उमाशङ्कर द्विवेदी
अनि उनले अनेकौं प्रकारका उत्तम र गुणयुक्त भोज्य र पेय पदार्थ प्रदान गरे । ती पदार्थहरूबाट श्रीकृष्णले पहिले ब्राह्मणहरूलाइ तृप्त पारेर आप्mना अनुयायीहरूका साथ बसेर स्वयंले भोजन गरे । भोजनपछि रात्रि विश्राम गर्ने बेला विदुरजीले उनीसित भने–केशव, तपाईं यहाँ पाल्नुभयो, यो विचार असल छैन । मन्दमति दुर्योधनले धर्म र अर्थ दुवै त्याग गरिसकेको छ । उ क्रोधी तथा गुरुजनको अवज्ञा गर्ने खालको छ । धर्मशास्त्रको त उसको सामु कुनै महŒव नै छैन । आप्mनै ढिपी राख्दछ । उसलाई कुनै सन्मार्गमा लग्नु असम्भव नै छ । ऊ विषयहरूको कीरो, आपूmलाई बडो बुद्धिमान मान्ने, मित्रहरूसित द्रोह गर्ने, जम्मैलाई शङ्काको दृष्टिले हेर्ने, कृतघ्न र बुद्धिहीन हो । यस बाहेक पनि उसमा अनेकौं दोषहरू छन् । तपाईंले उसको हितको कुरा गर्दा पनि ऊ मान्नेछैन । भीष्म, द्रोण, कृप, कर्ण, अश्वत्थामा र जयद्रथको बलले यस राज्यलाई स्वयं हडप्न चाहन्छ । यस कारण ऊ सन्धि गर्न चाहँदैचाहँदैन । उसलाइ त के पनि विश्वास छ भने एक्लै कर्णले नै उसका सम्पूर्ण शत्रुलाई जितिहाल्छ । त्यसैकारण उसले सन्धि गर्नेछैन । तपाईंले त सन्धि गर्ने प्रयत्न गर्दै हुनुहुन्छ तर धृतराष्ट्रपुत्रहरूले त यो प्रतिज्ञा गरेका छन् कि ‘पाण्डवहरूलाई उनीहरूको भाग कहिले पनि दिन्नौं’ । उनीहरूको यस्तो विचार छ भने उनीहरूसित यसबारे केही भन्नु नै व्यर्थ हुनेछ । मधुसूदन, जहाँ असल र नराम्रो दुवैथरीको कुरा एकै समान सुनिन्छ त्यहाँ बुद्धिमान पुरुषले केही भन्नु उचित हुँदैन । त्यहाँ कुनै कुरा भन्नु भैंसीको अगाडि वीणा बजाउनुसरह हुनेछ ।
श्रीकृष्ण, पहिले जुन राजाहरूले तपाईंसित वैर गरेका थिए, उनीहरू अब तपाईंको भयले दुर्योधनको आश्रय लिएका छन् । ती जम्मै योद्धाहरू दुर्योधनको साथ मेल गरेर आप्mना प्राणसम्म उत्सर्ग गरी पाण्डवहरूसित युद्ध गर्न हौसिएका छन् । अतः त्यहाँ तिनीहरूको माझमा तपाईं जानु मलाई ठीक लागिरहेको छैन । यद्यपि देउताहरू पनि तपाईंको सामु उभिन सक्दैनन् र मलाई तपाईंको पराक्रम, बल, र बुद्धिबारे राम्ररी थाहा छ, तथापि तपाईं प्रति प्रेम र सौहार्दको भाव भएको हुनाले म यति भनिरहेको छु । कमलनयन, तपाईंको दर्शन गरेर मलाई जुन प्रसन्नता भइरहेकोछ त्यसबारे म के भनूँ ? तपाईं त समस्त देहधारीहरूको अन्तरात्मा हुनुहुन्छ, तपाईंबाट लुकेको नै के छ र ?
श्रीकृष्णले भने–विदुरजी, एउटा महान् बुद्धिमानले जस्तो कुरा गर्दछ तथा मजस्तो पे्रम–पात्रसित तपाईंले जस्तो भन्नुपर्दछ तथा तपाईंको मुखबाट जस्तो धर्म र अर्थयुक्त सत्य कुरा निस्कनुपर्दछ, त्यस्तै कुरा तपाईंले आमा–बुवाभैmं स्नेहवश भन्नुभयो । म दुर्योधनको दुष्ट्याइँ तथा क्ष्त्रिय वीरहरूको वैरभावबारे राम्ररी जानेर नै म आज कौरवसभामा आएको छु । धर्मतः प्राप्त कार्य गर्नु नै मानिसको परम कत्र्तव्य हो । यथाशक्ति प्रयत्न गर्दा पनि यदि पूर्ण भएन भने पनि त्यसको पुण्य त अवश्य नै पाइन्छ–यसमा कुनै पनि प्रकारको सन्देह छैन । दुर्योधन र उसका मन्त्रीहरूले पनि मेरो शुभ, हितकारी, धर्म र अर्थको अनुकूल कुरा मान्नु नै पर्ने हो । म त निष्कपट भावले कौरव र पाण्डवहरू तथा यस पृथ्वीतलको समस्त क्षत्रियवीरहरूको हितको नै प्रयत्न गर्नेछु । यस प्रकार हितको प्रयत्न गर्दा पनि यदि दुर्योधनले मेरो कुरामा शङ्का ग¥यो भने पनि मेरो मनमा प्रसन्नता त हुने नै छ र म आप्mनो कत्र्तव्यबाट उऋण पनि हुनेछु । ‘श्रीकृष्णले सन्धि गराउन सक्दथे तैपनि उनले क्रोधको आवेशमा आएर कौरव–पाण्डवहरूलाई रोकेनन्’ यो कुरा मूढ अधर्मीहरूले न भनून्, त्यसैले त म यहाँ सन्धि गराउन आएको छु । दुर्योधनले यदि मेरो धर्म र अर्थको अनुकूल हितको कुरा सुनेर पनि त्यसमाथि ध्यान दिएन भने आपूmले गरेको फल भोग्नेछ । यस पश्चात् यदुकुलभूषण श्री कृष्ण पलङ्गमाथि लम्पसार परे । महात्मा विदुर र श्रीकृष्ण यसै प्रकारका कुराहरू गर्दै त्यो सम्पूर्ण रात्रि बिताए ।
अर्को दिन एकाबिहानै उठेर श्रीकृष्ण स्नान, जप र अग्निहोत्रबाट निवृत्त भएर उदाउँदै गरेको सूर्यको उपस्थान गरी वस्त्राभूषणादि धारण गरे । यसै बेला राजा दुर्योधन र सुबल पुत्र शकुनिले उनको छेउमा आएर भने–महाराज धृतराष्ट्र तथा भीष्मादि जम्मै कौरव महानुभाव सभाभवनमा उपस्थित छन् र तपाईंलाई कुरिरहेका छन् । अनि श्रीकृष्णले बडो मधुर वाणीमा ती दुवैजनाको अभिनन्दन गरे । यसपश्चात् सारथि आएर श्रीकृष्णको चरणमा ढोगेर उत्तम घोडाहरू जोतिएको शुभ्र रथ ल्याए । भगवान्को पछि उनकै रथमा समस्त धर्म जान्ने विदुरजी पनि सवार भए तथा दुर्योधन र शकुनि एउटा अर्को रथमा बसेर उनका पछिपछि लागे । विस्तारै भगवान्को रथ राज्यसभाको ढोकामा आइपुग्यो र उनीहरू रथबाट ओर्लेर भित्र राज्यसभामा पुगे । सात्यकि र विदुरको हात समातेर श्रीकृष्ण सभाभवनमा पुगेपछि उनको कान्तिले समस्त कौरवहरूलाई निस्तेजझैं पारिदियो । उनको अगिअगि दुर्योधन र कर्ण तथा पछिपछि कृपवर्मा र वृष्णिवंशी वीरहरू हिंडिरहेका थिए । सभामा पुगेपछि उनको सम्मानमा राजा धृतराष्ट्र तथा भीष्म, द्रोण आदि जम्मैजना विशिष्ट सभासद्हरू आआप्mना आसनबाट उभिए । श्रीकृष्णको निम्ति राज्यसभामा महाराज धृतराष्ट्रको आज्ञाले सर्वतोभद्र नामक स्वर्णमय सिंहासन राखिएको थियो । त्यस सिंहासनमाथि बसेर श्रीश्यामसुन्दरले मुस्काउँदै राजा धृतराष्ट्र, भीष्म, द्रोण तथा अन्य राजासित कुरा गर्न थाले तथा समस्त कौरव र अन्यान्य राजाहरूले सभामा उपस्थित श्रीकृष्णको पूजन गरे ।
क्रमशः...