प्रस, ठोरी, १३ भदौ/
बाढीले क्षतिग्रस्त बनाएको ठोरी गाउँपालिका–१ को तमुचोक–घोल गाउँ भगवाननगर हुँदै दीपकनगरसम्मको सडकको मङ्गलवार मर्मत गरिएको छ ।
बाढीले सो सडकखण्डको विभिन्न भागमा ठूलो क्षति गरेपछि विगत १८ दिनदेखि एम्बुलेन्ससम्म गुड्न सकेको थिएन । स्थानीय युवाहरूको सक्रियतामा बाढीले बिगारेको सडकको मर्मत कार्य गरिएको स्थानीय युवा पुरन थापाले जानकारी दिए । बाढीले सो खण्डमा रहेका पुल तथा कल्भर्ट सबै बगाएको थियो भने सडकको भागमा खाल्डो र बगर बनाएको थियो ।
१८ दिनदेखि सो सडकखण्डमा गाडी गुड्न नसक्दा स्थानीय प्रभावित बनेका थिए । गाउँमा कोही बिरामी परे एम्बुलेन्स पनि आउने बाटो नभएकाले वडापालिकाको बजेटबाट पछि सोधभर्ना हुने गरी सडक मर्मत गरिएको उनले बताए ।
कुँवरटोलदेखि दीपकनगरको सडकखण्डको मर्मत गरिएको स्थानीय श्यामु सुवेदीले जानकारी दिए । तमुचोकदेखि दीपकनगरसम्मको सडक मर्मत भएसँगै त्यस क्षेत्रका स्थानीयमा खुसीयाली छाएको छ ।
गत साउन २८ गतेदेखि सो सडकखण्डमा बाढीले क्षति गरेपछि ठोरी–भरतपुर सडकखण्डसँगको सम्पर्क विच्छेद भएको थियो ।