वास्तवमा कामनाहरूको अपूर्ति नै दुःख हो र कामनाहरूको पूर्ति सुख हो । सुख–दुःख परिस्थिति मात्र हो– अनुकूल परिस्थिति सुख हो र प्रतिकूल परिस्थिति दुःख हो । यहाँ चर्चा केवल दुःखको गरिंदैछ ।
हामी सबैको जीवनमा कुनै न कुनै अंशमा कुनै पनि बेला दुःख अनिवार्यरूपले आइ नै रहन्छ, यस कारण यो प्रश्न उठ्छ कि आखिर दुःख के हो ? जब त्यो हाम्रो जीवनमा आउँछ, तब हामी विह्वल हुन्छौं, अधीर हुन्छौं र आपूmलाई अभागी भन्छौं, भाग्यलाई दुत्कार्छौं वा ईश्वरको निन्दा गरी उनलाई निष्ठुर र हृदयहीन भन्छौं ।
तर भाग्य स्वयम्मा त केही होइन । हाम्रो कर्मबाट प्रारब्ध भनौं वा भाग्य भनौं, बन्दछ । यसै कारण भाग्यको के दोष छ ? दोष त हाम्रो र हाम्रो कर्मको नै हो ।
कहिलेकाहीं मानिस यस्तो पनि भन्छ– हामीले जानी–नजानीकन कुनै गलत कार्य गरेका थिएनौं, कसैलाई पनि सताएनौं, तर हामीसँगै किन यस्तो भयो ? यहाँ हामीसँग भूल हुन्छ भने हाम्रो प्रारब्ध केवल यसै जन्मको कर्मको फल होइन, बरु पूर्व जन्म–जन्मान्तरको सञ्चित कर्मको फल हो । त्यसै अनुसार अनुकूल वा प्रतिकूल परिस्थिति हाम्रो जीवनमा आउने नै छ ।
यदि हामी दुःखलाई ईश्वरप्रदत्त सजाय भन्छौं भने त्यो पनि उचित होइन । ईश्वरले आप्mनो मौजमा सृष्टि बनाए र त्यसको एक विधान पनि बनाए । त्यसै विधानबाट समस्त सृष्टि सञ्चालित भइरहेको छ । प्रभु मङ्गलकारी हुन् र उनको विधान पनि मङ्गलमय छ– यसै कारण न त उनलाई दोष दिन सक्छौं, न त उनको विधानलाई नै ।
केही व्यक्ति सुख र दुःखलाई कर्मको फल मान्छन् । तर वास्तवमा कर्मको फल सुख–दुःख होइन । कर्मको फलको रूपमा त परिस्थिति प्राप्त हुन्छ । त्यसमा सुख र दुःख त मनुष्यको भावानुसार हुन्छ ।
‘विवेकशील मनुष्य भयङ्कर परिस्थितिमा दुःखी हुँदैनन् अपितु उसले आप्mनो उन्नतिलाई सम्झेर त्यसको सदुपयोग गर्छ तथा सबै प्रकारका परिस्थितिलाई परिवर्तनशील, अनित्य र अपूर्ण सम्झेर परिस्थितिभन्दा माथिको जीवन प्राप्त गर्नको लागि, त्यससँग असङ्ग हुन्छ ।’
जीवनमा दुःख आयो र त्यसमा हामी विकल भयौं, अधीर हुन थाल्यौं, आपैंmलाई अभागी भन्न थाल्यौं र ईश्वरमाथि दोष थोपर्न लाग्यौं भने यो ‘दुःखको भोग’ हो र सृष्टिको अनिवार्य स्वरूप सम्झिएर सजग र सचेत भयौं भने यसलाई ‘दुःखको प्रभाव’ भनिएको छ । अनिवार्य स्वरूप यो छ कि उदाहरणको लागि यदि कसैको संयोग छ भने अगाडि–पछाडि, कुनै न कुनै समय वियोग हुन्छ नै । कसैको शरीर अमर छैन । सृष्टिमा जोसुकै पनि उत्पन्न हुन्छ, त्यसको नाश पनि हुने नै छ ।
यदि दुःखको भोगी हौं भने दुःख अभिशाप हो । यदि त्यसको प्रभावलाई अपनाउँछौं भने त्यो वरदान हो । यसबाट हाम्रो उत्तरोत्तर विकास हुन्छ र हामी सुख–दुःखबाट अतीत जीवनमा प्रवेश गर्न सक्छौं । दुःखको माङ्गलिक पक्षलाई ‘दुःखको प्रभाव’ भनिएको छ ।
यो कुरा सुनेर सामान्यतः हामी आश्चर्यमा पर्छौं र भन्छौं दुःख वरदान या माङ्गलिक कसरी हुन सक्छ ? तर यही नै सत्य हो ।
जब कसैले दुःखलाई आउनबाट रोक्न सक्दैन, त्यसलाई आउनु छ भने आउँछ नै, कोही जोगिन सक्दैन, तब बुद्धिमानी यसैमा छ कि दुःखको प्रभावलाई अपनाउनुपर्छ ।