– समीर पाख्रिन
गताङ्ककको बाँकी
मेलिना ः होमवर्क सकिस् त ?
कृष ः सकें । अब लर्न गर्न मात्र बाँकी छ । आएर गर्छु ।
मेलिना ः के काम छ, तुरुन्त सकेर आइज् । हजुर आमासित बजार जानुछ ।
एकल महिला ः भोलि खानपिन गरेर सासु बुहारी जाउँला नि १ हुन्न र ?
मेलिना ः त्यो पनि हुन्छ मुमा । मेरो पनि टेलरकोमा जाने काम छ । ( स्वयंसित ) यो जुनाको हार पाएन भने यो पालिको मेरो तीज बोर होलाजस्तो छ । कसको हात प¥यो होला को नि १ ( यत्तिनै बेला मेलिनाका केही साथीहरू मेलिनालाई भेटन आउँछन् । ) अप्पुई १ यिनीहरू आउने रहेछन् कस्तो खबरै नगरी आएको । बस् खश्बु, बस् न जरिना किन उभिरहेकी ? ( सबैजना बस्छन् । एकल महिला कोठामा आउँदा सबैले उठेर अभिवादन गर्छन् । )
खुश्बु ः ममी नमस्कार १ सञ्चै हुनुहुन्छ ?
एकल महिला ः
(सबैतिर सरसर्ती हेरेर) सञ्चै नानी १ अनि हुल बाँधेर कता नि ?
खुश्बु ः ममी , हेर्नाेस् न १ जुनाको हार हराएर हामीलाई समेत टेन्शनमा पारेको छ । खै कसको हात प¥यो १ हामी अहिले जुनालाई भेटेर आइरहेका छौं । रोएर शिथिल भएकी छे । प्रहरीले खोजी कार्य तीव्र पारेको छ भन्दैथिई ।
मेलिना ः हो त नि, मैले जुनालाई लगेर तुरुन्त जाहेरी गरिहालें नि प्रहरी कार्यालयमा ।
एकल महिला ः नानी हो , समय पहिले जस्तो छैन । अहिले गरीबी बढेको छ । बेरोजगार बढेको छ । मानिसको इच्छा,चाहनाहरू बढेका छन् । यस्तो बेला जे पनि हुन सक्छ ।
जरिना ः हजुर, हाम्रो ममी बुवापनि त्यसै भन्नुहुन्छ ।
एकल महिला ः ल, ल तिमीहरू गफ गर्दै गर । म एक छिन आरती सुनेर आउँछु । (प्रस्थान गर्छिन्)
मेलिना ः जरिना, ममता पकौडा बनाऊ त ? कि सबैलाई पास्ता बनाउँ ?
खुश्बु ः पर्दैन मेलिना । हामीले जुनाकोमा चाउचाउ खाएर आएका छौं ।
मेलिना ः चुप लाग् । बल्ल–बल्ल आएका साथीहरूलाई म त्यसै पठाउँछु भन्ठानेका छौ कि क्या हो ? अF बरु साँझ पनि परिसक्यो । खाना बनाउँछु खाएर जाऊ । (तीनैजना एकार्कालाई हेराहेर गर्छन् । ) बरु घरमा फोन गर । फेरि चिन्ता गर्लान् । (मोबाइल उठाएर कसैलाई कल गर्दै) शकील, यता सुन् त । मलाई दुई किलो चिकेन तुरुन्त पठाई दे है । तुरुन्त नि १ फेरि बिर्सेला । (मोबाइल अफ गर्दै) अनि केटीहरू बियर पनि चल्छ होइन त ?
खुश्बु ः छि १ यसले त हामीलाई नाई–नाई भन्दाभन्दै दरै पो खुवाउन सुरसार गरी त १
मेलिना ः के फरक पर्छ त ? आखिर मैले तिमीहरूलाई अहिलेसम्म दर खान बोलाउन पाएकी छैन ।
जरिना ः मेरो त घरमा खाना बनाउने कोही पनि छैन । देवरानी पनि मामा घर गएकी छिन् ।
मेलिना ः भनेपछि घरमा तँ र ज्वाइँ साप मात्रै होइन ?
