$type=ticker$count=12$cols=4$cate=0

प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी

SHARE:

ओमप्रकाश खनाल
    अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तित्व र शैलीलाई विरोधाभासको पुलिन्दा भन्दा अतिशयोक्ति हुँदैन । पटकपटक आप्mनै रवैयाका कारण आलोचकको निशानामा पर्दै आएका देउवा एक व्यक्ति मात्र होइनन्, देशको कार्यकारी प्रमुख हुनुका कारण उनको बोली, व्यवहार, आचरण र हाउभाउले विश्वसामु सिङ्गो नेपाल र नेपालीको गरिमा प्रभावित भइराखेको हुन्छ । यो हामीमा मात्र लागू हुने विषय पनि होइन, विश्व राजनीतिक आयाम र अभ्यासले स्थापित गरेको सत्य यही हो । त्यसैले औसत नेताले शब्द तौलिएर बोल्छ ।
    कूटनीतिक चातुर्यले नेतृत्वको कुशलता प्रदर्शित हुन्छ । विडम्बना, सत्ता र शक्तिका निम्ति ‘त्वम् शरणम्’लाई मूलमन्त्र बनाएका हाम्रा राजनीतिक अगुवाले कुन ठाउँको महŒव के हो ? के बोल्नु हुन्छ र हुँदैन ? भन्ने हेक्का राख्नसमेत आवश्यक ठान्दैनन्/जान्दैनन् । र, उपहासको पात्र मात्र बन्दैनन्, देशवासीलाई नै लज्जित तुल्याउँछन् । शेरबहादुर देउवा मौजुदा रमिताको प्रमुख पात्र मात्रै हुन् । ओज तलमाथि भएपनि औसत राजनीतिक नेतृत्वको आचरण उस्तै हो । केही पहेली बाहिर आउँछन्, कतिका कर्तुत गुपचुप रहस्यमैं रहन्छन्, फरक यति हो ।
    अचाक्ली राष्ट्रवाद र असीम देशप्रेम सत्तास्वार्थका अगाडि कसरी पग्लिएका र शक्तिका अघिल्तिर लम्पसार परेका छन् भन्ने उदाहरण खोज्न धेरै दिमागी कसरतको खाँचो पर्दैन । विगतमा पर्दापछाडि हुने गरेका खेललाई अहिले पर्दाले छोप्न छोडिसकेको छ । बरु विगतमा हस्तक्षेपका नग्न प्रहसन कमै देखिन्थे/सुनिन्थ्ये । अहिले सार्वजनिक सञ्चारको तीव्र विस्तार र उपयोगले जनतालाई नेतृत्वको मनोवृत्ति र कुत्सित अभीष्टबारे ज्ञान राख्न त्यति असजिलो छैन । सूचना र प्रविधिले विश्वलाई साँघुरो घेरामा सीमित तुल्याइदिएको छ । तर नेतृत्वले भने आम सरोकारका अपेक्षा र प्रतिक्रियालाई पूर्ण बेवास्ता गरिराखेको छ । परिणाम, पाइलैपिच्छे अलोकप्रिय पदचाप प्रकट भइराखेका छन् ।
    मुलुक लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि न्यूनतम कूटनीतिक सीमा र मर्यादालाई समेत सरोबरी तुल्याइएको छ । निकट छिमेकी देश हाम्रा आन्तरिक मामिलामा यसो गर, उसो नगर भनेर आदेश फर्मान गर्छन् । आज्ञाकारीहरूले आनाकानी गरे त्यसको परिणाम भोग्न तयार हुनुपर्दछ । संविधान जारी हुँदै गर्दा भारतीय संस्थापनले देखाएको नाङ्गो नाच र त्यसपछिका परिदृश्य ओझेलमा परेका छैनन् ।
