लत चाँडै छुट्दैन । कुनै पनि कुराको लत हतपती छुट्दैन । चाहे त्यो दैनिक गरिने खानपिनको दाल, भात र तरकारी नै किन नहोस् । कसैले दैनिक दाल, भात, तरकारी खाने गरेको छ भने उसलाई त्यो नभईकन हुँदै हुँदैन । दिनभरिमा दाल, भात, तरकारी एकपटक नखाँदा के नखाएको, के नखाएको जस्तो हुन्छ । जबकि जुनसुकै भोजनले पनि पेटको भोक मेटाउने काम गर्छ । त्यस्तै, कसैले दैनिक बिहानै चिया पिउने लत बनाएको छ भने उसलाई तोकिएको समयमा चिया नपाउँदा के बिराएको, के हराएको जस्तो हुन्छ । सामान्यतया धेरै व्यक्तिलाई सुर्ती, चुरोट आदिको लत बसेको हुन्छ । त्यस्ता व्यक्तिहरू त सुर्ती, चुरोट सेवन नगरी शौच पनि जान सक्दैनन् । केही मानिस बिहान उठनासाथ रेडियो, टिभी, पत्रिका, अनलाइनमा समाचार हेर्न खोज्छन्, यो पनि एक प्रकारको लत नै हो । आजभोलि मानिसहरूमा मोबाइल चलाउने लत बसेको छ ।
यी लतहरूले मानिसलाई दीर्घकालमा मात्र असर पार्न सक्छ तर नशाजन्य मादकपदार्थ र लागूऔषधले भने मानिसमा तुरुन्त असर पार्छ । यस्तो लतमा परेकाहरूलाई लत हटाउनै गा¥हो हुन्छ । खासगरी लागूऔषधको लतमा हाम्रो समाजका युवाहरू परेका छन् । सुर्तीजन्य पदार्थको सेवनबाट सिको गर्दै लागूऔषधको प्रयोगमा पुगेका युवाहरूको सङ्ख्या देशभरि आकलन गर्ने हो भने विकराल छ । लाखौंको सङ्ख्यामा लागूऔषध सेवनकर्ताहरू पुगिसकेका छन् । यसको लतमा लागेका युवाहरू लत पूरा गर्नका लागि सामाजिक अपराध गर्न पनि पछि पर्दैनन् । चोरी, लुटपिटको घटनामा उनीहरूको संलग्नता बढेको छ । वीरगंजको मात्र कुरा गर्ने हो भने यहाँ साढे १२ सयको हाराहारीमा लागूऔषध प्रयोगकर्ताहरू छन् । लागूऔषधविरुद्धको अभियानमा लागेका विभिन्न सङ्घसंस्थाहरूले यो तथ्याङ्क तयार पारेका हुन् । उनीहरूको नजरबाहिर पनि ठूलो सङ्ख्यामा लागूऔषध प्रयोगकर्ताहरू हुन सक्छन् । वीरगंजमा लागूऔषध सीमापारि भारतको रक्सौल बजारमा सहज उपलब्ध हुँदै आएको छ । अफिमजन्य पदार्थबाट बन्ने लागूऔषधहरू भारतमा बिरामीहरूलाई चिकित्सकको रायसल्लाहबमोजिम बिक्री गर्न छुट छ तर यसको दुरुपयोग भइरहेको छ र यसबाट खासगरी नेपाली युवाहरूमा असर परिरहेको छ । रक्सौलमा लागूऔषध नाइट्रोभ्याट, टिडिजेसिक, नाइट्रोजेपाम, मर्फिन, डाइजेपाम, हाइजेल्याप आदि खुलेआम बिक्री हुने गरेको छ । यसो त यी औषधिहरू चिकित्सकको सुझावमा मात्र बिक्री गरिनुपर्ने हो तर दुव्र्यसनीहरूबाट पाइने मुनाफाले गर्दा चिकित्सकको पुर्जीको माग गरिंदैन । रक्सौलमा अफिमबाट तयार हुने स्म्याकको पनि बिक्री हुन्छ । कुनै बेला खुलेआम ठेक सञ्चालन गरेरै बिक्री गरिने स्म्याक अहिले लुकिछिपी बिक्री भइरहेको छ ।
स्म्याक महँगो भएकोले यसको पहुँच उच्चवर्गमा मात्र छ । त्यसैले वीरगंजको बाटो भएर स्म्याक पोखरा, नारायणघाट, काठमाडौंसम्म पु¥याउने काम हुन्छ । सरकारले सुईबाट लिइने लागूऔषधको कुलत हटाउनका लागि मेथाडोनको प्रयोग शुरू गरेको छ । प्रारम्भमा चार वर्षदेखि मेथाडोन ११ जिल्लामा लागू भएको छ । वीरगंजमा एक महिनादेखि शुरू भएको हो । सुईबाट लागूऔषधको प्रयोग गर्दा निक्कै जोखिमपूर्ण हुन्छ । सुईको लतबाट मुक्त गर्न नसके पनि जोखिम कम गर्नका लागि मेथाडोनको प्रयोग उपयुक्त हुन सक्छ ।