उमाशङ्कर द्विवेदी
भरत श्रेष्ठ १ यो निश्चित मान्नुहोस्–जसको सहायक भीम र अर्जुन छन्, यो सम्पूर्ण पृथ्वी आज उसैको हो।
यो सुनेर दुर्योधनले भन्यो–महाराज, तपाईं न आत्तिनुहोस्। हाम्रोबारे फिक्री गर्ने कुनै कुरा छैन। हामी पर्याप्त शक्तिमान छौं र शत्रुहरूलाई सङ्ग्राममा परास्त गरिछाडने छौं। जति बेला इन्द्रप्रस्थबाट अलि टाढा वनवासी पाण्डवहरूको नजिक भारी सेनाको डप्mफाका साथ श्रीकृष्ण, कैकयराज, धृष्टकेतु, धृष्टद्युम्न र पाण्डवहरूका साथी अन्यान्य महारथि भेला भएका थिए, त्यति बेला यी जम्मैजनाले तपाईंका तथा समस्त कौरवहरूका बडो निन्दा गरेका थिए। तिनीहरू सम्पूर्ण कुटुम्बका साथ तपाईंको नाश गर्न उन्मुख भएका थिए तथा पाण्डवहरूलाई उनीहरूको राज्य फर्काउन सम्मति दिइरहेका थिए। यो कुरा मेरो कानमा परेपछि बान्धवहरूको नाश हुने आशङ्का देखेर मैले भीष्म, द्रोण र कृपाचार्यलाई यसको सूचना दिएको थिएँ। त्यति बेला मलाई लागेको थियो कि अब पाण्डवहरू नै राजसिंहासनमा बस्नेछन्। मैले उनीहरूसित भनेको थिएँ कि कृष्णले त हामी जम्मैको सर्वथा उच्छेद गरेर युधिष्ठिरलाई नै कौरवहरूको एकछत्र राजा बनाउन चाहन्छन्। यस्तो स्थितिमा भन्नुहोस् हामी के गरौं ? उनीहरूको सामु शिर झुकाउं ? डराएर भागौं ? अथवा प्राणको मोह त्याग गरेर युद्धमा जाइ लागौं ? युधिष्ठिरको साथ युद्ध गर्नाले त निश्चितरूपले हाम्रो पराजय हुनेछ किनकि जम्मै राजा उनीहरूकै पक्षमा छन्। हामीसित त देश पनि प्रसन्न छैन, मित्रहरू पनि रिसाएकै छन् तथा जम्मै राजा तथा घरका मानिसहरूले पनि चाहिने नचाहिने कुरा गरिरहेका छन्।
मेरो यो कुरा सुनेर द्रोणाचार्य, भीष्म, कृपाचार्य र अश्वत्थामाले भनेका थिए–राजा, तपाई न डराउनुहोस्। जुन बेला हामीहरू युद्धभूमिमा उभिने छौं, शत्रुहरू हामीसित जित्न सक्ने छैनन्। हामीमध्ये प्रत्येकले एक्लै पनि समस्त विपक्षी राजाहरूलाई परास्त गर्न सक्छ। आऊन् त सही, हामी आप्mना तीखा वाणहरूले उनीहरूको समस्त गर्व चुर पारिदिनेछौं । त्यति बेला महातेजस्वी द्रोणाचार्य आदिले यस्तो निश्चय गरेका थिए। पहिले त समस्त पृथ्वी हाम्रो शत्रुहरूकै अधीनमा थियो, तर अहिले जम्मै हाम्रो अधीन छ । यसबाहेक यहाँ जति राजाहरू भेला भएका छन् ती पनि हाम्रो सुख–दुःखलाई आप्mनो सरह मान्दछन्। आइपरेको बेला यिनीहरू आगोमा पनि फाल हाल्न बेर मान्ने छैनन् अथवा समुद्रमा पनि फाल हाल्न बेर लगाउने छैनन्–यो तपाईंले निश्चय मान्नुहोस्। तपाईं शत्रुहरूको विषयमा चाहिने नचाहिने कुरा गरेर दुःखी भई बौलाउन थालेको देखेर हाम्रो पक्षका सम्पूर्ण राजाहरूले हाम्रो उपहास गर्न थालेका छन्। यिनीहरूमध्ये प्रत्येक राजाले आपूmलाई पाण्डवहरूको सामना गर्न समर्थ रहेको बुझिरहेका छन्। त्यसैले तपाईंलाई जुन भयले आक्रान्त पारेको छ त्यसलाई पन्छाउनुहोस्।
महाराज १ अब युधिष्ठिर पनि मेरो प्रभावबाट डराएर राज्य नमागेर केवल पाँचवटा गाउँ मागिरहेका छन्। तपाईंले कुन्तीपुत्र भीमलाई बडो शक्तिशाली ठानिरहनु भएकोछ, यो पनि तपाईंको भ्रम मात्र हो। तपाईंले मेरो प्रभाव राम्ररी थाहा पाउनै भएको छैन। यस पृथ्वीमा गदायुद्धमा मजस्तो कोही पनि छैन। न पहिले कोही थियो, न भविष्यमा नै कोही हुनेछ। जुन बेला युद्धभूमिमा मेरो गदाको प्रहार हुनेछ, उसका सम्पूर्ण अङ्गहरू विदिर्ण भएर ऊ त्यहीं सोत्तर हुनेछ। त्यसैले यस महान् युद्धमा तपाईंले भीमको भय न मान्नुहोस्। तपाई धन्दा न मान्नुहोस्, उसलाई युद्धमा म अवश्य मार्नेछु। यसबाहेक भीष्म, द्रोण, कृप, अश्वत्थामा, कर्ण, भूरीश्रवा, प्रागज्योतिषनगरका राजा शल्य र जयद्रथ–यिनीहरूमध्ये प्रत्येक वीरले पाण्डवलाई मार्न समर्थ छन्। अनि जति बेला यी जम्मै वीरहरू एकत्र भइ उनीहरूमाथि आक्रमण गर्नेछन्, उनीहरूलाई एकै क्षणमा यमलोक पठाउन सक्नेछन्। गङ्गादेवीको गर्भबाट उत्पन्न पितामह भीष्मको पराक्रम देउताहरूले पनि सहन गर्न सक्दैनन्। यसबाहेक उनलाई मार्न सक्ने पनि यस संसारमा कोही छैन, किनकि उनका पिता शान्तनुले उनीसित प्रसन्न भएर उनलाइ ‘इच्छामृत्यु’को वरदान दिएका थिए। अर्का वीर भारद्वाजपुत्र द्रोणाचार्य छन्। उनका पुत्र अश्वत्थामा पनि शस्त्रास्त्रमा पारङ्गत छन्। आचार्य कृपलाई पनि कसैले मार्न सक्दैन। यी जम्मै महारथिहरू देउताहरूको समान बलवान् छन्। अर्जुनले त यी कसैतिर आँखा उठाएर हेर्न पनि सक्दैन। म त कर्णलाई पनि भीष्म, द्रोण र कृपाचार्यकै समान बुझिरहेका ेछु। संशप्तक क्षत्रियहरूको दल पनि यस्तै प्रकार पराक्रमी छन्। उनीहरू अर्जुनलाई मार्न आपूm पर्याप्त छु भनी ठान्दछन्। अतः उसको वध गर्नको लागि मैले उनीहरूलाई नियुक्त गरिदिएको छु। शत्रुहरूको सेनामा त पाँच भाइ पाण्डव तथा धृष्टद्युम्न र सात्यकी यी सातजना वीर प्रधान छन् भने हाम्रो पक्षमा भीष्म, द्रोण, कृप, अश्वत्थामा, कर्ण, सोमदत्त, बाल्हीक, प्रागज्योतिषपुरका राजा, शल्य, अवन्तिराज विन्द र अनुविन्द, जयद्रथ, दुःशासन, दुर्मुख, दुःसह, श्रुतायु, चित्रसेन, पुरूमित्र, विविंशति, शल, भूरिश्रवा र विकर्णजस्ता ठूल्ठूला वीरहरू छन् तथा एघार अक्षौहिणी सेना भेला भएको छ। शत्रुहरूसित त केवल सात अक्षौहिणी सेना छ, अनि हाम्रो हार कसरी हुन्छ ? अतः यस्ता झिनामसिना कुराहरूले तपाईं न आत्तिनुहोस्।
क्रमशः...