$type=ticker$count=12$cols=4$cate=0

खाँचो छ एउटा जागरुक र इमानदार शिक्षकको

SHARE:

अनन्तकुमार लाल दास

    शिक्षक भनेको विद्यार्थीलाई तोकिएको पाठ पढाइदिने मात्र नभई राष्ट्र निर्माणको एउटा प्रमुख प्रेरक तŒव पनि हो । शिक्षकको अर्थ नै सिकाउने व्यक्ति हो । सिकाउने व्यक्ति त्यो हुन्छ जो सिकेर दक्ष भइसकेको हुन्छ । यस कारण सिक्ने भन्दा ठूलो अर्थात् ‘गुरु’ हुन्छ । गुरु पद पाएर पनि यदि त्यस व्यवसायप्रति इमानदारिता भएन भने कसप्रति इमानदारिता हुन्छ ? तर वर्तमानमा शिक्षकहरूको सरसर्ती मूल्याङ्कन गर्दा लगभग नब्बे प्रतिशत यस्ता शिक्षकहरू भेटिन्छन् जो आप्mनो व्यवसायप्रति सन्तुष्ट नै छैन । इमानदारिताको प्रश्न त पर जाओस् उनीहरू हीनभावनाले  ग्रसित भएको देखिन्छन् । जीवनभरि यस्ता शिक्षकहरूले आप्mनो भाग्यलाई दोष दिइरहेका हुन्छन् । उनीहरूले त्यस परिस्थितिलाई पनि दोष दिइरहेका हुन्छन् जसका कारण उनीहरूलाई शिक्षक बन्नुप¥यो ।
    यसलाई सामाजिक व्यवस्थाको दुर्भाग्य नै भन्न सकिन्छ जहाँ शिक्षण व्यवसायप्रति त्यस्तो भावना छैन, जुन पहिले थियो । शिक्षण तल्लोस्तरको पेशा होइन । गुरुको काम कसरी लाजमर्दो हुन सक्छ ? कुनै पनि संस्कृतिमा गुरुको पद सदासर्वदा सर्वोच्च नै रहेको भेटिन्छ । महात्मा कबीरले त गुरुलाई ईश्वरभन्दा पहिले स्मरण गर्दथे । गुरुलाई अमृतको खान पनि भनिएको छ । गुरुलाई अज्ञानरूपी अन्धकार नष्ट गर्ने व्यक्ति भनिन्छ । संस्कृतमा गुरुलाई ब्रम्हा, विष्णु र महेशको समकक्ष भनिएको छ । यसरी हेर्दा के लाग्दछ भने वर्तमानमा गुरुहरूले नै आप्mनो गुरुत्व छाडेका छन् । हाम्रो सामाजिक परिवेश नै यस्तो भएको छ जहाँ गुरुको महŒवमा समेत अन्तर देखा पर्न थालेको छ तर यसका साथै के पनि देखिएको छ भने शिक्षकहरूको आप्mनो आचरण पनि यस परिस्थितिका लागि जिम्मेवार छ ।
    जहाँसम्म व्यवसायप्रति इमानदारिताको सवाल छ, कुनै पनि व्यवसाय सानो वा ठूलो हुँदैन । परिश्रमले नै कुनै काममा सफलता हासिल हुन्छ । श्रम कहिले पनि तुच्छ हुँदैन । यस कारण जुनसुकै व्यवसाय भए तापनि त्यसप्रति पूर्ण इमानदारिता साथ परिश्रम गरियो भने त्यसमा उत्कृष्ट स्थान ग्रहण गर्न सकिन्छ । शिक्षकबारे एउटा हिन्दीका प्रख्यात कविले “श्रम में है शर्म क्या ? श्रम कभी न हीन है । जो कमा के खा रहा, वह कभी न दीन है” लेखेका छन् ।
    व्यापारीले आप्mनो व्यापारप्रति इमानदारिता देखाउन आप्mनो बस्ने ठाउँलाई प्रणाम गर्दछ, ड्राइभरले गाडी चलाउनुपूर्व गाडीलाई प्रणाम गर्दछ तर शिक्षकहरू आप्mनो व्यवसायप्रति इमानदारिता किन देखाउँदैनन् जब उसको पद नै पूजनीय हुन्छ ? जुनसुकै व्यापारी, कर्मचारी वा हाकिम पछि गएर जति पनि धन, सम्मान वा सम्पत्ति किन न हासिल गरोस्, पहिले शिक्षकबाट नै शिक्षा हासिल गर्नुपर्दछ । के धनलाई सम्मान गर्ने हाम्रो बानीले गर्दा यसो भएको हो ? शिक्षकसँग धनको अभाव हुन्छ । सरकारले पनि अपेक्षा भन्दा केही कम नै दिइराखेको होला तर शिक्षकहरूले धनाभावले गर्दा आपूmलाई हीन ठान्नुहुँदैन ।
    हामी शिक्षक दिनहुँ कति घण्टा पढछौं ? कक्षाकोठामा त्यही शिक्षकले राम्ररी पढाउन सक्छ जो पढेर जान्छ । बासी कुरा पस्कने शिक्षक होइन । शिक्षकहरूमा आपूmलाई अप–टू–डेट राख्ने बानी नभएकोले पनि उनीहरू आप्mनो व्यवसायप्रति इमानदार देखिंदैनन् । के शिक्षकहरूले आपैmंलाई कसीमा घोटेर हेरेका छन् ? यदि शिक्षकले गर्ने हो भने समाजलाई सम्मानको कारण धन होइन भनेर बुझाउन सक्दछ । यसो हेर्दा धनलाई सम्मान दिने बानी पनि हामीले स्वयं विकसित गरेका हौं । यस कारण शिक्षकहरूले विद्यार्थीहरूलाई यसरी मार्गदर्शन दिनुपर्दछ कि उनीहरूले धनलाई होइन, योग्यता र सदाचारलाई आदर गर्न सिकून् । यसका लागि शिक्षकहरूले आपूmभित्रको सकारात्मक क्षमता र आत्मविश्वास जगाउनुपर्छ । उनीहरूले आप्mनो व्यवसायप्रति सम्मान र इमानदारिता देखाउनुपर्छ ।
    सरकारले गरेको प्रयासले शिक्षण व्यवसायलाई सहयोग गरिरहेको जस्तो मलाई प्रतीत हुन्छ । अब यस व्यवसायमा जोसुकै आउन सक्दैन, किनभने शिक्षक हुनका लागि प्रशिक्षण र शिक्षण लाइसेन्स हुनु अनिवार्य छ । शिक्षक बन्नुपूर्व परीक्षा दिनु अनिवार्य छ । कहींकहीं इन्टरव्यु पनि लिइन्छ । यस प्रक्रियामा सफल भए मात्र शिक्षक बन्न सकिन्छ । यस प्रक्रियाबाट बनेका शिक्षक निश्चय नै सम्मानका अधिकारी हुन् तर केही भ्रष्ट नेता र व्यवस्थापन समितिले यसलाई अर्थोपार्जनको माध्यम बनाएको हुनाले यो प्रक्रिया पनि बदनाम भइरहेको छ । धन दिई प्राप्त गरेको पदले पनि शिक्षकको गरिमा घटाइरहेको छ ।
    अपवादबाहेक प्रायः के देखिएको छ भने निजी विद्यालयमा कार्यरत शिक्षक फुर्सदको समय सदुपयोग गर्न वा कहीं कतै काम नपाउन्जेल शिक्षण पेशा अँगाल्छन् र पूर्ण शिक्षक नभएको कारण पेशाप्रति पूर्ण इमानदार भए तापनि शतप्रतिशत आचरण तदनुरूप देखा पर्दैन । यस्ता शिक्षकहरूको यिनै कमजोरीको फाइदा निजी विद्यालयहरूले उठाइरहेका छन् । यस कारण यस्ता शिक्षकहरूले पनि ध्यान दिनुपर्ने कुरो के हो भने जति दिनका लागि भए तापनिे पेशा अनुरूप आचरण हुनुपर्छ, किनभने यसबाट उनीहरूलाई नै बढी लाभ हुन्छ र यो पेशा बदनाम पनि हुँदैन ।
    कहिलेकाहीं गाउँ र शहरका बुजुर्गहरूले शिक्षकहरूसँग ‘कहीं जागिर पायौ कि अहिलेसम्म मास्टरी नै गरिरहेका छौं’ भन्ने सुनिन्छ । अर्थात् शिक्षण कार्यलाई जागिर ठानिंदैन । यसले सोध्ने मानिसको अज्ञानत त देखाउँछ, तर त्यस्ता शिक्षकहरूप्रति व्यङ्ग पनि हो जो प्रतिदिन विद्यालय जाँदैनन्, आप्mनो खेतीबारीमा व्यस्त रहन्छन् वा राजनीतिमा संलग्न हुन्छन् । यस्ता शिक्षकहरू शिक्षणभन्दा बढी गप्पबाजीमा लाग्ने हुनाले नै होला मानिसहरू यसलाई जागिर ठान्दैनन् ।
    आप्mनो व्यवसायप्रति यस कारण पनि इमानदारिता देखाउनुपर्छ किनभने यसले शिक्षकहरूलाई सम्मान दिलाउँछ । यदि शिक्ष्Fकले पूर्ण इमानदारिता, परिश्रम र लगनका साथ काम गर्छ भने सन्देह छैन, सबैले सम्मान गर्छन् । यस कारण विद्यालयलाई आप्mनो घरजस्तै ठान्नुपर्छ, विद्यार्थीहरूलाई आप्mनो सन्तान सरह माया गर्नुपर्छ । विद्यार्थीहरूको हितका लागि सदैव चिन्तन गर्नुपर्छ र उनीहरूमा लुकेको क्षमता विकसित गर्न प्रयत्नरत रहनुपर्छ । परिणामस्वरूप विद्यार्थीले पनि तपाईंलाई माया र सम्मान गर्नेछन् । तपाईंले कहिले पनि उनीहरूको हित विपरीत सोच्नुहुन्न भन्ने विश्वास गर्नेछन् ।
    शिक्षक हीनभावले ग्रसित भई आप्mनो व्यवसायप्रति बेइमानी गर्नु पनि उचित होइन । कहिले काहीं अभिभावकहरू द्वारा “फलाना शिक्षकले त लूट मचाएको छ । यदि बच्चा गणित वा विज्ञानमा ट्यूशन पढदैनन् भने पास नै गर्न सक्दैन । विहान पाँच बजेदेखि राति दश बजेसम्म पढाउनु हुन्छ । वेतनको अतिरिक्त तीस हजार कमाइ छ । कमाइ त बेग्लै कुरो हो । के यस्तो शिक्षक विद्यालयमा पढाउनु लायक रहन्छ ? थाकेको व्यक्तिले कसरी पढाउन सक्छ ? फलानोले पढाउनु नै कहाँ हुन्छ, विद्यालयमा त आराम गर्न मात्र जानुहुन्छ ।  छिः १ कस्तो शिक्षक । आप्mनै विद्यार्थीलाई लिएर भाग्यो । लाज पनि छैन” जस्ता अनेकौं टिप्पणी प्रायः सुन्ने गरिएको छ । विद्यार्थीमाझ हुने चर्चाले पनि शिक्षकहरूको पोल खोलिरहेको हुन्छ । यस्ता शिक्षक थोरै छन् तर शिक्षण पेशालाई बदनाम गराउन काफी छन् । यद्यपि यति परिश्रम गरेर धन कमाउनु धोखाधडी होइन, तर शिक्षकको पद अनुकूल पक्कै होइन । यदि कसैले यतिकै परिश्रम विद्यालयमा आप्mनो विद्यार्थीहरूको लागि गर्छ भने ती विद्यार्थीहरू देशविदेश गएर पनि उनीहरूलाई सम्मान दिलाउँछन् ।
    नयाँ नेपालको परिकल्पनालाई मूत्र्तरूप प्रदान गर्न मानिसलाई मानिससँग जोडने खाँचो छ । वर्तमानको खाँचो इमानदारिता र मिहनेत साथ शिक्षण दायित्व पूरा गर्नु हो । आज शिक्षा जनजीविका सुनिश्चित गर्ने माध्यम बन्न सकिरहेको छैन । यहाँको जनशक्ति यहाँका लागि नभई विदेशका लागि भएको जस्तो प्रतीत हुन थालेको छ । आज आवश्यकता छ यस्तो शिक्षाको जसबाट विद्यार्थीहरू स्वरोजगार बनेर आप्mनो जीविका चलाउन सकून् । आज आवश्यकता छ मानिसको मानसिकतामा परिवर्तन ल्याउनु र यो कार्य शिक्षकको सहयोगबेगर सम्भव छैन । राष्ट्रमा परिवर्तनलाई स्थायित्व प्रदान गर्न, लोकको शक्तिलाई बलियो पार्न, मुलुकको सार्वभौमिकता र स्वतन्त्रतालाई अक्षुण्ण राख्न, सामाजिक सद्भाव र मेलजोलको संस्कृतिलाई प्रोत्साहित गर्न खाँचो छ एउटा जागरुक र इमानदार शिक्षकको ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : खाँचो छ एउटा जागरुक र इमानदार शिक्षकको
खाँचो छ एउटा जागरुक र इमानदार शिक्षकको
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh-L5paQNjWfszxhfvyjXy3j2kZctuzoS3TkQNZAClkqELIgqHHFeW13DD7M7rDyKsOnOnDx9jUjkSzXi2Wru2N8CLilVRFLq6O19i1pWZIthX1EMy2KWLC4q6HG1lN_T5KET6zCUy0qliG/s200/anant+kumar+lal+das.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh-L5paQNjWfszxhfvyjXy3j2kZctuzoS3TkQNZAClkqELIgqHHFeW13DD7M7rDyKsOnOnDx9jUjkSzXi2Wru2N8CLilVRFLq6O19i1pWZIthX1EMy2KWLC4q6HG1lN_T5KET6zCUy0qliG/s72-c/anant+kumar+lal+das.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/08/blog-post_336.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/08/blog-post_336.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy