$type=ticker$count=12$cols=4$cate=0

संशोधन प्रस्ताव असफल भएपछिको मधेसको अवस्था

SHARE:

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    ०७२ असोज ३ मा जारी भएको वर्तमान संविधान उपर मधेसीहरूको चर्को विरोध रहेकै बखतमा ०७२ माघ १० गतेमा दलहरूको सहमतिमा दुईतिहाई बहुमत पु¥याई संविधानको दोस्रो संशोधन गरियो । संविधान जारी भएको ४ महिनामा नै संविधानको पहिलो संसोधन हुनुले संविधान निर्माताले संविधान बनाउने बेलामा कमजोरी गरेको प्रस्ट भयो । चार महिनाभित्र पहिलो संसोधन गरी बृहत् असहमतिलाई शान्त मात्र पारिएन संविधानले गतिशीलताको आधुनिक एवं  उत्तम चरित्र बोकेको पनि पुष्टि भयो । उक्त संसोधनपछि संविधानको सर्वस्वीकार्यता लाागि उठेको मधेसको आवाज सम्बोधन हुने गरी दोस्रो संशोधन पनि होला भन्ने आम अपेक्षा थियो । ओली सरकारले मधेसको माग संशोधन गर्नैे नसक्ने अडान राखेको अवस्थामा त्यसैलाई अधार बनाई देउवा र प्रचण्डको गठबन्धन भयो र प्रचण्डको नेतृत्वमा गठन भएको सरकारले तत्काल चालेको मधेसमैत्री कदमले मात्र होइन, संशोधन प्रस्ताव दर्ता गरी प्रक्रिया अगाडि बढाएकोबाट  थोरै भए पनि मधेसमा केही राहतको किरण महसुस भयो । राजविराज घटनाको दोषीलाई तदारुकताका साथ कानुनी कार्यवाही गरिने प्रक्रिया अगाडि बढाइएको, घाइते एवं मृतकलाई क्षतिपूर्ति वितरण कार्य गरेकोबाट पनि मधेसको असन्तुष्टि प्रचण्ड सरकारले निराकरण गर्ला भन्ने अपेक्षा थियो । मधेसमा आन्दोलन गर्नेैपर्ने अवस्था रहन्न भन्ने विश्वास बढेको थियो । मधेसले पनि संविधानको अपनत्वमा दिपावली मनाउला भन्ने विश्वास जागेको थियो । जुन चकनाचुर भयो । काङ्ग्रेस पनि मधेस–मुद्दामा सकारात्मक रहेको र संसद्को कुल सङ्ख्यामा दुईतिहाई बहुमत पुग्न मात्र ५ सदस्य कम रहेको समाचार बाहिर आइरहेको देखेर आमजनतामा अझ भरोसा बढेको थियो कि सत्तापक्ष एवं मधेसवादीले पाँचवटा सङ्ख्या त जसरी पनि जुटाऊलान् । केही समयको सङ्घर्षपछि दुईतिहाई पुगी संशोधन होला र मुलुकभरि एकता कायम होला भन्ने आशा थियो ।
    लामो मगज घोटाइपछि २०७४ साउन ५ गते संशोधन विधेयकमाथि संसद्मा मतदान भयो । नतिजा जे आए पनि वर्तमान संविधानकै प्रावधान मुताबिक मधेसवादी दलहरूले संशोधन प्रक्रियामा मतदान गर्नुले संविधानको विरोध गरे पनि आपूmलाई यही संविधानद्वारा शासिात रहेको पुष्टि गरे । संविधान बहिष्कार गरेको वा मान्दैनौं भन्ने अभिव्यक्ति खण्डित भएको छ । जुन एक किसिमको संविधानको स्वीकार्यता एवं कार्यान्यवनतर्फको पनि पहल हो । तर दुर्भाग्य के हो भने संविधान संशोधनजस्तो अति महŒवपूर्ण काममा ५९२ सांसदमध्ये जम्मा ५५३ मात्र उपस्थित भए । जस मध्ये ३४७ ले पक्षमा र २०६ ले विपक्षमा मतदान गरे । संविधानजस्तो मूल कानुन संशोधनको समयमा संसद्मा सांसदहरू नै उपस्थित नहुनु ठूलो दुर्भाग्य एवं अलोकतान्त्रिक अभ्यास हो । जनताको अभिमतको अनादर हो । जसको पक्षमा मतदान गरे पनि जनताले संसद्मा मतदान गर्नलाई नै अधिकार दिएकोले जानुपथ्र्यो । जुन अब उप्रान्त नदोहोरियोस् भनी हाम्रा माननीयहरूले ख्याल गर्नु आवश्यक छ । मुलुकको अधिकांश जनता संशोधनको पक्षमा रहेको अभिव्यक्ति आइरहेको बखत संसद्मा दुईतिहाई नपुगे पनि अत्यधिक जनप्रतिनिधि संशोधनकै पक्षमा रहेको अवस्था पुष्टि हुन्छ । जसलाई लोकतान्त्रिक प्रतिपक्षले गम्भीरतापूर्वक लिनुपर्छ । आप्mनो हातमा साँचो भए पनि बहुमत जनता र जनप्रतिनिधिको आकाङ्क्षाको सम्मान गर्नुपर्छ । संशोधन प्रस्ताव असफल भए पनि संसद्मा पनि बहुमत पक्षधर रहेको अवस्थाबाट असन्तुष्ट हुने अवस्था छैन । चुनावबाट कमजोर भएको कारणले मात्र जनताको चाहनालाई बलपूर्वक दबाउने प्रयास भएको बुझेर चुनावमा जानुपर्ने देखिन्छ । जनचाहनाविपरीत उभिनेको जनताले चुनावबाट फैसला गर्नेछ भनी जनताको अदालतमा विवाद पस्केर, अब मधेसलाई पनि चुनावमा सहभागी हुन दिनुपर्छ । अन्य कुनै शक्ति केन्द्रको भर नपरी मधेसी जनता उपर विश्वास गरी बलियो बन्ने तर्फ सकारात्मक सोच बनाउनुपर्छ ।         संशोधन प्रस्तावको मतदानमा भाग लिएको अवस्थाबाट को मधेस मुद्दामा मैत्री छ र को छैन मधेसी जनताले चिनिसकेको अवस्था छ । मुखमा रामराम बगलमा छुरा राख्ने कुरा जनताले बुझिसकेको अवस्था छ । संशोधन  प्रस्ताव असफल हुनुलाई सत्तापक्षधरले सामान्य रूपमा लिएका छन् । जसको विश्लेषण हुनुपर्छ । जे भए पनि सरकारसामु नैतिक सङ्कट उत्पन्न भएको छ । सरकारको प्रस्ताव अस्वीकृत हुनुबाट सरकारको सबै चाहना संसद्ले स्वीकार गर्दैन भन्ने सन्देश गएको छ । सरकारले प्रस्ताव कार्यवाहीमा लानुभन्दा पहिले आप्mनो पक्षमा दुईतिहाई छ कि छैन भनेर विश्लेषण गर्नुपथ्र्यो । दुईतिहाई नदेखिएको खण्डमा फितर्F लिन सक्थ्यो । जस्तै प्रधान न्यायाधीशको मुद्दामा गरियो । कम सेकम छलफल गर्ने अवस्था त रहन्थ्यो । सत्तापक्षले पहिलेभन्दा पनि कम समर्थन पाउनुले सरकारले इच्छाशक्ति राखेर प्रस्ताव अगाडि बढाएको देखिएन । नामको लागि मात्र अगाडि बढाइयो । होइन भने प्रस्तावको पक्ष्Fमा कमसेकम ३९१ मत पुग्थ्यो नै ।
    जुन बेला प्रस्ट ३९१ पक्षमा देखिएको थियो त्यस बेला मतदान गरिएन । हुन सक्छ त्यसबेला पाँचजनाले थप समर्थन गरिदिन्थे कि १ स्थानीय तहको दोस्रो चुनावपछि संशोधन प्रक्रिया अगाडि बढाउनुबाट जानीजानी असफल गराउन खोजेको भन्न सकिन्छ । जसबाट सत्तापक्षले वैधानिकरूपले संशोधन हुँदैन भनी प्रमाण देखाउन खोजेको पुष्टि हुन्छ । किनभने स्थानीय निकायको चुनाव नहुँदै एमाले गठबन्धन संशोधनको विपक्षमा थियो । त्यही मुद्दाको कारण एमाले दुई चरणको चुनावमा पहिलो पार्टी भएको छ । यस अवस्थामा एमाले गठबन्धनले समर्थन गर्ने कुनै सम्भावना थिएन । यसका साथै राप्रपाका केही पक्ष संशोधन र सत्तापक्षसँग असन्तुष्ट रहेको प्रस्ट थियो नै । मधेसवादीहरूमा पनि चिरा परिसकेको थियो । मधेस मुद्दाको विरोधमा रहँदा जनमत बढने दृष्टान्त देखिसकेको अवस्थामा अन्य शक्ति पनि विपक्षमा रहने सम्भावना उत्तिकै थियो । यस्तो प्रतिकूल अवस्थामा संशोधन प्रस्ताव पेश गर्नु र पेश गराउन लगाउनुबाट नै जानीजानी संशोधनलाई असफल बनाउनु थियो । जुन कुनै दृष्टिले उचित थिएन । जसले अब वार्ता, सहमति तथा विरोध र आन्दोलनको पनि सम्भावना समाप्त पारेको छ । प्रस्ताव असफल हुनुमा सरकारको इच्छाशक्तिको अभावका साथै मधेसवादी दलहरूको कमजोरी पनि मुख्य कारक रहेको छ । राजपाबाहेक दलहरू संशोधनबेगर चुनावमा सहभागी भइसकेका, मधेसवादीहरूमा एकता नरहेको र बाह्य शक्तिको इशारामा चुनावमा भाग लिने सङ्केत गरेको अवस्थाले पनि संशोधनप्रति समर्थन घटेको हो ।
    संशोधन प्रस्ताव असफल हुनुले मधेसमा एउटा अर्को निराशा एवं असन्तुष्टिको बीजारोपण भएको छ–प्रतिपक्षजस्तै सत्तापक्ष पनि मधेसको सवालमा इमानदार छैन । जसले गर्दा विखण्डनवादीलाई ऊर्जा मिल्न सक्छ । जुन ठूलो चुनौती हुनेछ । छिमेकी राष्ट्रले बाँध बाँधेर बाढीको परिमाण बढाइदिएको दुःख एकातिर छ भने आप्mनो सरकारले विभेदपूर्ण नीति ल्याएर । मुलुकमा ठूलो परिवर्तन आए पनि मधेसको अवस्था ज्यूँका त्यूँ रहेको आम बुझाइ छ । मधेसले उठाएको मुद्दा जायज भए पनि पूरा गर्ने सोच अद्यापि बनेको छैन भन्ने गुनासो छ । यस्ता गुनासो गर्ने अवस्था रहेसम्म परिवर्तन अनुभूत हुँदैन । संविधानप्रति अपनत्व स्थापित हुन सक्दैन ।
    यसर्थ संविधानको अपनत्व र सर्वस्वीकार्यता नै महŒवपूर्ण कुरा भएकोले चुनावपछि पनि यस विषयमा गम्भीर हुनुपर्छ । माघ ७ गतेसम्म तीन तहको चुनाव, आन्दोलनजन्य उपलब्धि–संरक्षणको लागि अपरिहार्य छ । जुन उपलब्धि मधेसी जनताको लागि पनि हो । मधेसी जनताको असन्तुष्टि संविधान प्रति भए पनि संशोधनद्वारा पूरा गर्न सकिन्छ । जुन संशोधन तब मात्र हुन्छ जब संविधान रहन्छ । मधेसको माग सङ्घीयता र गणतन्त्र पनि रहेकोले सङ्घीयता र गणतन्त्र तब मात्र जीवित रहन सक्छ जब संविधान सुरक्षित रहन्छ । संविधानलाई सुरक्षित राख्न तीन तहको चुनाव अपरिहार्य छ । यसर्थ मधेसवादी र मधेसी जनताले आप्mनो असन्तुष्टि तत्कालको लागि थाती राखी चुनावमा सहभागी हुने गरेको निर्णय समयसापेक्ष छ । आशा गरौं सबै चुनाव सफलतापूर्वक सम्पन्न भई उपलब्धि संरक्षण होस् र मधेसको असन्तुष्टि संशोधनद्वारा पूरा होस् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : संशोधन प्रस्ताव असफल भएपछिको मधेसको अवस्था
संशोधन प्रस्ताव असफल भएपछिको मधेसको अवस्था
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi_eJ8734qxOJRmisAG4mS0z5_8iD05J28w7O4wfXAPNR9-U-jZ0K2ZQgp4Cf9ZT97lIThSgSe8AGUrY0GhC29DIXd5659O84GuWLwfoB2FsxZ67kPS9swycNzWuxz3enAJPJg57b35eG9J/s200/birendra+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi_eJ8734qxOJRmisAG4mS0z5_8iD05J28w7O4wfXAPNR9-U-jZ0K2ZQgp4Cf9ZT97lIThSgSe8AGUrY0GhC29DIXd5659O84GuWLwfoB2FsxZ67kPS9swycNzWuxz3enAJPJg57b35eG9J/s72-c/birendra+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/08/blog-post_867.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/08/blog-post_867.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy