$type=ticker$count=12$cols=4$cate=0

धानको बीउ ब्याडमैं सुक्न थाल्यो

SHARE:

प्रस, ठोरी, १५ असार/
    असार १५ गते मङ्गलवारका दिन देशका विभिन्न भागमा दही–चिउरा खाँदै खेतमा धान रोपाइँ भइरहँदा पर्साको सुदूरपश्चिमका ग्रामीण भेगका किसानहरूको भने धानको बीउ ब्याडमैं सुक्न थालेको छ भने कतै अहिलेसम्म व्याड नै राख्न पाएका छैनन् ।
    मानो रोपेर मुरी फलाउने समयमा यस क्षेत्रका किसानहरू भने टन्टलापुर घाम छल्न चौतारामा दिन बिताउन बाध्य छन् । आकाशे पानीको भरमा धान खेती गर्दै आएका यहाँका किसानहरू समयमा पानी पर्न नसकेपछि धानखेती गर्नबाट वञ्चित भएका हुन् । असार महिनाको मध्यभागमा आइपुग्दा पनि पानी पर्न नसकेपछि यहाँका किसान चिन्तित बनेका छन् ।
    सिंचाइ सुविधा नभएको निर्मलबस्ती, सुवर्णपुर तथा ठोरीका कृषकहरूले राखेको धानको बीउ ब्याडमैं सुक्न थालेको छ । निर्मलबस्ती, सुवर्णपुर लगायत केही स्थानमा बोरिड्ढो व्यवस्था गरी विगतमा धान रोपाई हुँदै आएको भए पनि यस वर्षदेखि बोरिङबाट पनि पानी आउन छाडेको स्थानीय अमर निर्दोषले बताए । साबिक निर्मलबस्ती गाविसको निर्मलबस्ती, नयाँबस्ती, विजयबस्ती र मालीबस्ती गरी झन्डै ६ सय बिघा जग्गमा धान खेती हुँदै आएको छ ।
    एकातर्फ धानको बीउ हुर्किसकेको र अर्काेतर्फ ब्याडमैं सुक्न थालेको निर्मलबस्तीका स्थानीय कृषक हेमबहादुर श्रेष्ठले बताए । “यस क्षेत्रका किसानले असार महिनाको मध्यसम्म धान रोपाइँ गरिसक्थे”–अर्का कृषक सञ्जय श्रेष्ठले भने–“तर यो वर्ष पानी पर्ने छाँटकाँट अहिलेसम्म छैन । ब्याडमैं बीउ सुक्न थाल्यो । धानखेती गर्न सुविधा सम्पन्न सिंचाइको व्यवस्था अहिलेसम्म छैन । निर्मलबस्तीभरि ३ वटा बोरिङबाट धान रोप्दै आएका थियौं । तर बोरिङबाट पनि पानी आउन छाड्यो ।”
धानको बीउ राख्न पाएनन्
    यता ठोरीका कृषकहरू भने पानी नपर्दा अहिलेसम्म धानको बीउ राख्न पाएका छैनन् । धानको बीउ राख्न खनजोत गरी ब्याड तयार गरी राखे पनि पानी नपर्दा धान छर्न नपाएको स्थानीय कृषक कृष्ण पौडेलले दुःखेसो पोखे । धान रोपिसक्ने समयमा ठोरीका कृषकहरूले धानको बीउसमेत छर्न नपाए पछि चिन्तित बनेका छन् ।
मकै खेतीमा पनि असर
    लामो समयदेखि पानी पर्न नसक्दा ठोरीका मकै किसानहरूलाई समेत असर परेको छ । भर्खर घोगा लाग्न शुरु भएको मकैको बोट सुक्न थालेपछि उत्पादनमा ¥हास आउने भन्दै यस क्षेत्रका किसानहरू चिन्तित बनेका हुन् । स्थानीय कृषक प्रेम कुँवर भन्छन् –“शुरुशुरुमा मौसम राम्रै थियो । यो वर्ष ठोरीमा मकै उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको थियो । तर मकैको घोगा लाग्ने समयमा पानी पर्न नसक्दा मकैको बोट सुक्दै गएको छ । जसले गर्दा मकै उत्पादनमा ¥हास आउने भयो ।”
    पानी नपर्दा ठोरीका स्थानीय किसानले लगाएको मकैसमेत सुक्न थालेको छ । धानजमरा लागेर मकैको घोगा लाग्ने समयमा पानी नपर्दा मकै बोटमैं सुक्न थालेपछि मकै खेती गरेका स्थानीय कृषक चिन्तित बनेका हुन् ।
प्रस, पथलैया/
    धान दिवसको अवसर पारेर जिल्ला कृषि विकास कार्यालयले बिहीवार डुमरवानामा धान रोपाइँ कार्यक्रम
गरिएको छ ।
    डुमरवानास्थित समाज सुधार कृषि सहकारी संस्थाको समन्वयमा कृषि बिकास कार्यालयले रोपाइँ कार्यक्रमको आयोजना गरेको हो । कार्यालयले प्रत्येक वर्ष डुमरवानामा रोपाइँ कार्यक्रम आयोजना गर्दै आएको छ ।
    कार्यक्रमको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले उद्घाटन गरेका थिए । उद्घाटनपछि स्थानीयले रोपाइँ शुरु गरेका थिए । यस अघि आयोजित उद्घाटन कार्यक्रममा प्रजिअ मानन्धर, जिल्ला समन्वय समितिका प्रमुख भरत ढुङ्गाना, महिला तथा बालबालिका कार्यलयकी प्रमुख अञ्जु ढुङ्गाना, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका सञ्चालक डा. कृष्ण पौडेल, जिल्ला कृषि कार्यालयका प्रमुख शिवरत्न साहलगायतले मन्तव्य व्यक्त
गरेका थिए ।
    कार्यक्रममा प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीलगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रममा रोपाइँपछि सामूहिक दहीचिउरा खाएर धान दिवस मनाइएको थियो । समाज सुधारका अध्यक्ष नारायणदत्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण व्यवस्थापक रवीन्द्रराज भण्डारीले गरेका थिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : धानको बीउ ब्याडमैं सुक्न थाल्यो
धानको बीउ ब्याडमैं सुक्न थाल्यो
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/06/blog-post_612.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/06/blog-post_612.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy