बेरोजगार समस्याको दीर्घकालीन योजना, सडक तथा यातायात, भौतिक पूर्वाधार निर्माण, कृषि, खानेपानी तथा सरसफाइ, पर्यटन र वातावरण, कला, साहित्य, संस्कृति, खेलकुद, सुकुमबासीको बसोबास समस्या, सूचना तथा सञ्चारजस्ता क्षेत्रहरूमा गर्न सकिने तमाम कामको सूची तयार छ। त्यसलाई कार्यान्वयन गर्ने भिजन छ। त्यसैले उपमहानगरपालिकाका बासिन्दालाई, मतदातालाई म यी सबै कुरा अध्ययन गरेर मात्र योग्य प्रतिनिधि छान्न अपिल गर्न चाहन्छु।
– तपाईंको उपमहानगरपालिकाका मतदातालाई तपाईंले भन्नै पर्ने केही कुरा छन् ?
+ म मेरो क्षेत्रका जनतालाई हरेक कुरामा नेतासँग प्रश्न गर्न अपिल गर्दछु। निर्वाचनको बेला मीठा आश्वासनहरू बाँड्न गाउँमा आउनेहरूको लर्को लाग्छ। राजन पौडेल हिजो पनि जेलजीवनका साथ जनतासँगै थियो, आज पनि छ र भोलिका दिनमा पनि जनताको काममा क्रियाशील भइरहन्छ। करोड खर्च गरेर टिकट ल्याउनेहरूलाई हो कमाउनुपर्ने, मलाई पर्दैन। आजकै राजन पौडेल भोलि पनि जनताले महसुस गर्न पाउनुहुन्छ । त्यसको लागि म तपाईंहरूलाई विश्वस्त पार्न चाहन्छु।
प्रस्तुतिः गम्भीरा सहनी