चन्द्रकिशोर
संसार सिमानाहीन भइरहेको बेला नेपालको दक्षिणी सीमा जो इतिहासको नासोको रूपमा खुला प्राप्त भएको छ, त्यो सीमाका सम्बन्धमा अचेल सीमाञ्चलका बासिन्दाहरूमाझ बहस उठिरहेको छ– अबको सीमाञ्चल सम्बन्ध कस्तो हुनुपर्छ ? नेपालको वा भारतको आँखाबाट सीमाञ्चल सम्बन्ध अब पुरानो सुरक्षा अवधारणाभित्र नअट्ने भएको छ । खुला सीमालाई वरदानको रूपमा कसरी जोगाउने अहिलेको मुख्य चुनौती हो । सीमा क्षेत्रमा देखा परेका जोखिमहरूलाई कसरी न्यून गर्ने, दुवैतिरको कार्यभार हो । सीमा सम्बन्धमा देखा पर्दै गएका अवरोध र त्यसको नियमनका लागि गरिने सैन्य प्रयासको मानसिकताले गर्दा सीमाञ्चल क्षेत्रमा पर्ने सामाजिक–आर्थिक असरहरूबारे अहिले पनि नेपाली पक्षमा चिन्ता र चासो देखिएको छैन । मिडियाका विभिन्न माध्यमहरूबाट जे जति घटनाहरूको बेहोरा बाहिर ल्याइएको छ, त्यसले प्रस्ट गर्दैछ कि सीमाञ्चलका सम्बन्धमा हस्तक्षेप गर्ने गरी केही प्रवृत्तिहरू शक्तिशालीरूपमा उदाइरहेका छन् ।
नेपाल–भारतबीच खुला सीमा प्रणाली छ र यो नै यी दुई मुलुकबीचको सम्बन्धको मौलिक विशेषता पनि हो । दुवै देशका बासिन्दाहरू बिना कुनै रोकटोक जहिले पनि जुनसुकै बेला सीमारेखा वारपार गर्न सक्छन् । एकै व्यक्तिले दिनको कैयौंपटक सीमा वारपार गर्न भ्याउँछन् । मुख्य नाकाहरूमा पनि अभिलेख राख्ने व्यवस्था छैन । यी सब पुराना प्रक्रियाहरू यथावत् हुँदाहुँदै पनि अर्को सत्य के हो भने पछिल्ला वर्षहरूमा दुवैतिर सुरक्षा निगरानी थपिएका छन् । भारतीय क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग मात्र होइन, सीमाञ्चलका प्रखण्ड तहमा पनि विशेष सडक व्यवस्थापनको नीति लिइएको छ । सीमामा मौजुद भारतीय सीमा सुरक्षा बलले आप्mनो निगरानी क्याम्पको दूरी साँघुरो बनाउँदैछ अर्थात् खुला सीमाका प्रत्येक गतिविधि नोटिसमा राख्न चाहन्छ ।
नक्कली भारतीय रुपैयाँको कारोबार गर्नेहरू सीमा क्षेत्रका नेपालीहरू प्रायः हुँदैन थिए, तर सुरक्षा स्रोत अनुसार पछिल्ला वर्षहरूमा यस्ता कारोबारमा यस क्षेत्रका मानिसहरूको बाक्लो संलग्नता भएको पाइन्छ । यो सूचनाले यस क्षेत्रको बदलिंदो मनोविज्ञानलाई देखाउँछ । पहिला सीमा क्षेत्रका बासिन्दाहरू दुवैतिरका लागि अवैतनिक प्रहरीहरू हुन् भन्ने ठम्याइ थियो तर पछिल्ला सूचकहरूले त्यो मनोविज्ञानको पर्खालमा प्वालहरू देखिन थालेको प्रस्टयाउँछन् । अर्थात् जुन क्षेत्रका बासिन्दाहरूको बारेमा सुरक्षा कवचको अवधारणा थियो, अब त्यस्तो स्थितिमा क्षरण आउँदैछ । यस्तै अवस्था पारिपट्टिको पनि छ । दशगजा पारि नेपालीहरूले भोग्नुपर्ने अप्ठ्यारा र असजिलामा मात्र सीमित छैन, उनीहरूका कारणले नेपालभित्र पनि सुरक्षा चुनौती थपिएका छन् । सामाजिक र आर्थिक सुरक्षाका क्षेत्रमा मसिना मसिना कारण र कारकहरू थपिंदै गएका छन् । निश्चितरूपमा यसबाट दुवैतिरका बासिन्दाहरू भुक्तभोगी भइराखेकै छन् ।
सीमामा सुरक्षा सञ्जाल थपिने क्रम र दुवैतिरको समन्वित प्रयासका प्रयत्नहरू भइराखेको भए तापनि मानव तस्करी, हतियार कारोबार, लागूऔषध, सङ्गठित अपराध, बैंक ठगी जस्ता काममा नयाँ नयाँ बाटो र तरिकाहरू अपनाएका सन्दर्भहरू छन् । जातीय उग्रता र अतिवादका प्रेरक पक्षहरू आयातित हुँदैछन् । केही व्यक्तिहरूको तात्कालिक लाभ र सङ्गठित मनसुवाका कारण सीमाञ्चलका आममानिसहरूको जीवन दुरुह बन्दैछ । फेरिंदै गएको परिस्थिति र अप्ठ्याराहरूका माझ दक्षिणी क्षेत्रमा भारतबाहेकका मुलुकहरूको रुचिसमेत आकर्षित भएको छ । नेपाली दक्षिणी क्षेत्रलाई भारतीय प्रभावबाट उन्मुक्त गराउन कतिपय प्रयत्नहरू भइराखेका छन् । यसले पनि सीमाञ्चलको सामाजिकतामा बदलाव आउँदै गएको छ । यहाँको राजनीतिले यहाँको परिवर्तित धरातललाई ठम्याउन सक्नुपर्छ ।
खुला सीमा आप्mना समस्त सबलता र दुर्बलतासहित अहिलेको यथार्थ हो । जहाँ जहाँ अन्तर्राष्ट्रिय सीमा छन्, त्यहाँ आप्mनै खालका विसङ्गत पक्षहरू देखिन्छन्, उब्जिने पनि गर्छन् तर वैश्विकरूपमा नियाल्ने हो भने पनि राजनीतिक सीमाहरूलाई यथावत् सम्मान गर्दै गतिरोधहरू समाप्त पार्ने प्रयत्नहरू भएका छन् । ती परिप्रेक्ष्यलाई मनन गर्दै सीमा खुलारूपमैं उपयोग गर्न सक्ने प्रक्रियाहरू मजबुत बनाउन जरुरी छ । यसका लागि सरकारी प्रयत्नहरू मात्र काफी छैनन् । नागरिक प्रयत्नहरू पनि उत्तिकै हुनुपर्दछ । भारतले सीमाञ्चल क्षेत्रका नेपाली बासिन्दाहरूको असहजता र नेपालले भारतको सुरक्षा संवेदनशीलता बुझिदिन र एकअर्कालाई आश्वस्त तुल्याउन सक्नुपर्छ ।
सीमाञ्चलका दुवैतिरका राजनीति र आर्थिक सङ्गठनहरूबीच नियमित सम्पर्क र संवादका लागि संयन्त्रहरू बनाइनु आवश्यक छ । सीमावर्ती मिडियाले पनि सहजताका लागि पहल गर्न सक्छन् । पटना, लखनऊ वा कोलकातामा बेलाबखत यस्ता कुराहरूको लागि गाइँगुइँ चले पनि ती प्रयत्नहरूले आकार लिन सकिरहेका छैनन् । नेपाली पक्षबाट पनि सीमाञ्चल केन्द्रित प्रयत्नहरूको अभाव देखिन्छ । कतिपय सन्दर्भमा सम्पर्कको अभावमा समेत अफवाह, अविश्वास र असहजताहरू सृजित भइरहेका हुन्छन् । सीमाञ्चलका बासिन्दाहरूको लागि दुवैतिरका नागरिकमा सचेतनाको पनि त्यत्तिकै खाँचो छ । नागरिक प्रयत्नहरू पातलो भएको अवस्थामा सुरक्षा सोच र मान्यताहरू मजबुत हुँदै जान्छ र त्यही नै नीति निर्धारक बन्न थाल्छ । यस्तो परिस्थिति सीमाञ्चलका बासिन्दाहरूको लागि कष्टप्रद हुन सक्छ ।
सीमाञ्चल सम्बन्ध एउटा मुद्दाको रूपमा अगाडि आउनुपर्छ । राजनीतिले सीमा सम्बन्धका सम्भावनाहरूलाई राम्रोसँग प्रयोग गर्न दबाब दिन्छ । समस्यालाई सम्बोधन गर्न र अवसरलाई अधिकतम अनुवाद गर्न पैरवी गर्छ । सीमा क्षेत्रमा सतर्कताका लागि अपनाइनुपर्ने पूर्वाधार, विकास, प्रक्रिया र संयन्त्रका पक्षमा आवाज उठाउँछ । आखिर, पारम्परिक सम्बन्धलाई प्रगतिशील बनाउने एउटा मुख्य औजार राजनीति नै हो र यसले नै बाधाहरूलाई तिरोहित पार्ने काम गर्न सक्छ ।
नेपाल वास्तवमा भारतवेष्ठित देश भन्नुपर्छ । विश्वका अनेकौं भूपरिवेष्ठित मुलुकले कुनै पनि देशको कुनाबाट आप्mनो व्यापार सामुद्रिक पारको देशसँग सञ्चालन गर्न सक्दछ । तर नेपालले चाहिं आप्mनो स्थितिले गर्दा केवल भारतबाट मात्र त्यस्ता व्यापार गर्न सम्भव छ । उसो त उत्तरी नाकाबाट समेत व्यापार गर्ने प्रयत्न भइराखेका छन्, तर त्यसमा अहिले पनि धेरै समय लाग्छ । नेपाल समुद्र पारको व्यापारमा भारतको कोलकाता बन्दरगाह मात्र फाइदाजनक छ । जुन ठाउँ काठमाडौंबाट ८९० कि.मी. टाढा पर्छ । वीरगंज त्यसको लागि मुख्य नाका हो ।
नेपाल र भारतबीचको खुला सीमा भारतको पश्चिम बङ्गाल, सिक्किम, विहार र उत्तर प्रदेशसँग जोडिएका छन् । नेपालीहरू भारत जान र भारतीयहरू नेपाल प्रवेश गर्न कुनै नियन्त्रण, पासपोर्ट तथा भिसाको व्यवस्था छैन । नेपाल–भारतको सिमानाबाट मानिससहित वस्तु वारिपारि गर्न कुनै खास कठिनाइ छैन । नेपाल–भारतबीचमा अति सुमधुर सम्बन्ध हुँदाहुँदै पनि त्यस्तो कुरालाई चटक्कै बिर्सेर सानातिना कुरालाई लिएर मनमुटाव हुन गएको पाइन्छ । त्यस्ता कुरा लामो समयसम्म भने दुवै देशले राखिछाडेका भने छैनन् । दुई देशबीच गतिरोध केही समयसम्म रही रहे पनि दुवैले मिलेर खडा भएका समस्यालाई समाधान पारेका छन् । दिल्ली र काठमाडौंबीच मनमुटाव हुँदा कतिपय बेला त्यसको प्रभाव वीरगंज र रक्सौलको बीचमा देखा परेको छ भने कतिपय बेला असर परेको छैन ।
यो नै यी दुई देशबीचको विशेषता पनि हो ।