प्रस, वीरगंज, १३ जेठ/
संविधान संशोधनलगायतको माग राखेर आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले आज घोषणा गरेको मसाल जुलुस वीरगंजलागयतको क्षेत्रमा निकालिएको छ ।
वीरगंज घण्टाघरलगायत विभिन्न स्थानबाट मसाल जुलुस निकालिएको थियो । मसाल जुलुस नगरपरिक्रमा गरी माईस्थान चोकमा कोणसभा गरेको थियो ।
कोणसभामा बोल्दै राजपा नेपालका महासचिव शिव पटेलले संविधान संशोधनबाट मधेसीको माग पूरा नहुन्जेल आन्दोलन जारी रह्ने बताए । उनले मधेसीको मागसँग पटकपटक खेलवाड भएको र पछिल्लोपटक पनि पहिलो चरणको निर्वाचनपछि संविधान संशोधन मार्पmत् माग संशोधन गर्ने आश्वासन दिएर धोखा गरिएको आरोप लगाए । उनले सरकारले गाउँपालिका वृद्धि र उपमहानगरपालिकाकालाई स्तरोन्नति गरी महानगर बनाउँदा वीरगंजमा खुशीयाली मनाएका एमाले, काङ्ग्रेस, माओवादी केन्द्रले सर्वोच्चबाट अन्तरिम आदेश जारी भएपछि त्यसको विरोध गर्नु नसक्नु दुःखद भएको बताए ।
राजपा नेपाल पर्साका संयोजक पुरुषोत्तम झाको अध्यक्षतामा सम्पन्न कोणसभामा राजपाका नेताहरू शशीकपुर मियाँ, नेजामुद्दिन समानीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी पोखरियामा पनि मसाल जुलुस प्रदर्शन भएको छ । शिव मन्दिरबाट निस्केको मसाल जुलुस बजार परिक्रमापछि शहीद चन्दन पटेल चोकमा पुगी कोणसभा गरी समापन भएको थियो ।
कोणसभामा बोल्दै राजपा नेपालका केन्द्रीय सदस्य बद्री चौरसियाले मधेससँग धोखा मात्र भइरहेको बताए । उनले जबरजस्ती निर्वाचन गराउन खोजिए त्यसको प्रतिकार गर्ने चेतावनी दिए । बाराको कलैया र सिम्रौनगढमा पनि राजपा नेपालले मसाल जुलुस निकाली कोणसभा गरेको हाम्रा संवाददाताहरूले जनाएका छन् ।
यसैबीच राष्ट्रिय जनता पार्टी जिल्ला कार्य समिति रौतहटको आयोजनामा आज मसाल जुलुस प्रर्दशन भएको छ । संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन गराउन लागेकोले विरोधमा मसाल जुलुस प्रदर्शन भएको हो । सदरमुकाम गौरको विभिन्न क्षेत्रमा मसाल जुलुस प्रदर्शन गर्दै मधेसी एकता जिन्दाबाद, स्थानीय तहको निर्वाचन खारेज गर, स्थानीय निर्वाचन धोका हो जस्ता नारा लगाइएको थियो ।
अजयकुमार गुप्ता, मनोज गिरी, शेख नुरुल होदा, रामप्रवेश दास, शेख जमसैद, बाबूलाल साह, शम्भु सुप्रिम, किशोरकुमार सिंह, रामप्रताप सिंह, काशी ठाकुर, रणधीरकुमार सिंह, लगायत नेताहरूको सक्रियतामा मसाल जुलुस प्रदर्शन गरिएको थियो ।