प्रस, वीरगंज, १६ जेठ/
विवादित रामजानकी मन्दिरको जग्गामा उच्च अदालत वीरगंजले अन्तरिम आदेश जारी गरेपछि पुनः निर्माण कार्य शुरु भएको छ । हाल वीउमनपा–९, गीता मन्दिरदेखि पूर्वपट्टीको रामजानकी मन्दिरको जग्गामा पिपि इन्भेस्टमेन्ट बैंक ललितपुरले व्यापार प्रयोजनको लागि काम शुरु गरेको हो ।
उच्च अदालत जनकपुरको इजलास वीरगंजले गत चैत १४ गते पुनरावेदनको म्यादसमेत जारी नगरी वीउमनपाको नक्शा बदर निर्णय उत्प्रेषणको आदेशबाट खारेज गर्दै रामजानकी मन्दिरकी संरक्षिका सुशीला ब्राह्मणी र धीरनारायण शर्मालाई काम गर्न अवरोध नगर्नु भनी अन्तरिम आदेशसमेत जारी गरेको हुनाले त्यहाँ काम शुरु गरिएको बताइएको छ ।
वीउमनपाका तत्कालीन कार्यकारी अधिकृत विष्णु कोइरालाले २०७३ साउनमा ललितपुर पिपि इन्भेस्टमेन्टले व्यापार प्रयोजनको लागि पेश गरेको नक्शा पास गरेका थिए र लगत्तै बदर पनि गरेका थिए ।
रामजानकी मन्दिरको जग्गा सार्वजनिक भएको भनी वीउमनपाले उठाएको कदम अदालतले अस्वीकार गरेको छ । उच्च अदालतको निर्णयपछि वीउमनपाले सर्वोच्चमा मुद्दा दोहोराइपाउँ गर्न गइरहेको सो कार्यालयले जनाएको छ । अहिले रामजानकी मन्दिरको जग्गा भनिएको सो स्थानमा एडिबीले सञ्चालन गरेको नालाको बहाव फर्काइएको छ । एडिबीले पक्की नाला बनाउने क्रममा त्यहाँ रहेको साबिकको नाला रामजानकी मन्दिरतर्पm मोडेको र आजदेखि सो स्थानमा पिपि इन्भेसमेन्टले काम शुरु गरेपछि नाला निर्माणको कार्य प्रभावित हुने बताइएको छ ।