जरिना ः हो ।
मेलिना ः त्यसो भए ज्वाइँ सापलाई पनि यतै बोलाए भैहाल्यो नि १ खोई फोन लगा म कुरा गर्छु ।
जरिना ः होइन, होइन १ कहाँ जोडी बाँधेर दर खान बोलाइरहनु । बेलुकीको खाना होटलमा नै खाएर जानु होला भनी फोन गरिदिन्छु । ( मोबाइलमा सम्पर्क भएपछि कोठाबाट बाहिर निस्कन्छिन् ।)
मेलिना ः ( कृष सबैलाई सरसर्ती हेरेर कोठातिर बढिरहेकै बेला) कृष, आन्टीहरूलाई नमस्कार गर्नुपर्दैन ?
कृष ः आन्टीहरू सबैलाई नमस्कार ।
मेलिना ः तिमीहरू गफ गर्दै गर है । म चिया बनाएर ल्याउँछु ।
जरिना ः खुश्वु, तैंले याद गरिस् ? हाम्रो छेउमा बस्ने आन्टीले लगाएकी साडीको दाम सो¥ह हजार पर्छ अरे १
खुश्वु ः साडी मात्र ? हातमा बाला देखिनस् ? एउटै बाला डेढ तोलाभन्दा कमको थिएन ।
ममता ः आयल निगमको हाकिमकी पत्नी हुन् किन नलगाओस् त । (यत्तिकैमा मेलिना सबैका लागि चिया लिएर आउँछिन् ।)
मेलिना ः कसको कुरा गरेकी ? हातभरि सुनको बाला लगाउने महिलाको ?
ममता ः हो । खै त्यस्ताको त कसैले नआँटदा रहेछन् । बिचरी, त्यो जुनाले बल्ल–बल्ल एउटा हार जोडेकी थिई त्यो पनि चोरी दियो । ( यत्तिकैमा मेलिनाको फोनको घण्टी बज्छ ।)
मेलिना ः हेलो , को जुना ? अF भन् । के हार भेट्टियो अरे ? कसले चोरेको रहेछ ? ए होटलको सिसिटिभी क्यामेराको फुटेजबाट चोरको पत्ता लागेछ ? ल एकदमै खुशीको खबर सुनाइस् । हामी त यसपालिको तीज तेरै कारणले बोर हुन्छ कि जस्तो लागेको थियो । राम्रो भयो । अF खुश्बु, जरिना, ममता मेरै घरमा छन् । सबैलाई सुनाइदिन्छु । ल, ल । राखें । जुनाको हार भेट्टियो रे १ होटलको सिसिटिभीबाट चोर पत्ता लागेछ । यो सिसिटिभी क्यामेराले पनि अपराध न्यूनीकरणमा ठूलो भूमिका खेलेको छ हगि ?
खुश्बु ः त्यति मात्र होइन, हाम्रो प्रहरी प्रशासन पनि पहिलेको तुलनामा निकै सक्रिय र चुस्त बन्दै गएको छ । दिउँसो हराएको सामान बेलुकी नै फेला पर्नु चानचुने कुरा होइन । प्रहरी प्रशासनको यो सफलताको हामीले मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ ।
मेलिना ः ल, ल चिया पनि पिउँदै गर ।
ममता ः (मोबाइलमा कुरा गर्दै) के ममीको एक्कासि बिपी बढ्यो अरे ? अनि अहिले कस्तो छ ? ल, ल म आएँ । (मोबाइल राखेर) मेलिना, हेर न ममीको एक्कासि बिपी बढ्यो रे १ म चाहिं जानुप¥यो ।
खुश्बु ः हो मेलिना, आजलाई छाडी दे । बरु कुनै दिन बसौंला, रमाइलो गरौFला । घरमा खबरै नगरी आएकी छु म पनि ।
मेलिना ः हो त, म त चिया पिएर सबैजना भान्सामा भिडौंला भनेकी थिएँ । त्यसो भए ठीकै छ । म समय मिलाएर बोलाउँछु नि १ ल १
ममता ः हो, हो त्यसै गरौं । आखिर जुनाको हार पनि पाइहाल्यो । तीजमा मज्जाले छम्छम् नाच्नुपर्छ । ल त अहिलेलाई हामी गयौं । ममीलाई पनि गयौं भनी दे है । (सबैजनाको प्रस्थान) पर्दा खस्छ ।
समाप्त
वीरगंज, पर्सा । मो० ९८४५०३१९६६