प्रस, वीरगंज, १५ साउन/
नारायणी उपक्षेत्रीय अस्पतालमा आज बिहान नागवाबाट आएको युवकहरूको समूहले अस्पताल गाइनो वार्डमा कार्यरत डाक्टरलगायत अन्य कर्मचारीहरूलाई कुटपिट गरेको समाचार प्राप्त भएको छ ।
युवाहरूको कुटाइबाट प्रहरी हवल्दारसहित तीनजना कर्मचारी घाइते भएका छन् ।
नगवाबाट आज बिहान आएको युवा समूहले ड्युटीमा रहेकी गाइनो वार्डकी डाक्टर चाँदनी पाण्डे, स्टाफ नर्स ज्योति चौधरी र सुरक्षा गार्ड अफताब देवान तथा सादा पोशाकमा रहेका प्रहरी हवलदार अखिल खडकालाई हातपात गरी घाइते बनाएका हुन् । घटनाको विषयलाई लिएर आज ११ बजेसम्म अस्प्तालबाट बिरामीलाई दिंदै आएको सबै सेवा कर्मचारीहरूले अवरुद्ध पारेका थिए ।
वीरगंज नगवाकी गर्भवती महिला सायरा खातुनलाई ब्यथा लागेपछि राति नारायाणी उपक्षेत्रीय अस्पताल ल्याइएको थियो ।
अस्पतालमा प्रसूति गराउन ल्याउँदा अस्पतालको गाइनो वार्डमा रहेका स्वास्थ्यकर्मीहरूले डेलिभरीको कुनै लक्षण नदेखिएकोले घर लगे हन्छ, लक्षण देखिएपछि तत्काल अस्पताल ल्याउन भनेपछि खातुनलाई घर फर्काइएको थियो ।
खातुनलाई फिर्ता गरेपछि घर पुगेर उनी प्रसूत भइन् र नवजात शिशुको मृत्यु भयो । त्यही निहुमा खातुनका आफन्त पर्ने युवकहरूले आज बिहान ड्युटीमा रहेका अस्पतालका कर्मचारीहरूलाई हातपात गरेको कर्मचारीहरूले बताएका छन् ।
युवकहरूको समूह आज बिहान एक्कासी गाइनो वार्ड पुगी महिला स्वास्थ्यकर्मीहरूसँग दुव्र्यवहार गर्न थालेपछि उनीहरू भागेर अपरेशन थियटरमा लुकेका थिए । युवकहरूको समूह त्यहीं पुगी अपशव्द प्रयोग गर्दै हातपात गर्न थालेपछि सुरक्ष्Fा गार्डहरू बचाउन खोज्दा समूह उनीहरूमाथि नै खनियो र आपूmहरू जोगिएको स्टार्फ नर्स चौधरीले प्रतीकलाई बताइन् ।
अस्पतालमा हातपात गर्न आएका युवकहरूमध्ये दुई जनालाई सुरक्ष्Fा गार्ड तथा नाउक्ष्Fेमा रहेका प्रहरीले पक्राउ गरी वर्डा प्रहरी कार्यालय बिर्ताको जिम्मा लगाएका थिए ।
नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरञ्जन साह, नारायणी उपक्षेत्रीय अस्पताल कर्मचारी ट्रेड युनियनका अध्यक्ष हरि गुप्ता र अस्पतालका अन्य कर्मचारीहरूको आकस्मिक बैठक बसी पक्राउ परेकाविरुद्ध कानुनी कारबाई गर्ने सहमति भएपछि सेवाग्राहीलाई ध्यानमा राखी अस्पतालको सबै सेवा सुचारु गरेको अस्पतालका मेसु साहले बताए ।
यसैबीच नेपाल चिकित्सक सङ्घका सचिव डा. राजदेव कुशवाहा तथा नारायणी उपक्ष्Fेत्रीय अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष हरि गुप्ता तथा सचिव अच्छेलाल यादवले प्रेस विज्ञप्ति जारी गर्दै कुटपिट गर्ने समूहको पहिचान गरी सबैलाई कारबाई नगरेसम्म आन्दोलनको कार्यक्रम जारी रहने जनाएको छ । अस्पतालमा कार्यरत डाकटरहरूमाथि व्यवहार निन्दनीय रहेको सङ्घले जनाएको छ ।