$type=ticker$count=12$cols=4$cate=0

स्थानीय सरकारको खर्च व्यवस्थापनको सान्दर्भिकता

SHARE:

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    नयाँ संविधान मुताबिक सातवटा प्रदेश सरकार, एउटा केन्द्र सरकार र सात सयको हराहारीमा स्थानीय सरकार गठन हुने तरखरमा छ । माघ ७ गते भित्रमा उपरोक्त सम्पूर्ण सरकार गठन हुने निश्चित छ । अहिलेको स्थानीय सरकार भनेको स्थानीय निकाय मात्र होइन । यो आफैंमा स्थानीय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका पनि हो । प्रान्तीय सरकार भनेको पनि सातवटा छुटै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हो । यो संरचनाले वास्तवमा सिंहदरबार र विगतको नारायणहिटीमा रहेको शक्ति हरेक गाउँपालिका र महानगरपाकिा, उपमहानगरपालिका र नगरपालिकामा हस्तान्तरण गरेको छ । जसले वास्तविकरूपमा जनतालाई अधिकार सम्पन्न मात्र बनाउने होइन, आप्mनो घरदैलोमैं बसेर आप्mनो शासन आफैं गर्ने ठूलो अवसर पनि हो । केही विषयमा गाउँपालिकालाई कानुन बनाउने अधिकारसमेत रहेकोले कानुनको लागि पनि काठमाडौंको मुख ताक्नुपर्दैन । आप्mनौ घरदैलोको जनप्रतिनिधिलाई भन्दा कानुन बन्न सक्छ । आप्mनो गाउँ, टोल वा समाजको विकासका लागि बजेट खोज्न पनि काठमाडौं जानुपर्दैन । आप्mनै गाउँपालिका प्रतिनिधिलाई भनेर छुट्याउन सकिन्छ । अहिलेको बजेटले पनि स्थानीय तहलाई करोडौं बजेट दिएको छ । जसले गर्दा गाउँमैं विभिन्न कार्यक्रम गर्दा विकासका साथै रोजगारको पनि सिर्जना गर्न सकिन्छ । आप्mनो गाउँलाई शहर बनाउन सकिने, औद्योगिक क्षेत्र, पर्यटकीय क्षेत्र, बजार, बाटोघाटो स्वास्थ्य, शिक्षालगायत विकास गर्न सकिन्छ, जसले समृद्धिको मार्ग खुल्छ । यसर्थ अधिकार, विकास, समृद्धि, सेवा सुविधा, शासन, रोजगारलगायत दृष्टिले वर्तमान संरचना सकारात्मक छ । जसलाई सदुपयोग गर्न सक्नुपर्छ । संरचना जति विकासमैत्री भए पनि खतरनाक पनि उत्तिकै छ । किनभने प्रधानमन्त्री एवं सभामुखलगायतले प्रयोग गर्ने सरहको अधिकार गाउँपालिका अध्यक्षले पाउँछ । ती अध्यक्ष जनमैत्री विकासमैत्री छैनन्, लोकतान्त्रिक मानसिकताका छैनन् भने सबै भताभुङ्ग हुन सक्छ । सामन्त, प्रतिगामी, विभेदी, भ्रष्टाचारी, तस्करको हातमा अधिकार गयो भने पहिलेको भन्दा पनि दुःख पाउन सकिन्छ । अहिलेको संरचनाले कम पूँजी भएको व्यक्ति अध्यक्ष्F निर्वाचित हुने अवस्था देखिन्न । उम्मेदवार जति नै बौद्धिक र विकासप्रेमी भए पनि खर्च गर्ने हैसियत छैन भने निर्वाचित हुन सक्दैन । जसले लाखौं करोडौं लगानी गरी चुनाव जित्छ, उसले सेवाभन्दा लगानी निकाल्ने प्रयास गर्छ । पैसाले मत साटनेहरू जनप्रतिनिधले जे गर्दा पनि आलोचना गर्न सक्दैनन् । यसर्थ हामीले मतदान गर्दा होश पु¥याउनुपर्ने अवस्था छ । हाम्रो मत हाम्रै लागि घातक नहोस् भन्ने सोच्नुपर्छ । अहिले पार्टीहरूले पनि छानीछानी पैसावालालाई उम्मेदवार बनाउँदैछन् । पैसावालालाई नै बढी टिकट दिने उद्देश्यको पछाडि चुनावमा बढी खर्च होस् भन्ने हो । जसले जनताको अधिकारमा कुठाराघात हुन सक्छ । यसर्थ कसले कति खर्च गर्छभन्दा पनि को बढी जनताको लागि काम गर्न सक्छ, त्यसलाई  छान्नुपर्छ । कसले व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकाको भूमिका उचित निर्वाह गर्न सक्छ । त्यसलाई छान्नु नागरिकको कर्तव्य हो । विगत जस्तो नहोस् । मधेस कै जनताले छानेको प्रतिनिधि, मधेसीमाथि गोली बर्संदा विरोध गरेनन् । मधेसीकै मत दुरुपयोग गरी गोली चलाउनेलाई ऊर्जा प्रदान गरे । अहिलेको चुनाव भनेको मधेसीलाई उपेक्षा गर्नेलाई बाइलटबाट जवाफ दिनु पनि हो । सधैंको बन्द–हडताल, विरोध, काटमारभन्दा पनि मतदानद्वारा शक्तिशाली बन्नु पनि हो । यसर्थ वर्तमान चुनाव एउटा अवसर हो । जसको उपयोग गर्न सक्नुपर्छ । वर्तमान संरचना जनमैत्री देखिए पनि पहिलेको तुलनामा दशौं गुणा बढी खर्चिलो छ । न्युन आयस्रोत भएको मुलुकमा ह्वातै खर्च बढनु ठूलो चुनFैती हो । जसको उचित व्यवस्थापन गरिएन भने उपलब्धि जोखिममा पर्न सक्छ । वर्तमान संरचना अभिशाप बन्न सकछ । यसर्थ सरकार एवं निर्वाचित हुने वा निर्वाचित भइसकेको जनप्रतिनिधिले खर्च व्यवस्थापनको भरपर्दो उपाय रोज्नुपर्छ । अनुभव छैन भने विज्ञबाट तालिम लिनुपर्छ । अनुभवीलाई अवसर दिनुपर्छ । गुजरातको मुख्यमन्त्री हुँदा नरेन्द्र मोदीले आप्mनो मन्त्री बनाउँदा तालिम दिने गर्थे जसले भूल नहोस् गलत निर्णय नहोस् । यसर्थ मलाई लाग्छ पहिलेको मेयरभन्दा अहिलेको मेयरको भूमिका एकदमैै संवेदनशील भएकोले निर्वाचित हुनेले विकास, अधिकारको प्रयोग एवं खर्च व्यवस्थापन विज्ञबाट तालिम दिलाउन सक्नुपर्छ । सङ्घभित्रको उद्योग, कृषि, खनिज प्राकृतिक सम्पदाको सदुपयोगको सन्दर्भमा खासै बहस तथा अन्तक्र्रिया भएको छैन । यो ठूलो चिन्ताको विषय मात्र होइन, सङ्घीयता असफल हुने एक खाले जोखिम पनि हो ।  सांसदको सङ्ख्यामा एक ताका बहस चुलिएको थियो तर कति सांसद राख्दा राज्यले कति खर्च गर्नुपर्छ भन्ने छलफल भएन । एउटा सांसदमा राज्यले कति खर्च गर्नुपर्छ त्यसको हिसाब गरेर तोक्दा जोखिमरहित हुन सक्छ । सङ्घीयता विकासको लागि आवश्यक भए पनि हचुवाको भरमा निर्णय गर्दा जोखिम बढन सक्छ । ६ सय १ बाट एक सय पैंसठ्ठीमा सांसद सङ्ख्या झारिएको छ । मितव्ययिताको दृष्टिकोणले यो सकारात्मक भए पनि भूतपूर्व पदाधिकारीहरूको आजीवन सेवा सुविधामा वृद्धि हुँदैछ । गाउँपालिका मेयरले गाडीसम्म खरिद गर्ने अधिकार छ । जसले खर्च बढाउँछ । संसदीय विकासको नाममा बजेट छुटयाउनु खर्च बढने सङ्केत हो । सङ्घीयतामा यसको चरम दुरुपयोग हुन सक्छ जसको व्यवस्थापनमा विचार गर्न जूरी छ ।
अहिलेको जस्तै लापरवाही र हचुवा तरिकाले काम हुने हो भने सङ्घीयता घाँडो बन्न सक्छ । अर्थशास्त्रको नियम हो आपूर्ति बढ्यो भने महँगी कम हुन्छ तर यहाँ आपूर्ति बढे पनि महँगीले आकाश छोएको छ । यतिखेर धान, मकै, कोदो, गहुँ, फापरलगायत खाद्यान्नको आपूर्ति बढी छ, तथापि महँगी अत्यधिक छ । सरकारी तथ्याङ्क अनुसार नेपाली बजारमा ३ लाख ३५ हजार ७ सय ५७ टन खाद्यान्न बढी छ । दाल आवश्यकता भन्दा ३१ हजार टन बढी छ । तथापि मूल्यमा गिरावट आएको छैन, न हुने सम्भावना नै छ । यसको प्रमुख कारण सरकारको उदासीनता हो । सरकारी अनुगमनको अभावले कृत्रिम अभाव सिर्जना गरिन्छ भने बिचौलियाहरू नेपाली बजारमा हावी छन् । सिन्डिकेट तथा बिचौलियाले महँगी नियन्त्रण हुन नसकेको यथार्थ भए पनि यिनीहरूको बिगबिगी हुनुमा सरकारी लापरवाही जिम्मेवार छ । उपभोक्ताहित विपरीतका कार्य बढे पनि रोक्ने पहलको सा¥है अभाव छ । यस्तै उदासीनता सङ्घीयतामा पनि रहने हो भने सङ्घीयताको कुनै अर्थ रहँदैन । एकात्मक शासनमा प्रशासन कडा हुन्छ जसले गर्दा अनियमितता कम हुन्छ तर यतिखेर एकात्मक शासनमा नै अनियमिता र भ्रष्टाचारमा मुलुकले अन्तर्राष्टियस्तरमैं कुख्याति कमाएको छ । सङ्घीयतामा यो अझ बढने सम्भावना छ । यसलाई कसरी नियन्त्रण गर्ने, बहसको खाँचो छ ।
    अर्थशास्त्रका प्रकाण्ड विद्वान्हरूले आर्थिक विकासको लागि वर्तमान आर्थिक मोडेलको विकल्प खोजेका छन् । वर्तमानको मिश्रित अर्थ व्यवस्थाको साटो पूँजीवादी, कम्युनिस्ट वा निरङ्कुश मोडेलमध्ये कुनै एक मोडेललाई अपनाउने बताएका छन् । तर मोडेलले मात्र आर्थिक विकास सम्भव हुँदैन । राजाको शासनमा निरङ्कुश मोडेल पनि अभ्यास भएको हो र २०४६ देखि पूँजीवादी मोडेल, तर खासै प्रगति भएन । संविधानसभा निर्वाचनपछि प्रत्यक्ष नभएपनि कम्युनिस्ट मोडेलमैं देश अगाडि बढेको छ । भारतको सबै प्रान्तमा एउटै मोडेल छ, तर गुजरातले जति उन्नति अरूले गर्न सकेको छैन । रूस र चीनमा एउटै मोडेल छ तर चीन दिन दुगुना प्रगति गरेको छ भने सोभियत सङ्घ विघटन भभइसक्यो । अमेरिका र बेलायतमा एउटै मोडेल हो तर विकासमा पछाडि छैनन् । भारतको बिहारमा लालू यादव र नीतीशको कार्यकालमा उही मोडेल थियो तर नीतीशको पालामा थोरै समयमा धेरै विकास भयो । यसबाट आर्थिक मोडेल होइन, दक्ष र दूरदर्शी नेतृत्वको खाँचो प्रस्ट हुन्छ ।
    अहिले नेतृत्व चयन गर्ने जुन अवसर जनतालाई प्राप्त भएको छ, त्यसको सदुपयोग गरौं । कम्युनिस्ट मोडेलमा तल्लो स्तरबाट विकासको आरम्भ हुने गरेझैं । आप्mनो गाउँ आफैं बनाउँ अभियान कम्युनिस्ट मोडेल हो तर प्रगति खासै छैन । गरिब दिन प्रतिदिन गरिब हुँदैछ, भने पूँजीपति अझ धनाढ्य हुँदैछन् । कम्युनिस्ट सरकारमा गरिबले महँगी झेल्नु र उद्योगपतिलाई भ्याट फिर्ता, ऊर्जामा अनुदानलगायत सहुलियत पाउनु कम्युनिस्ट मोडेल विपरीत हो । कालो बजारीलाई प्रोत्साहन दिन कुनै पनि मोडेलले अनुमति दिंदैन । कम्युनिस्ट सरकारमा  भ्रष्टाचार र अनियमितता  बढनु र कालो बजारी अपराधमा सजाय कम हुने कानुन बन्नु आर्थिक मोडेलको दोष होइन । सरकारको कमजोरी हो । यसर्थ मोडेल नै सबै थोक होइन । आर्थिक विकासमा नेतृत्वको स्पष्ट दृष्टिकोण हुनु पर्छ भने आर्थिक विकासमा सबै जिम्मेवार बन्नुपर्छ । राजनीतिक नेतृत्वसँग स्पष्ट भिजन पनि अपरिहार्य छ । ऊर्जा सङ्कट हटाउने तथा राजनीतिक स्थायित्व हुनैपर्छ । वैदेशिक लगानी आकर्षित गर्न सक्नुपर्छ । भारतको बिहारले थोरै समयमा प्रगति गर्नुको पछाडि यही कारण देखिन्छ । यस्ता महŒवपूर्ण विषयबारे अद्यापि छलफल हुन नसक्नु सङघीयता असफल बनाउने अभीष्ट हो ।
    तर सबैको अडान तथ्यपरक र वस्तुगत देखिन्न । जसले जति सङ्ख्याको आधार प्रस्तुत गरे पनि उसले प्रस्ताव गरेको सङ्ख्याको प्रदेशमा कति खर्च आवश्यक पर्छ र कति खर्च कसरी प्रदेश वा केन्द्रले प्रबन्ध गर्न सक्छ ? सांसदकै सङ्ख्याको कुरा गर्दा कति सांसदमा कति खर्च लाग्छ र प्रदेशमा कति विधायक र मन्त्रीको आर्थिक भार वहन गर्न सकिन्छ भन्ने न वस्तुगत विश्लेषण हुन सकेको छ, न विगतको खर्चको तुलना नै गरिएको छ । मन्त्रीको पनि खर्चको हिसाब निकाल्न सकिन्छ । केन्द्रको एउटा मन्त्रीमा कति खर्च हुन्छ, प्रदेशको मन्त्रीमा कति खर्च हुन्छ । त्यस खर्चको हिसाबले राज्यले कतिजना मन्त्री बनाउन पाउने ? केन्द्रमा कतिसम्म मन्त्री बनाउने भन्ने कुराको निक्र्योल संविधानद्वारा निर्दिष्ट हुनु राम्रो हो । यद्यपि संविधानले पचीसभन्दा बढी मन्त्री नबनाउने व्यवस्था गरेको छ, तर पहिलो सरकारमा नै संविधानको उल्लङ्घन गरी चालीसभन्दा बढी बनाइयो । यसले सङ्घीयतामा मन्त्री सङ्ख्या अहिलेभन्दा पनि बढी हुने निश्चित छ । यसका साथै मन्त्री, सांसदहरूको सुविधा कति हुने ? गाडी, घरलगायत सुविधा पाउने कि नपाउने, सल्लाहकार पिए, स्वकीय सचिव राख्न पाउने कि नपाउने, राख्यो भने के कति तलब भत्ता दिने ? भत्ता कसले कति लिने ? अहिलेकै जस्तो तलब भत्तामा ब्रह्मलुट गर्ने हो भने आर्थिक भारकै कारण कतिपय प्रान्त थोरै दिनमा टाट पल्टिन बेर लाग्दैन । यसर्थ सङ्घीयतामा हुने खर्चबारे घनीभूत छलफल तथा बहस जरुरी छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : स्थानीय सरकारको खर्च व्यवस्थापनको सान्दर्भिकता
स्थानीय सरकारको खर्च व्यवस्थापनको सान्दर्भिकता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjmhxvxpLouR7nNHdu6VcwzauDSHlln6mRd44-Qcb8c6QW1rII1mHA3aF6fscidHABGcQ2nTCJjGVSeXIgO0O6mMmwchwFRBMprsv_piY_IiZB19msM9ZGMxO0NcT7chbOFXsCfTulW4r17/s200/birendra+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjmhxvxpLouR7nNHdu6VcwzauDSHlln6mRd44-Qcb8c6QW1rII1mHA3aF6fscidHABGcQ2nTCJjGVSeXIgO0O6mMmwchwFRBMprsv_piY_IiZB19msM9ZGMxO0NcT7chbOFXsCfTulW4r17/s72-c/birendra+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/06/blog-post_289.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/06/blog-post_289.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy