$type=ticker$count=12$cols=4$cate=0

डोम बस्तीका १०० भन्दा बढी बालबालिका शिक्षाबाट बञ्चित सरोकारवाला निकायको बेवास्ता

SHARE:

जीतलाल श्रेष्ठ, निजगढ, १ असार/
    ‘शिक्षा पाउनु सबै नागरिकको नैसर्गिक अधिकार हो’, ‘शिक्षाबाट कोही बञ्चित नहोऊन्’ — यो राज्यको नारा हो । तर डोम बस्तीमा शिक्षाको ज्योति अहिलेसम्म पुग्न सकेको छैन ।
    बाराको सदरमुकाम कलैया उपमहानगरपालिका–४ स्थित रामपुर टोलमा रहेको डोम बस्ती यसैको प्रत्यक्ष उदाहरण हो । जुन बस्ती जिल्ला अदालत बारा, जिल्ला विकास समितिको कार्यालय नजिकै छ । यो बस्ती जिल्ला प्रशासन, जिल्ला शिक्षा कार्यालयभन्दा पनि धेरै टाढा छैन । सदरमुकाम भित्रै रहेको डोम बस्तीका दर्जनौं बालबालिकाहरू शिक्षाको उज्यालो घामबाड वञ्चित हुँदै आउनुमा कसको गैरजिम्मेवारीपना हो । यस बस्तीको दुरवस्थाले सबैको मन दुःखित बनाइरहेको छ ।
    जिल्ला विकासको लागि जिम्मेदारजिल्ला विकास समिति, शिक्षाको विकास गर्ने जिल्ला शिक्षा कार्यालय, बस्ती व्यवस्थित गर्ने उपमहानगरपालिका यी सबै सरोकार राख्ने निकायहरूको पनि निगरानी राख्ने जिल्ला प्रशासन कार्यालय, बाराको समेत यस बस्तीमा ध्यान जान सकेको देखिंदैन ।
    यस बस्तीमा ५ वर्षदेखि माथि २० वर्षदेखि मुनिका ३०/४० जना बालबालिका, किशोरकिशोरीहरू छन् । यिनीहरू चाहेर पनि विद्यालय जान सकिरहेका छैनन् । निरन्तर राम्रो आम्दानी नभएकोले बालबालिकाहरूलाई विद्यालय पठाउन नसकिएको बस्तीका अधिकांश अभिभावकहरूको भनाइ छ ।
    “बेला–बखत कोही व्यक्ति बस्तीमा आउँछ । सबै सोधेर, टिपेर जान्छ । तर महिनौं, वर्षौं बिते पनि फर्केर आउँदैन”—उनीहरू भन्छन् ।
    विद्यालय पठाए पनि दलित भनेर हेप्ने गरेकैले यस बस्तीका बालबालिकाहरू स्कूल जान नमानेको बस्तीका धेरैको भनाइ छ ।
    सदरमुकामभित्र त्यसमाथि पनि उपमहानगरपालिकाभित्रको यस बस्तीको दुरवस्था यस्तो छ भने जिल्लाका विभिन्न स्थानमा रहेका अन्य डोम बस्तीको अवस्था झन् कस्तो होला ?
    यस बस्ती वरिपरिका बालबालिकाहरू बिहान किताब–कपी बोकेर विद्यालय जाँदै गर्दा यस बस्तीका बालबालिकाहरू टुलुटुलु हेर्ने गर्छन् । कलैया, जीतपुर, डुमरवाना, सिमरा, निजगढलगायत अन्य स्थानमा छरिएर रहेका यस समुदायका एक सयभन्दा बढी बालबालिका, किशोरकिशोरी शिक्षाबाट वञ्चित छन् । चेतनाको कमीले सानै उमेरमा विवाह गरिदिने चलनले उमेर नपुग्दै सन्तान जन्माउँदा कतिपय किशोरीहरूको ज्यानै जानेसम्मको घटना समेत हुने गरेको छ ।
    अभिभावकहरूको भरपर्दो आय स्रोत नभएका कारण पनि उनीहरू विद्यालय जानबाट बञ्चित हुनुपरेको हो । अभिभावकहरूकैं चासो नभएका कारण शिक्षाबाट यस बस्तीका बालबालिकाहरू वञ्चित हुनुपरेको एकथरी स्थानीयहरूको भनाइ छ ।
    मूल सडकबाट करिब दुई सय मिटर भित्र गुजमुज्ज परेको यस बस्तीसम्म जान बाटो छैन । विद्युत् प्राधिकरणले मिटर उपलब्ध नगर्दा हुक लगाएर चोरी–बिजुली बाल्नु परिरहेको शान्ति मल्ली बताउँछिन् । सडक, शिक्षा, बिजुलीजस्ता राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट नै वञ्चित हुँदै आइरहेको उनीहरूको गुनासो छ । “संविधानमा जे लेखिए पनि हामीलाई व्यवहारमा राज्यबाटै विभेद गरिएको छ”—  बस्तीका एकजना युवकले भने ।
    शौचालय, खानेपानीको समेत उचित ब्यवस्था यस बस्तीमा छैन । डेढ दर्जन टहरा रहेको यस बस्तीमा चुनाव ताका अधिकांश सबै राजनीतिक दलका नेता, कार्यकर्ता भोट माग्न आउँछन् । विभिन्न दलका नेता, सक्रिय कार्यकर्ताहरू भोट माग्न पहिले डोमबस्तीमा पुग्ने भन्दै तँछाडमछाड गर्छन् । “भोट माग्ने बेलामा सबै ब्यवस्था मिलाइदिन्छु भन्छन् । तर चुनाव सकिएपछि कसैले वास्ता गर्दैन”– उनीहरूको गुनासो छ ।
    यस बस्तीका बालबालिकाले न आज सम्म शिक्षा पाउन सके, न बस्तीलाई राज्यले व्यवस्थित बनायो । फुसको खरको छानोमुनि ओत लाग्नु उनीहरूको विवशता बन्दै आएको छ । जसले गर्दा यस बस्तीको दिनचर्या निक्कै कष्टकर छ ।
    खुला आकाशमुनि खाना पकाउनु  उनीहरूको वाध्यता हो । वर्षामा छानो चुहिएर रातभरि जाग्राम मात्र हैन, आँधी, हुरि, बतास र झरिमा उनीहरूको खाना पकाउने, खाने कुनै ठेगान हुँदैन । यस्तो बेला साना बालबालिकाहरू समेत भोकभोकै सुत्ने गरेका उनीहरू बताउँछन् ।
    ओढारमा बस्ने लोपोन्मुख सूचीमा रहेका राउटेहरूको जीवनभन्दा कम कष्टकर छैन यिनीहरूको जिन्दगी । यिनीहरूको न खेतवारी छ न भरपर्दो रोजगार नैं । पुख्र्र्यौली सीप, पौरखबाट बेत, बाँसका चोयाबाट पंखा, ढक्की, नाङ्लो जस्ता घरायसी काममा प्रयोग हुने सामान तयार गरी बिक्री गर्ने गर्छन् ।
    सरकारी कार्यालय, नगरपालिका, उपमहानगरपालिका कार्यालय र हाट बजारमा सरसफाइ र फोहर मैला उठाउने र फाल्ने कामबाट प्राप्त हुने रकमले नै जीवन गुजारा गर्दै आइरहेका छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : डोम बस्तीका १०० भन्दा बढी बालबालिका शिक्षाबाट बञ्चित सरोकारवाला निकायको बेवास्ता
डोम बस्तीका १०० भन्दा बढी बालबालिका शिक्षाबाट बञ्चित सरोकारवाला निकायको बेवास्ता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiHAFJYaxAmkBoru7GO1zDtOVhg0gjPRzEAd7YWY4zyXnb5qv7yFeXxX9KCYmUaLEo6MsaEh2oMchvP8xrn6G93WnLbzFHziiJ7S4P1xl2DcLvVleqg8EVG-W4MAr-FyV45WZwPOYADZH3t/s200/dom+balbalika.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiHAFJYaxAmkBoru7GO1zDtOVhg0gjPRzEAd7YWY4zyXnb5qv7yFeXxX9KCYmUaLEo6MsaEh2oMchvP8xrn6G93WnLbzFHziiJ7S4P1xl2DcLvVleqg8EVG-W4MAr-FyV45WZwPOYADZH3t/s72-c/dom+balbalika.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/06/blog-post_597.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/06/blog-post_597.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy