प्रस, वीरगंज, १४ असार/
एमालेनिकट लोकतान्त्रिक मधेसी सङ्गठन, पर्साका अध्यक्ष सुन्दर कुर्मीले पार्टी परित्याग गरेका छन् ।
बुधवार वीरगंजमा पत्रकार सम्मेलन गरी कुर्मीले ३० वर्षको कम्युनिस्ट यात्रा परित्याग गरी सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेशको घोषणा गरेका थिए । उनले स्थानीय निर्वाचनमा आपूm मेयर पदको दावेदार भएको र आप्mनो नामसमेत जिल्ला कमिटीबाट सिफारिस भएकोमा पछिल्लो समयमा नेशनल मेडिकल कलेजका सञ्चालक महम्मद बसरुद्दीन अन्सारीलाई आर्थिक लेनदेनमा एमाले प्रवेश गराएर पार्टीले मेयरको उम्मेदवार घोषणा गरेकोले आपूmले पार्टी परित्याग गरेको प्रस्ट्याए ।
एमाले, पर्साले कुर्मीलाई भर्खरै जिल्ला कमिटी सदस्य मनोनीत गरेको थियो । बसरुद्दीन अन्सारीको मेयरमा टिकट निश्चित भएपछि कुर्मीलाई जिल्ला कमिटी सदस्यको जिम्मेवारी सुम्पिएको थियो । पार्टी परित्याग घोषणा कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष सांसद लालबाबू राउत गद्दी, जिल्ला अध्यक्ष प्रदीप यादव, प्रह्लाद गिरीलगायतको सहभागिता थियो ।
यसैगरी पर्सागढी गाउँपालिका अन्तर्गत हरपुर वडामा सङ्घीय समाजवादी फोरम नेपालले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विभिन्न दल परित्याग गरेकाहरू सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए ।
नवप्रवेर्शीहरूलाई जिल्ला अध्यक्ष प्रदीप यादवले पूmलमाला लगाइ स्वागत गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य मोहनलाल चौधरी, प्रह्लाद गिरी, सुन्दर कुर्मी, जीतेन्द्र यादव, रामबढई यादव, अशोक यादव, अधिवक्ता हरिहर साह कानुलगायतले मन्तव्य व्यक्त गरेका थिए ।