पत्रकारहरूको सुरक्षालाई लिएर नेपाल पत्रकार महासङ्घ र इन्टरनेशनल एलर्टको सहकार्यमा गठन भएको फ्री मिडिया नेटवर्कको दुई दिने अन्तक्र्रिया वीरगंजमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ र इन्टरनेशनल एलर्टको सहकार्यमा फ्री मिडिया नेटवर्क देशभरिको ५ स्थानमा गठन गरेर काम गर्दै आएको छ । खासगरी तराईमा मधेस आन्दोलनपछि स्थानीय पत्रकारहरूको सुरक्षा सवाललाई लिएर सरोकारवालाहरूको सहभागितामा नेटवर्क गठन भएको हो । पत्रकारिता गर्दा हुने असुरक्षालाई न्यूनीकरण गर्ने र पत्रकारहरूलाई सम्भावित दुर्घटना, आक्रमणबाट जोगिन सघाउ पुगोस् भन्ने उद्देश्यले नेटवर्क गठन भएको हो ।
नेपाल पत्रकार महासङ्घको तथ्याङ्क हेर्ने हो समाचार लेखेकै कारण दुर्घटना, आक्रमणका घटना न्यून छन् । कुनै सन्दर्भ विशेषमा असुरक्षाको वातारण सृजना हुने गर्छ यो कुरालाई नकार्न सकिन्न । जस्तै माओवादी जनयुद्धको बेला, लिम्बूवान–खम्बूवान आन्दोलन, मधेस आन्दोलन आदिमा पत्रकारलाई टारगेट बनाएर आक्रमण हुने, दुव्र्यवहार गरिने, धम्की दिने र हत्यासम्म गरिएको घटनाहरू नदेखिएको होइन । अहिले पनि समाचार लेखेको विषयलाई लिएर आक्रमण नहुने होइन । समाचार मात्रलाई लिएर हुने आक्रमणमा पत्रकार महासङ्घ चुप बस्न मिल्दैन । तर पत्रकार मात्र भएको कारण उसमाथि हुने सबै खाले आक्रमणको जिम्मेवारी लिने प्रवृत्तिको विकास भएकोले अहिले नेपालका पत्रकार बढी असुरक्षित देखिएका हुन् । नेपाल पत्रकार महासङ्घको आँकडा हेर्दा समाचारको प्रतिकारमा भएका आक्रमणको घटना कम छ । नेपाल पत्रकार महासङ्घले पत्रकारमाथि हुने आक्रमणको विरोधमा कानुनी बाटो अँगालेको घटना कमै छ । तर धेरैजसो घटना पत्रकारितासँग नभएर, पत्रकारसँग सम्बन्धित हुने गरेकोले विज्ञप्ति, डेलिगेशनबाट साम्य भएको पाइएको छ । वीरगंजमा सम्पन्न नेटवर्कको दुई दिने छलफलमा सहभागी पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य विनोद ढुङ्गेलले पनि समाचार लेखेको आधारमा पत्रकारहरू जोखिममा परेको घटना कमै भएको बताउनु र अर्का सचिव धु्रव लम्सालले विज्ञप्ति जारी गर्न आलोपालो नीति अख्तियार गर्नुले नेपालमा पत्रकारिता गरेको कारण हुने जोखिमका घटना कम भएको कुरालाई पुष्टि गर्दछ ।
पत्रकारहरू पनि आम मानिस सरह हुन् । उनले गरेका क्रियाकलापहरू पनि दोष र गुणको आधारमा मापन हुन्छ भन्ने कुराको ज्ञान नभएर सबै खाले घटनामा विभिन्न खाले दबाबका भरमा पत्रकार भएको नाताले विज्ञप्ति निकाल्ने, डेलिगेशन जाने प्रवृत्तिले विशुद्ध पत्रकारिता गर्नेहरूको मुद्दाले सामाजिक मान्यता पाउन छाडेको छ । पत्रकारहरू स्वतन्त्र हुनै पर्छ, तर नेपालको सन्दर्भमा अहिले ५ प्रतिशत पत्रकार पनि यो दायरामा छैनन् । सबै दलले बनाएको भ्रातृ सङ्गठनमा पत्रकारहरू पनि समावेश छन् । दल विशेषको पक्ष्Fधर पत्रकारहरू पछिल्लो चरणमा आक्रमणको शिकार भएको पाइएको छ, अपवादबाहेक । तसर्थ पहिलो चरणमा पत्रकार र उसले गर्ने पत्रकारितामा पनि सुधार आवश्यक छ ।