– समीर पाख्रिन
गताङ्कको बाँकी
मनबहादुर ः बेलुकीसम्म घर पनि आइपुग्छन् दीपक भान्जा । अहिलेसम्म भान्जाको लागि केटी खोज्न सकिएन दिदी ।
दिदी ः त्यही त । अब केटी त हेरेकै हो नि । कोही पनि लायकको भेटिएन त । एउटी होला होला जस्ती थिई । त्यो पनि बिहान ७ बजेसम्म सुत्दी रहिछे । राति सुत्ने बेलामा गोडामा चिल्लो घस्छे कि भनेको त ऊ त रातभर मोबाइल खेलाएर बस्दी रहिछे । आ अब आएपछि आपैंm खोज्छ ।
मनबहादुर ः अब के गर्ने त । ल म त्यति खबर दिन आएको गएँ ।
दिदी ः पख पख एक क्षण । भान्जा आउँदैछ भनी हालिस् अब भाले काटेर जा ।
मनबहादुर ः ल ल कन्जुस बूढी । जाबो तीस हजार रुपैयाँँ लिएको पनि कागज गराउँछौ ।
समय ः अपराह्न । स्थान ः गाउँको उकालो बाटो ।
दृश्य ः अस्ट्रेलियन नागरिक जेन नेपालको डाँडाकाँडा, उकालीओराली हिंड्न र हेर्न पाएर होली खुबै रमाएकी देखिन्छे ।
दीपक ः जेन दिस इज् माइ बर्थ प्लेस । आइ लभ माइ बर्थ प्लेस भेरी मच् ।
जेनः डिपक भेरी नाइस् एन्ड ब्युटिपूmल प्लेस । आई लाइक इट ।
दीपक ः क्यान यु क्लाइम् द हिल ?
जेन ः ह्वाइ नट आई क्यान ।
दीपक ः माई मदर इज् लिटल बिट कन्जरभेटिभ । वाट एभर सी थिंक्स् एन्ड से प्लीज डोन्ट माइन्ड ओके जेन ।
जेन ः नो प्राब्लेम आई क्यान म्यानेज डिपक ।
दीपक ः लिसन, ह्वेन आई इन्ट्रड्यूज माई मम् । सुन यु ह्याभ टु गो डाउन एन्ड टच् हर फीट ओके ।
जेन ः (वरपर हेर्दै अघि बढिरहेकी छिन) नो प्राब्लेम ।
गाउँलेहरूले डाँडाघरे दिदीको छोरालाई विदेशी केटीसित घरतिर आइरहेको देखेपछि दौड्दै दीपकको घर पुगेर दिदीलाई दीपक एकजना कुइरी केटी लिएर घर आइरहेको बताउँदा दिदी र उनको भाइ दुवै झसङ्ग हुन्छन् । (दिदी चाहिंले भाइतिर शङ्कालु नजरले हेरेर)
दिदी ः ए कान्छा । हैन के भन्छ यो ठूलीको छोराले ? दीपकसँग एकजना विदेशी केटी पनि सँगसँगै आउँदैछिन् भन्छ त ? हैन दीपकले बिहे गरेर ल्यायो कि क्या हो ?
मनबहादुर ः कुन्नी है दिदी । विदेश बस्नेहरूको त ठेगान हुँदैन । बिहे नै नगरी एउटै कोठामा बस्नेहरूको के ठेगान ।
दिदी ः होइन होला । मेरो छोरोले मलाई एक वचन नसोधी बिहे त गर्दै गर्दैन ।
मनबहादुर ः अनि त्यो विदेशी केटी चाहिं को होली त ?
गाउँले ः को हुनु डाँडाघरे दिदीको बुहारी होली नि । उ आइ पनि पुगे ।
(दीपक र विदेशी केटी घरको आँगनमा आइपुग्छन् ।)
दीपक ः (सरासर आएर आमा र मामालाई ढोग्छ । यो देखेर विदेशी केटीले झोला बिसाएर दीपकले भैंm डाँडाघरे दिदी र उसको भाइलाई आलोपालो ढोग्छे ।) जेन सी इज् माई मम् एन्ड हि इज् माइ अङ्कल । (जेनले हतार हतार गोडा ढोक्छे)
दीपक ः आमा ....दर्शन । आमामामा तपाईंहरूलाई सञ्चै छ ? (जेनतिर हेरेर) जेन सीट डाउन । (जेन दीपकसँगै नजिकै बसेको देखेपछि दिदी–भाइको नजर जुझ्छ । यतिन्जेल दीपक र विदेशी केटीलाई हेर्न गाउँलेहरू आँगनमा जम्मा भइसकेका हुन्छन् ।) अनि आमा तपाईंलाई सञ्चो छैन कि कसो ? अनुहार त नियास्रो देख्छु त ? छोरो विदेशबाट आएको आमाको अनुहार यस्तै हुन्छ ?
दिदीः होइन होइन । मलाई खोइ के भॉछ र ? अँ तिमीहरू हातमुख धोइ हाल । म पहिला खाजा बनाउँछु । (दिदी उठेर भित्र भान्सातर्पm जान्छे । जेन र दीपकतिर हेरेर)
जेन ः डिपक योर मम् सिम्सस् नट वेल ।
दीपक ः नो नो सि इज् ओके । कम एन्ड वी फ्रेस् । (नजिकैको धारा भएको ठाउँमा लैजान्छ ।)
समय ः दिउँसो । स्थान ः गाउँको बाटो ।
दृश्य ः दुवैतिरबाट आएका दुइटी महिलाको जम्काभेट हुन्छ ।
महिला क ः कता हिंडेकी कमलीकी आमा ?
महिला ख ः ए म त माथि डाँडाघरे दिदीको छोरो दीपकले विदेशी बुहारी ल्याएको छ भनेको सुनेर हेर्न गएकी ।
महिला क ः होइन होला ।
महिला ख ः होइन भनौं भने गाउँभरि हल्ला भैसक्यो ।
महिला क ः अप्पुई हो र १ अनि बुढिया त छोरोलाई बुहारी खोजेर हिंडिरहेकी थिइन् त ?
महिला ख ः गाउँकी केटीसँग बिहे गर्नुपर्छ भनेर आपैंmले खोजेर बिहे ग¥यो होला नि । विदेश बस्नेको के विश्वास ।
महिला क ः भनेपछि छोरोले बुढियाको सेकी झारिदिएछ । ल म पनि हेल्थपोस्टतिर लागे ।
समय ः अपराह्न । स्थान ः चोटा कोठा ।
दृश्य ः दिदी अभैm पनि अँध्यारो अनुहार पारेर बसेको देखेपछि दीपक उदासीनताको कारण सोध्न नजिकै गएर बस्छ । आमा चाहिंको सेतै फुलेको कपाल सुम्सुमाउँदै)
दीपकः मामु, तपाईंको कपाल सेतै भएछ । अब डाई गर्नुपर्छ है । अनि पहिलेभन्दा बूढी पनि देखिनु भॉछ । म विदेश गएपछि हजुरले धेरै पीर मान्नुभएको जस्तो छ । तर मलाई विदेशमा राम्रो छ हजुरको आशीर्वादले । अब म बिहे गरेर विदेश फर्केपछि हजुरलाई पहिले जस्तो एक्लै बस्नुपर्दैन । बरु बुहारी चाहिं कस्ती हेर्नु
भॉछ नि ? आपैंm जस्तो छुच्छी त हेर्नुभएन ?
(दीपकको कुरा सुनेपछि आँखाबाट बरर्र आँसु झार्दै दीपकलाई अँगालो मारेर केही क्षणसम्म सुकसुकाउँछिन् ।)
दिदी ः त्यसो भए त्यो विदेशी केटी को हो त दीपक ? (भक्कानेको आवाजमा)
दीपक ः (हाँस्दै) ए बल्ल बुभेंm हजुरको उदासीनताको कारण । हजुर जेनसँग झुक्किनुभएछ । जेन त मेरो अफिसको साथी । म बिदा लिएर घर आउने भएपछि ऊ पनि मसँगै नेपाल घुम्न आएकी । गाउँमा एक/दुई दिन बसेर ऊ काठमाडौं फर्कन्छे । अनि एकैचोटि मेरो बिहेमा आउँछे ।
दिदी ः बाबु, मेरो मन बल्ल हलुङ्गो भयो । तेरो मामा–माइज्यू पनि यही भ्रममा परेका छन् । म भात पकाउँदै गर्छु । तँ भेटेर आइज् । (मनबहादुर र बुहारी चाहिं माथि चोटामा नै आइसकेका हुन्छन् ।)
मनबहादुर ः हामीले सबैकुरा सुनिसक्यौं दिदी । हाम्रो पनि भ्रम निवारण भयो ।
कुमारी ः मैले त भनेकै थिएँ नि, हाम्रो भान्जाबाबुले त्यस्तो काम गर्दै गर्नुहुन्न भनेर । अब केटी खोज्न लागि हाल्नोस् ।
दीपक ः अहिलेसम्म केटी खोज्नुभएको छैन ? मेरो बिदा एक महिनाभन्दा धेरै छैन ।
कुमारी ः केटी त दिदी–भाइले नखोजेका कहाँ हो र भान्जाबाबु तर.... । (सबै साङ्केतिक भाषामा सुनाउँदै जाँदा पूर्ववत् घटनाहरू दोहोरिंदै जान्छन् । सबैजना पेट मिचीमिची हाँस्दा हाँस्दै सबै मूर्तिवत् बन्छन् ।) समाप्त