प्रस, वीरगंज, १५ असार/
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको चुनावमा राजपा सहभागी नभएपछि पछुताइरहेको बताएका छन् ।
नेकपा एमाले जिल्ला कार्यसमिति, पर्साले आयोजना गरेको इद मिलन समारोहमा बोल्दा नेता नेपालले राष्ट्रिय जनता पार्टी नेपाल अब पछुताएर केही नहुने, धैर्यधारण गरी ५ वर्ष कुर्न आग्रह गरे । एमालेको विचारको कारण देशभरिमा एमालेको पक्षमा परिणाम आइरहेको दाबी गर्दै नेता नेपालले विगतको चुनावमा ४६ प्रतिशत र अहिले चुनावमा १० प्रतिशत गरी ५६ प्रतिशत सिट सङ्ख्या हुने दाबी गरे ।
विभिन्न पार्टीप्रति कटाक्ष गर्दै नेता नेपालले जनताको सम्पत्ति लुटने माओवादी तथा देश बेच्ने, लुटने काङ्ग्रेसको हविगत तपाईंहरूको सामु छ भनी बताए । उनले चुनाव परिणामले एमालेलाई जनताले अत्यधिक विश्वास गरेको बताए । एमाले सर्वहारा वर्गको पार्टी रहेको र जनता र देशको पक्षमा निर्णय गर्दै आएको कारण जनताले स्वीकार गरी मत दिएको बताए ।
नेकाका अधिकांश नेता भ्रष्टाचारी रहेको आरोप लगाउँदै नेता नेपालले काङ्ग्रेस सरकारमा रहँदा राष्ट्रिय सम्पत्ति बेचेको बताए । कार्यक्रममा बोल्दै नेता नेपालले प्रदेशको चुनाव कात्तिक र मङ्सिर महिनामा हुने निश्चित भएको दाबी गरे । प्रदेश र संसदीय निर्वाचनमा एमालेले पूर्ण बहुमत ल्याएर सत्ता बागडोर सम्हाल्ने बताए ।
एमाले क्षेत्रीय सभापति उस्मान हवारीको सभापतित्वमा शुरु भएको कार्यक्रममा सांसद नागेन्द्र चौधरी, रामचन्द्र साह, जयप्रकाश थारू, दिनेश राई, डा. विश्वम्भर शर्मा, श्याम बन्जारा, मनोज चौधरीलगायतले धारणा राखेका थिए भने कार्यक्रम सञ्चालन बृजलाल पासवानले गरेका थिए ।