प्रस, पथलैया, १६ असार/
शहरी विकासमन्त्री प्रभु साहले असन्तुष्ट राजपालाई सहभागी गराएर असोज २ मा दुई नम्बर प्रदेशको निर्वाचन गरिने बताएका छन् ।
गृह जिल्ला रौतहट जानेक्रममा प्रेस सेन्टर नेपाल बाराले सिमरा विमानस्थलमा आयोजना गरेको पत्रकार भेट कार्यक्रममा बोल्दै मन्त्री साहले असोज २ गतेभन्दा अगाडि निर्वाचनको मिति सार्न सम्भव नभएको बताए। उनले दोस्रो चरणको निर्वाचन सकिएपछिको समयमा असन्तुष्ट दललाई सहमतिमा ल्याएर दुई नम्बर प्रदेशको निर्वाचन गरिने बताए ।
“दुई नम्बर प्रदेशको निर्वाचन अघि सार्न अब सम्भव छैन, अब असन्तुष्ट दल राजपालाई सहमतिमा ल्याएर असोज २ मा निर्वाचन हुनेछ ।” राजपा अध्यक्ष महन्थ ठाकुरसँगै एकै विमानमा सिमरा आएका मन्त्री साहले भने,“समय पर्याप्त छ, राजपासँग सहमति गर्न सकिन्छ । चुनाव अघि सार्नेभन्दा पनि राजनीतिक निकास खोज्नेतर्पm सरकारले पहल गर्नेछ ।”
मन्त्री साहले विशेष आर्थिक क्षेत्र (सेज), द्रुतमार्गसँगै निजगढ नगरपालिकाको टाँगियाबस्तीमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई पनि अब अघि बढाइने बताए । टाँगियाबस्तीको बस्ती र जङ्गलको काठ व्यवस्थापनका विषयमा छलफल भइरहेको भन्दै मन्त्री साहले राष्ट्रिय गौरवका आयोजनामा सरकार गम्भीर रहेको बताए । मन्त्री साहले सिमरा, कलैया, वीरगंज, हेटौंडासहितका सम्भावना बोकेका शहरलाई व्यवस्थित गर्न सरकारले विशेष योजना तयार पारेर अघि बढ्ने बताए ।