प्रस, वीरगंज, १३ असार/
वडालाई अधिकार प्रत्यायोजन भएपछि वीरगंज महानगरपालिकाको आन्तरिक बजेट प्रभावित भएको छ।
आव २०७३/०७४ को अन्तिमतिर आएर वार्षिक आन्तरिक बजेट प्रभावित भएको राजस्व शाखाले जनाएको छ ।
वडाहरूलाई अधिकार प्रत्योजन गरिएपछि महानगरपालिका कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको र सोसँगै आन्तरिक राजस्व पनि प्रभावित भएको राजस्व शाखा प्रमुख मनोज कर्णले बताए । उनले एकीकृत सम्पत्ति कर, नक्सा पास, घरजग्गा कर, चारकिला प्रमाणित, व्यवसाय करलगायत करहरू महानगरपालिकाले असुल उपर गर्दै आएकोमा कर नतिरेकाहरूलाई सेवासुविधाबाट वञ्चित गरिंदै आएको कारण कर तिर्ने काममा विगतमा जागरुकता देखिए पनि अहिले आएर वडापालिकामा परिणत भएर महानगरपालिकामा केन्द्रित अधिकारहरू वडापालिकामा विकेन्द्रित भएपछि राजस्व पनि प्रभावित भएको हो । वडापालिकाले गर्ने सिफारिसहरू राजस्व तिरे, नतिरेबारे खासै खोजिनीति नगरिदिंदा कर तिर्ने मनोवृत्तिमा कमी आएको राजस्व प्रमुख कर्णले बताए ।
उनले चालू आवको जेठ महिनामा २ करोडको हाराहारीमा आन्तरिक राजस्व सङ्कलनको लक्ष्य लिएकोमा १ करोड मात्र सङ्कलन हुन सकेको बताए ।
उनले यही अवस्था विद्यमान रहे यस वर्ष आन्तरिक राजस्व २० करोड राखिएकोमा केही अपुग हुन सक्ने सङ्केत गरे । हालसम्म आन्तरिक राजस्व १५ करोडको हाराहारीमा मात्र सङ्कलन हुन सकेको छ ।
यसैगरी नगरपालिकाले बाह्य अनुदान सहयोग गरी १ अर्ब ४५ करोड ४७ लाख राजस्व सङ्कलनको लक्ष्य राखेकोमा अहिले ११ महिनामा कुल ७६ करोड ८० लाख ८६ हजार राजस्व सङ्कलन हुन सकेको छ ।
वीरगंज महानगरले जेठ महिनामा घरजग्गाबाट रु ३ लाख ८० हजार, बहालकरबाट रु २ लाख ४२ हजार, व्यवसाय करबाट रु ३ लाख ५० हजार, सम्पत्ति करबाट रु ४४ लाख १५ हजार, माइधिया पोखरी, विन्दवासिनी पोखरीबाट रु साढे १० लाख, नक्सा पास जरिवानाबाट रु ३ लाख २३ हजार, नक्सा पास दस्तुरबाट रु १३ लाख ४८ हजार र चारकिला प्रमाणितबाट रु १ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ ।
वीरगंज महानगरमा २७ वडा छन् र सबै वडाबाट प्रवाह गरिने सेवाबाट राजस्व प्रभावित नहोस् भनेर आगामी वर्षदेखि नयाँ नीति अख्तियार गरिने राजस्व प्रमुख कर्णले बताए ।
उनले राजस्व तिरेकोलाई सेवा दिने कुरामा संवेदनशील हुँदै राजस्व नतिर्नेहरूलाई राजस्व तिर्नको लागि अभिप्रेरित गर्ने गरी वडासचिवहरूलाई जिम्मेवार बनाउनेतर्पm होमवर्क भइरहेको बताए ।