    औपचारिक फोरमहरूमा विशिष्ट सम्बन्धको जति नै भजन गाए पनि नियत उदाङ्गो भइसकेको छ । र, यसले उत्पादन गरेका दरार र खाडलको परिपूर्ति विशिष्टताको मन्त्र जपेर सम्भव छैन । तैपनि भक्तहरू स्तुति गाउन छोड्दैनन् । मानौं, भजनकै भरमा राजनीतिक अभीष्ट र सत्ताको दुनो सोभ्mयाउन सकिन्छ । भन्नलाई यिनीहरू नेपाली जनतालाई सार्वभौमसत्ताको मालिक भन्छन्, तर वास्तविक मालिक अरूलाई नै ठान्छन् । अहिलेका होनहार लोकतन्त्रवादीहरू मालिकका अघिल्तिर को कतिसम्म्म लम्पसार पर्न सक्छन् भन्ने होडबाजी नै देख्न पाइएको छ । आवरण मात्रै फरक हो, आचरण एकैजस्तो छ ।
    अहिलेका खाँटी लोकतन्त्रवादीको असली प्रवृत्तिको आलोचना गर्ने जो कोही आपूmलाई परिवर्तनको एकल ठेकेदार सम्झिनेहरूको आँखामा प्रतिगामी करार हुन सक्छन् । किनभने जनताको नाममा राजनीति गर्नेहरू जनस्तरका असली कुरा सुन्ने र मनन् गर्ने हिम्मत राख्दैनन् । सत्य स्वीकार्ने र रूपान्तरणको परिपाटी राजनीतिमा हुन्थ्यो त नेतृत्व जनताबाट यति धेरै आलोचित हुनै पर्दैनथ्यो ।
    हुँदाहुँदा आज अवस्था यस्तो भइदिएको छ, यो मेरो नेता भनेर गर्व गर्न लायक एक थान राजनीतिक प्राणी भेट्टाउन कठिन छ । राजनीतिक आग्रहबाट ओतप्रोत झुन्डको बुझाइ अलग हुन सक्छ । यस्तो किन हुन्छ ? उत्तर स्पष्ट छ, राजनीति जनताबाट विमुख हुँदै गइराखेको छ । नेतृत्वको शैली हेर्दा लाग्छ, लोकतन्त्रको आवरणमा देशमा निरङ्कुशतन्त्रको नमूना अभ्यास जारी छ । देशमा विधि, विधान, कानून सबै छन् । कार्यान्वयन र सन्तुलनका अङ्ग पनि छन् । तर दलीय स्वार्थ मिल्यो भने ती सबै पङ्गु बनाइन्छन् ।
    प्रकारान्तरले देश विधि–प्रक्रियाबाट होइन, दलका टाउकेहरूको सिन्डीकेटले चलाइराखेको छ । एकपछि अर्को भ्रष्टाचार र बेथितिका निकृष्ट नमूना बाहिर आइराखेका छन् । मिडिया, नागरिक समाज र सचेत जनताले यस्ता अराजकताविरुद्ध आवाज उठाउन छोडेका छैनन् । नेतृत्व मौन समर्थनमा मात्र छैन, कतिपय बेथितिलाई विधि मिचेर वैधानिकता दिन उद्यत् छ । सत्ताको हिसाबकिताबमा चारतिर फर्किनेहरू स्वार्थ मिल्नेबित्तिकै एकै ठाउँमा जोडिएका उदाहरण बग्रेल्ती भेटिन्छन् ।
    राजनीतिले जब जनताको अपेक्षालाई उपेक्षा गर्छ, त्यतिखेर नेतृत्वले पनि जनताबाट सम्मान होइन, अपेक्षा राख्ने भनेको अपमान मात्रै हो । कुनै बेला आप्mनो ज्यानको प्रवाह नगरी नेताको सुरक्षामा तैनाथ हुने कार्यकर्ताबाटै नेता कुटिनुपर्ने अराजक विडम्बना यसै बनेको होइन ।
    सत्य तीतो हुन्छ, शेरको छाला ओढ्दैमा स्याल शेर बन्दैन । राजनीतिक परिवर्तनले सत्ताको स्वरूप मात्र फेरिदियो । नेतृत्वको आचरण बदलिएन । राजाको आसनमा राष्ट्रपतिलाई राखियो । सत्ताभोगमा पात्र परिवर्तन भयो, तर शैली उस्तै रह्यो । आज मुलुक राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा गइसकेर पनि शासनसत्तामा सीमित नेतृत्व र तिनका आसेपासेको मोजमस्तीबाहेक एउटा आमजनताले अनुभूत गर्ने खालको परिवर्तन के भएको छ ? किन्तु परन्तु नजोडीकन कुनै पनि लोकतन्त्रका ठेकेदारले यसको सीधा उत्तर दिने सामथ्र्य राख्छ ? कदापि सक्दैन ।
लोकतान्त्रिक गणतन्त्र आपैंmमा खराब व्यवस्था हुँदै होइन । लोकतन्त्रको विकल्प लोकतन्त्रै हो । तर यो लोकतान्त्रिक गणतन्त्रलाई व्यवस्थित गर्ने जिम्मेवारी लिएर बसेका ठालूहरूको तालुमा आलु फलाउने उद्यम मात्र बन्यो । यसले व्यवस्थाको गरिमा र अभीष्टमैं सन्देह पैदा गरिदिएको छ । अनेक आवरणमा जनताको आकाङ्क्षा कुल्चिएका मात्र छैनन्, नाइकेहरूको मनोमानीबाट सचेत नागरिक लज्जित हुनुपर्ने दुर्भाग्य छ ।
    भारत भ्रमणमा रहेका प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीसितको संयुक्त पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति यतिखेर आलोचनाको चुलीमा छ । यो देश र जनताभन्दा सत्ता राजनीतिका निम्ति दृश्य/अदृश्य सरोकारप्रति अतिआशक्तिको उपक्रम मात्रै हो । एकातिर ९० प्रतिशत मतले संविधान ल्याएको भन्ने अनि १० प्रतिशतको अडानलाई स्वीकार्यता र कार्यान्वयनको कसी ठान्ने सोच आपैंmमा विरोधाभासको पहेलीबाहेक केही होइन ।
अपवादबाहेक भारत आपैंm विगतको गल्ती सच्याउने मुडमा प्रकट भइराखेका बेला हाम्रा प्रधानमन्त्रीको अभिव्यक्तिले सीमित असन्तुष्टिलाई लिएर भारतले संविधानमा राखेको अडान अनुमोदन गरेजस्तो देखिएको छ । भारतले संशोधनको कुरै नकोट्याएका बेला हाम्रा प्रधानमन्त्रीले संशोधनमार्पmत् सर्वस्वीकार्यताको प्रतिबद्धता जाहेर गर्नु असान्दर्भिक मात्र थिएन, यो अभिव्यक्ति आपैंmमा अपरिपक्व कूटनीतिको उत्पादन पनि हो ।
प्रधानमन्त्रीको अभिव्यक्ति भारतीय संस्थापन रिझाउने उपाय पनि हुन सक्छ । खासमा अहिलेसम्म हाम्रा प्रधानमन्त्रीहरूको भारत भ्रमण एउटा कर्मकाण्डी दिल्ली दर्शनबाहेक अन्य हुन सकेको छैन । यस्ता भ्रमणको औचित्य र आवश्यकतामा वस्तुनिष्ठ बहस र त्यसबाट निस्किने निचोडको कार्यान्वयन अपरिहार्य भइसकेको छ ।
    प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने विषय अनेक थिए । हुनत विगत दुई दशकदेखि प्रत्येक भ्रमणका मुद्दा एकैजसो विषयमा फन्को मारिराखेका हुन्छन् । प्रधानमन्त्री भ्रमणको पूर्वसन्ध्यामा तराईमा बाढीको कहरले पर्याप्तै पाठ र उठानका विषय सुझाएकै हो । यो विषयलाई उठाउने भनिए पनि ओझेलमा प¥यो/पारियो । भूकम्पीय क्षतिको पुनर्निर्माण नयाँ कुरा होइन । आप्mनै प्रधानमन्त्रीकालको उपज जलविद्युत् उत्पादनलाई गति दिने समझदारी त भयो, तर भरपर्दो आधार अभैm तय भएको देखिन्न । यस अर्थमा उपलब्धि र अभिव्यक्तिको कसीमा प्रधानमन्त्रीको यो भ्रमणलाई राजनीतिक तीर्थाटनभन्दा अरू मान्न सकिन्न ।
    कतिले प्रधानमन्त्रीको यो शैलीलाई उनको मौलिकता भन्दै बचाऊ गरिराखेका छन् । यो हनुमानगिरीको अब्बल दृष्टान्त मात्रै हो । नेतृत्व आलोचना सुन्न चाहँदैन । यथार्थबाट टाढा रहेरै वाहवाहीमा आत्मरति खोज्छ । यो औसत नेतृत्वको मनोदशा हो । शेरबहादुरले नेतृत्व गरेको नेपाली काङ्ग्रेसलाई त यो रोगले अझ बढी गलाएको छ । नेताको चम्चागिरी गरेरै दुनो सोभ्mयाउन पल्केका लोभीपापीहरूले नेतृत्वको यही कमजोरीलाई आप्mनो बल बनाइराखेका छन् । यसले नेतृत्वलाई निरन्तर कमजोर मात्र बनाएको छैन, हास्यको पात्र बन्दैछन् । नेताले सही कुरा गरे पनि जनताले हासोमा उडाइदिन्छन् । नेतृत्वको छेउछाउमा सल्लाहकारको आवरणमा भजनमण्डलीको बिगबिगी छ । परिणाम, नेता पाइलैपिच्छे आलोचनाको निशानामा पर्छ । नेतृत्वले बुद्धि पु¥याउने हो भने अभैm बेला घर्किसकेको छैन ।
    यो मेसोमा अहिले केही राजनीतिक प्राणीहरू आपूmलाई खाँटी राष्ट्रवादी साबित गर्न कस्सिएका छन् । उनीहरूले म मात्रै अब्बल, अरू सबै चाहार भनेर आंैला नठड्याए हुन्छ । चारवटा औंला त आपैंmतिर फर्किराखेका छन् । नेपाली जनताले नेताहरूको परख गर्न जानिसकेका छन् । को कति राष्ट्रवादी हो, कसले देश र जनताको भलाइका निम्ति कति इमानदारी अपनाएको छ, यो लुकेको विषय रहेन । लम्पसरवादी आचरणको ओज फरक हुन सक्ला, चरित्र भने एउटै हो । राजनीतिक दलहरूको अस्पष्ट र नेतृत्वमुखी विदेश नीतिले स्वतन्त्रता र सार्वभौमिकता सङ्कुचित भइआएको
छ । दलहरू मुलुकको हितलाई केन्द्र भागमा राखेर साझा विदेश नीतिको जगमा उभिन किन सक्दैनन् ? यिनै भारतीय प्रधानमन्त्रीले नेपालको संसद्मा नेपाल एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश हो भन्दा तालीले सभाहल गुञ्जिनुपर्ने कारण के हो ? यस्ता सामान्य प्रश्नको धरातलीय समाधान सम्भव भए मात्रै असामान्य अपमानको पुनरावृत्ति हुनेछैन ।
                                                                              यmपजबलब२िनmब।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी
प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रवादको कसी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi9gzqEA0qFQuJ3jeWeG0T6cWO9OFo-OYtW83qSPhauch54KeLt7tdeuZmSoh07GCa21vUjr_kI68OEJRMjj1eSwFaQxv8QNGguS5-gPSJ7duNq4AfxAUWj0PSbuHMhqCJfU2RK0DdWLqOZ/s200/omprakash+khanal.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi9gzqEA0qFQuJ3jeWeG0T6cWO9OFo-OYtW83qSPhauch54KeLt7tdeuZmSoh07GCa21vUjr_kI68OEJRMjj1eSwFaQxv8QNGguS5-gPSJ7duNq4AfxAUWj0PSbuHMhqCJfU2RK0DdWLqOZ/s72-c/omprakash+khanal.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/08/blog-post_414.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/08/blog-post_414.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy