$type=ticker$count=12$cols=4$cate=0

स्थानीय सरकारलाई कानुन र तालिमको खाँचो

SHARE:

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    लगभग बीस वर्षसम्म जनप्रतिनिधिविहीन रहेको स्थानीय निकाय अब पूर्ण अधिकारसहित गठन हुँदैछ । ६ प्रदेशमा निर्वाचन भइसकेको छ भने २ न. प्रदेशको २ असोजमा हुँदैछ । निर्वाचन भएर स्थानीय सरकार गठन भइसकेको क्षेत्रको लागि यो अवसर हो भने निर्वाचन हुन बाँकी एउटा चुनौती नै छ । किनभने मिति तय गरिए पनि जुन कारणले पहिले चुनाव रोकियो त्यो अद्यापि ज्यूँका त्यूँ छ । यसर्थ २ असोजमा चुनाव हुन्छ कि हुन्न भन्ने कुरा निश्चित छैन । जे होस् ढिलोचाँडो सबै स्थानीय सरकार गठन हुन्छ । अहिलेको स्थानीय सरकार विगतभन्दा निकै पृथक र शक्तिशाली छ । जसको सही सदुपयोग गर्न सक्नुपर्छ । होइन भने पछि ठूलो चुनौती सिर्जना हुन सक्छ । पहिलेका स्थानीय निकाय स्वायत्त भए पनि माथिको आदेश र कानुनबाट निर्देशित थियो भने अहिलेको स्थानीय तहले व्यवस्थापकीय, कार्यपालिकीय र न्यायपालिकीय प्रमुख अधिकार संवैधानिकरूपले पाएको छ । यो भनेको मिनी सिंहदरबार नै हो । अर्थार्जन गर्ने, बजेट विनियोजन गर्ने, कानुन बनाउने र विकास गर्ने अधिकार जनप्रतिनिधिमा निहित बनाइएको छ । केही विवादमा न्यायिक अधिकार पनि जनप्रतिनिधिमा छ । केन्द्र सरकारले हरेक कुरामा निर्देशन दिनुपर्ने आवश्यक छैन । कार्यालयदेखि कर्मचारीसम्मको सन्दर्भमा निर्णय गर्ने अधिकार स्थानीय तहको प्रतिनिधिमा संविधानले दिएको छ ।
    प्रारम्भिक अवस्थामा स्थानीय जनप्रतिनिधिले के गर्ने, केन्द्र सरकारले कस्तो सम्बन्ध र व्यवहार राख्ने इत्यादि कुराले दीर्घकालसम्म प्रभाव पारिरहन्छ । यसर्थ अहिलेको स्थानीय जनप्रतिनिधि विगतको जनप्रतिनिधिजस्तै हरेक कुराको लागि केन्द्रकै निर्देशनमा हिंडन बाध्य छैन ।
अहिलेको केन्द्रले पहिलेजस्तो हरेक कुरामा निर्देशन दिनु संवैधानिकरूपले नै आवश्यक छैन । केन्द्रले चुनाव गराइसकेपछि सङ्घीय कानुन बनाई कानुन अनुसारको भूमिका निर्वाह गर्न पूर्ण छुट दिनुपर्छ । जनप्रतिनिधिले पनि अब आप्mनो निर्णय सिंहदरबारले गरेजस्तै मान्य हुने हुँदा हतारमा, कुरा नबुझी गर्नु उचित छैन । किनभने अहिलेको जनप्रतिनिधिले गर्ने निर्णय भनेको स्थानीय व्यवस्थापिकाले बनाएको कानुन हो । जुन हर हालतमा पालन हुनैपर्छ । हतारमा पालन हुन नसक्ने वा दीर्घकालसम्म प्रतिकूल प्रभाव पार्ने निर्णय गर्नुहुँदैन । कानुन र संविधानको मर्म बुझ्दै नबुझी निर्णय गर्नु भन्दा केही समय अझ पर्खंदा उचित हुन्छ । बजेटले थेग्नै नसक्ने किसिमको निर्णय गरेपछि न कार्यान्यन हुन सक्छ, न चुनौती नै हटन सक्छ । किनभने अहिले नै निर्वाचित जनप्रतिनिधिहरूले गरेका केही निर्णयले चिन्ता निम्त्याएको छ । जस्तै बाटो  नभएको ठाउँमा एम्बुलेन्स खरिद गर्ने निर्णय किमार्थ समय सापेक्ष छैन । राजमार्ग वा सहायक राजमार्ग क्षेत्रभित्र पर्ने जग्गामा पार्क बनाउने निर्णयले राम्रो सङ्केत दिएको छैन । सामाजिक भत्ता एकैपटक पाँच हजार गरेर सधैंको लागि पु¥याउन सहज हुँदैन । गाउँलाई मदिरा निषेधित क्षेत्र बनाउनु घरेलु हिंसा रोक्ने विकल्प भए पनि त्यसले व्यापारमा पार्ने असरलाई पनि विचार गर्नैपर्छ । बैंकबाट भत्ता दिने कार्य रोकी घरघरमा नगद भत्ता वितरण गर्ने कार्य जनमैत्री भए पनि यसबाट हुने भ्रष्टाचारलाई पनि गम्भीरतापूर्वक लिनैपर्छ । सानोतिनो मागको लागि राजधानी धाउने काम विगतकै परम्परा हो । जसले पाएको अधिकार पनि खोसिन सक्छ ।
    पहिलेको जिल्ला विकास समितिले गाविस कार्यालयलाई दिने गरेको निर्देशन सरहको निर्देशन गर्ने अधिकार अहिलेको जिल्ला समन्वय समितिलाई छैन । यसर्थ जिल्ला समन्वय समितिले गठित स्थानीय सरकारलाई कुनै निर्देशन दिनुभन्दा संवैधानिक हकअधिकारलाई ध्यानमा राख्नैपर्ने हुन्छ । पहिलेजस्तो बाधा अडकाउ फुकाउलगायत काममा पनि केन्द्रमा पत्राचार गर्ने परिपाटीमा विचार पु¥याउनुपर्ने समय आएको छ । पहिलेको सचिवजस्तै गाउँपालिका वा  नगरपालिकाको कार्यकारी अधिकृत पनि मन्त्रालयले नै खटाउने वा पठाउने वा सरुवा गर्ने सोच सङ्घीयमैत्री होइन । अहिले पनि केन्द्र सरकारले नै कर्मचारी खटाउने काम गरेको देखिन्छ भने निर्देशन लिनेदिने गरिएको छ । यसबाट के देखिन्छ भने सङ्घीय संरचनाको सरकार गठन भए पनि हाम्रो सोच र प्रवृत्ति एकात्मक नै छ । जसले सङ्घीयतालाई सङ्कुचित पार्न सक्छ । यसको प्रमुख कारण पर्याप्त कानुनको अभाव र तालिम नहुनु हो । यसर्थ यस्ता चुनFैती हटाउन केन्द्र सरकारदेखि स्थानीय जनप्रतिनिधि सम्मलाई तािलम दिनु आवश्यक छ ।         सङ्घीयतामुताबिक सम्पूर्ण कानुन बनाएर स्थानीय सरकारसँग केन्द्र र प्रदेश सरकारको कस्तो भूमिका र सम्बन्ध हुनुपर्छ भन्ने तालिम दिनुपर्छ । स्थानीय तहका जनप्रतिनिधहरूको के अधिकार र दायित्व छ । कस्तो भूमिका निर्वाह गर्नुपर्छ । व्यवस्थापकीय भूमिका कसरी निर्वाह गर्ने ? कसरी र कुन हदसम्म न्यायपालिकीय र कार्यापालिकीय भूमिका निर्वाह गर्ने सन्दर्भमा तालिम दिनु जरुरी छ । कानुन बनाउने भूमिका सबैभन्दा महŒवपूर्ण भएकोले हरेक गाउँपालिकामा कमसेकम एउटा कानुनी सल्लाहकारको नियुक्ति आवश्यक छ । जसले हरेक निर्णयलाई कानुनसम्मत बनाउन सहयोग गर्छ । न्यायिक भूमिका निर्वाह गर्दा पनि मदत मिल्छ । यसर्थ अविलम्ब कानुन बनाई जनप्रतिनिधिले काम थाल्नुभन्दा पहिले विज्ञहरूलाई झिकFई तालिम दिलाउनुपर्छ । जनप्रतिनिधिलाई तालिम दिनु नौलो विषय होइन । विदेशमा मन्त्रालय तोक्दा कि सम्बन्धित मन्त्रालयको विज्ञलाई दिइन्छ कि तालिम दिएर प्रत्याभूत गरिन्छ । मोदी गुजरातका मुख्यमन्त्री छँदा विज्ञबाट तालिम गराएर मात्र कसैलाई मन्त्री बनाउँथे । जसले गर्दा गुजरातले विकास ग¥यो भने अहिले त्यही सूत्र पूरा भारतमा लागू छ र सफल पनि देखिएको छ ।
    यसको प्रमुख कारण प्रणालीको विकास हो, सफलतापूर्वक शासन सञ्चालन गर्ने कला हो । अहिले हामी गणतन्त्र तथा सङ्घीयतामा प्रवेश गरेका छौं । जुन हाम्रो लागि अवसर हो तर यसको सदुपयोग भएन भने भोलि यही अभिशाप बन्न सक्छ । पछि विभेद उत्पन्न हुने, धान्नै नसक्ने अवस्था आयो भने पूरा प्रणाली नै असफल हुन सक्छ । जस्तै अहिले अन्य क्षेत्रमा एक हजार सामाजिक सुरक्षा भत्ता छ तर कुनै स्थानीय सरकारले ५ हजार दिएपछि नागरिकबीच असमान अवस्था सिर्जना हुन सक्छ । विभेद भएको आवाज उठन सक्छ । जसले बन्द–हडतालजस्ता पुराना रोग पुनः प्रतिस्थापित हुन सक्छ । यस्ता कुरामा कानुनी स्पष्टता भएन भने पछि  केन्द्र, प्रदेश र स्थानीय सरकारबीच विवाद हुन सक्छ । स्थानीय सरकारकै सन्दर्भमा केन्द्र र प्रदेश सरकारमा विवाद उत्पन्न हुन सक्छ । यस्ता चुनौतीलाई हटाएर नै स्थानीय सरकारको कार्यान्वयन आवश्यक छ । आशा गरौं स्थानीय सरकारको संवैधानिक एवं कानुनी भूमिकाका लागि तालिमका साथै आवश्यक कानुनको अविलम्ब व्यवस्था होला ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : स्थानीय सरकारलाई कानुन र तालिमको खाँचो
स्थानीय सरकारलाई कानुन र तालिमको खाँचो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgg_lzxH2Y7ar56SkXqRjgVI6U-6QupWW_HfDjBxPvnOcERTxmFiRxMZt15JKVVT8ON89c79pjotw7dOR5hsJK7gK7IKXo200V-2CCLwEyqfiZWF42H27zFjZHTSO0JSfWzkW4r8zs-1H3t/s200/birendra+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgg_lzxH2Y7ar56SkXqRjgVI6U-6QupWW_HfDjBxPvnOcERTxmFiRxMZt15JKVVT8ON89c79pjotw7dOR5hsJK7gK7IKXo200V-2CCLwEyqfiZWF42H27zFjZHTSO0JSfWzkW4r8zs-1H3t/s72-c/birendra+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/07/blog-post_269.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/07/blog-post_269.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy