$type=ticker$count=12$cols=4$cate=0

धान दिवस ः दही चिउरा र दहीचिउरे

SHARE:

सञ्जय साह मित्र
    नेपाल कृषि प्रधान देश हो । यहाँ कृषि विकास मन्त्रालय पनि रहेको छ । यहाँका अझै पनि अधिकांश नागरिक कृषिमा आश्रित छन् । धेरै उद्योग र व्यवसाय पनि कृषिमैं आधारित छ । कृषि र यससँग सम्बन्धित उद्योग र व्यवसायको देशको अर्थतन्त्रमा निकै ठूलो योगदान रहेको छ । अहिले पनि नेपाली समुदायमा कृषि व्यवसायलाई सर्वोत्तम व्यवसायको रूपमा मानिन्छ । तर कृषि व्यवसायले भने अझै सन्तुष्टि दिन सकेको छैन । कृषिमा तिनीहरू लाग्दछन् जो अन्यत्र कुनै काममा सफलता प्राप्त गर्दैनन् भन्ने विश्वास छ । ग्रामीण समुदायमा पनि कृषिप्रतिको यो उपेक्षाभाव पाइन्छ । कुनै न कुनै रूपमा यस प्रकारको अप्रत्यक्ष उपेक्षाले माथि–माथिसम्म स्थान प्राप्त गरेको देखिन्छ । यसै कारणले कृषि क्षेत्र आकर्षक हुन सकेको छैन । कृषिलाई अझ आकर्षित कृषि क्षेत्रसँग सम्बन्धित दिवसहरू मनाउन जरुरी छ ।
    आज धान दिवस हो । राष्ट्रिय धान दिवसको रूपमा असार १५ लाई मानिन्छ । नेपालमा सबैभन्दा बढी भात मन पराइन्छ । करिब सबै नेपाली भात मन पराउँछन् । कृषिमा पनि सबैभन्दा बढी खेती धानकै गरिन्छ । धानको खेती सबैभन्दा बढी हुने र नेपालीहरूले मन पराउने भात हुनाले नेपालले धान दिवस मनाउनु साँच्चीकै उपयुक्त र सान्दर्भिक छ । पहाड र तराईमा धान उब्जनीको क्षेत्र निकै ठूलो छ तर अपेक्षित उत्पादन हुन सकेको छैन । अपेक्षित उत्पादन नहुनुमा राज्यको दहीचिउरे नीति जिम्मेवार रहेको आरोप लाग्ने गरेको छ । नेपाली वैज्ञानिकहरूले धानको अनेक जातको विकास गरेका छन् । कम पानीमा हुने जातदेखि धेरै पानीमा हुने जातसम्मको धानको विकास गरेका नेपाली वैज्ञानिकहरूको काम साँच्चै प्रशंसनीय र उदाहरणीय छ तर धानको बीउ वितरणदेखि नै दहीचिउरे राजनीति शुरु हुन्छ । अधिकांश मानिस कुनै न कुनै रूपमा कृषिमा आधारित रहेको देशमा यथार्थमा कृषि सामग्री उत्पादनको लागि व्यवस्थित उद्योग छैन । रासायनिक मनको त झन् उद्योग नै छैन । कृषि सामग्रीदेखि मलसम्म अन्य देशबाट आयात गर्नुपर्छ । समयमा नेपाली किसानको खेतमा पुग्न पाउँदैन । मल र कृषिको मिलन हुन धेरै समय खेर गएको देखिन्छ । धानमा रोग लागेर किसानलाई सताउने गरेको छ । विदेशबाट ल्याइएका विभिन्न प्रकारका रासायनिक मल र औषधिहरूले एकातिर खेत बिगारिरहेको गुनासो निरन्तर सुनिन्छ । यस प्रकारका समस्याहरूबाट नेपाली किसानले तत्काल पार पाउने उपाय देखिन्न तर पनि धान दिवसको निकै महŒव रहेको छ ।
    धान दिवसले नेपाली किसानको उत्साह बढाएको छ । नेपाली किसानको उत्साह बढाउने कुरा निकै सकारात्मक छ । यो अझै देखावटी हुन पुगेको छ । सर्वसाधारण नेपाली किसानसम्म धान दिवस पुग्न अझै बाँकी छ । जुन रूपमा नेपाली किसानको लागि धान दिवस मनाउन थालिएको हो, यसको उद्देश्यमा पुग्न अझै केही वर्ष लाग्ने देखिन्छ । केही वर्षमा यसको उद्देश्यमा पनि परिवर्तन हुनु आवश्यक छ । अथवा धान दिवसले सार्थकता प्राप्त गर्दै गएपछि नेपालका अन्य उत्पादनहरूको दिवस पनि मनाउनु पर्ने हुन्छ । अहिले धान दिवसको सार्थकता नेपाल धान उत्पादनमा आत्मनिर्भर बन्नु हो । नेपाल धान उत्पादनमा आत्मनिर्भर बन्न नसक्दा विदेशबाट आयात भइरहेको छ । धान र चामल दुवै विदेशबाट आउँदा धान दिवसले हामीलाई आत्मनिर्भर बन्ने प्रेरणा दिइरहेको छ । धान दिवस दहीचिउरे बन्न नपाओस् । यो हाम्रो संस्कृति बनोस् । केही हदसम्म बन्दै गएको पनि छ । यस दिनलाई केही शिक्षित किसानहरूले सार्थक बनाउने कार्य गरिरहेका पनि छन् । यस अर्थमा पनि कृषि क्षेत्रमा शिक्षित र सचेत मानिसहरूको प्रवेश आवश्यक छ । आप्mनो माटोमा सुहाउँदो खेती गर्न र खेतीलाई निर्वाहमुखी बनाउनेभन्दा व्यावसायिक बनाउन कृषिमा अत्याधुनिक उपकरणको प्रयोग र उत्पादनलाई हानिरहित बनाउनु आवश्यक छ । अहिलेको बजारमा पाइने धेरै उत्पादनमा आवश्यकताभन्दा बढी रासायनिक मल र रासायनिक औषधिको प्रयोग गरिएको सुनिन्छ । यसको वैज्ञानिक परीक्षण हुनु आवश्यक छ । हामीले उत्पादन गर्ने वा अरूको उत्पादन किन्ने गर्छौं तर त्यसको शुद्धतामा ध्यान दिन सकेका छैनौं । शुद्धता त हाम्रो आप्mनो उत्पादनमा हुनु आवश्यक छ । नेपाली नागरिकले खाने अन्नको शुद्धता पनि नेपाली अन्नको शुद्ध उत्पादनबाट मात्र सम्भव छ । यतातिर पनि नेपाल र नेपालीको ध्यान जान आवश्यक छ । यसमा जति ढिलो गर्छौं उति धेरै हाम्रो औसत आयु र रोग प्रतिरोधात्मक क्षमता प्रभावित भइरहन्छ । हाम्रो समृद्धिलाई समेत प्रभावित बनाइरहन्छ । स्वस्थ उत्पादन र उत्पादनमा आत्मनिर्भर नेपालीको पहिचान बन्ने दिशामा धान दिवसले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सकोस् ।
    असार पन्ध्र नेपाली जनजीवनमा दही चिउरा खाने दिनको रूपमा पनि विस्तार पाइरहेको छ । यो पनि निकै सकारात्मक कुरो हो । धानको उत्पादन चिउरा र दूधबाट बनेको दही गरी दुवै नेपालकै उत्पादन हुन् । दुवैको उत्पादन अहिले पनि गाउँघरमा हुन्छ । यसले एकातिर धानबाट बन्ने चिउरालाई प्राथमिकता दिएको छ भने अर्कोतिर गाउँघरमा पशुपालन गर्ने कृषकलाई उत्पादनसित जोडेको छ । चिउराले कृषिबाट उत्पादित उद्योग र दहीले कृषिकै अर्को पाटो पशुपालनलाई आधार मानेकोले दही चिउरा खाने दिवसको महŒव रहेको छ । धान दिवस, दही चिउरा दिवस भन्नु एक अर्कामा आश्रितभन्दा पनि खासमा धेरै भिन्न छैन । दुवै कृषिसित सम्बन्धित छन् । दुवै आप्mनो ठाउँमा निकै महŒवपूर्ण छन् । दुवैले कृषक र कृषिको सम्मान बढाएका छन् । दुवै सम्मानित भएका छन् । कृषि प्रधान देशमा यस प्रकारका दिवसहरू जनस्तरमा पनि हुनु जरुरी छ । दहीचिउरा खाने दिनले एक अर्थमा संस्कृतिको रूप ग्रहण गर्न लागिरहेको छ । पहाडमा काम गरेर फर्केका वा सामाजिक सञ्जालमा पकड राखेका शिक्षित समुदायमा दही–चिउरा दिवस संस्कृतिको रूपमा स्थापित हुन थालेको छ । यसमा उति सारो देखावटीपन नभएको, तडकभडक नहुने र शरीर–स्वास्थ्यलाई फाइदा गर्ने हुनाले पनि यस संस्कृतिको विस्तार जनस्तरसम्म हुन थालेको हो ।
    दही चिउरा दिवस मनाइरहेको बेला देशमा दही–चिउरेहरूको कमी छैन । दही चिउरेहरू सर्वत्र छन् । दहीचिउरे प्रवृत्तिले समाज विषाक्त बन्दै गएको छ । दहीचिउरेहरूलाई चिन्नै नसकिने होइन तर माथिदेखि तलसम्म दहीचिउरेहरूको बिगबिगी भएकोले समाजलाई बेफाइदा पुगेको छ । दहीचिउरेहरूले समाजलाई बिगारिरहेका छन् । दहीचिउरे राजनीतिकर्मी, दहीचिउरे बुद्धिजीवी र दहीचिउरे कार्यकर्ताहरूले गर्दा सबै क्षेत्र अस्तव्यस्त बनेको छ । दही चिउरा दिवसको सकारात्मक विस्तार भएजस्तै दहीचिउरेहरूको साम्राज्यको पनि विस्तार भइरहेको छ । दहीचिउरेहरूको मनोबल बढिरहेको छ । दहीचिउरेबिना कुनै पनि काम सम्पन्न गर्न निकै कठिन हुँदै गएको छ । यस प्रकृति र प्रवृत्तिको विकास र विस्तार भइरहेको सर्वसाधारणलाई अनुभूत भइरहेको भए पनि केही गर्न सकिने अवस्था छैन । देशमा दहीचिउरे प्रवृत्ति दिनानुदिन बलियो हुँदै गएको छ । अबको समयमा स्वतन्त्र बुद्धिजीवीहरूले यस प्रकारको दहीचिउरे प्रवृत्तिलाई कम गराउनेतर्फ भूमिका खेल्नु आवश्यक छ । यदि दहीचिउरेहरूको उत्साहलाई कम गर्ने प्रकृतिका कार्यहरू व्यावहारिकरूपमैं थालिएन भने बुद्धिजीवीहरूले समाजमाथि अन्याय गरेको ठहरिन्छ । वास्तवमा दही चिउरा खानु जति आवश्यक छ त्यत्तिकै महŒवपूर्ण दहीचिउरेहरूको चरित्रको पर्दाफास गर्नु पनि छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : धान दिवस ः दही चिउरा र दहीचिउरे
धान दिवस ः दही चिउरा र दहीचिउरे
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhnqgjYDOhQhzLqysU3Ae77n6myTWX9PSKknnHL2ph2-j4DhjBSMI6P-GRnjjStkhS8FL-BFL_0g5iwTLHn2xx3tcSLYFILDcCLUIFh3vh8V89xf8w_N2_MJwcLrlIpCXduO54uQAzlrF9U/s200/sanjay+mitra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhnqgjYDOhQhzLqysU3Ae77n6myTWX9PSKknnHL2ph2-j4DhjBSMI6P-GRnjjStkhS8FL-BFL_0g5iwTLHn2xx3tcSLYFILDcCLUIFh3vh8V89xf8w_N2_MJwcLrlIpCXduO54uQAzlrF9U/s72-c/sanjay+mitra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/06/blog-post_595.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/06/blog-post_595.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy